डा.केसीकाे अनशन कहिलेसम्म?
काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी २४ दिनदेखि आमरण अनशनमा छन्। अहिले उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
उनले १५औँ चरणको आमरण अनशन जुम्लाबाट शुरु गरेका थिए। उनको स्वास्थ्य जटिल बन्दै गएको भन्दै सरकारले बल प्रयोग गरी गत बिहीबार काठमाडौं ल्याएको थियो।
यसअघि सरकारी वार्ताटोलीसँग भएको वार्ता प्रभावकारी नभएको भन्दै डा.केसीले मन्त्रीसँगै छलफल गर्नुपर्ने बताइरहेका छन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि केसीसँग वार्ता गर्न तयार रहेको बताएका छन् तर केसीको स्वास्थ्य झन् झन् जटिल बन्दा पनि वार्ता हुन सकेको छैन।










औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम