Health TV Online
Health TV Online

फिजियोथेरापीले रविलार्इ दियो नयाँ जीवन

फिजियोथेरापीले रविलार्इ दियो नयाँ जीवन

चन्द्रनिगाहपुर का १६ वर्षीय रवि चालिसेलार्इ एक वर्षअघि एकिदन राति अचानक चिटचिट पसिना अाउने र हडबडिने समस्या आयाे। एकाएक उनलाई असजिलो भएको देखेपछि बुवाआमाले पानी खुवाए। आराम गराए, तर उनी अचानक बेहोश भए।

उनलाई तुरुन्त नजिकैको अस्पताल लगियो । अस्पताल पुर्याउने बेलासम्म उनी कोमामा गइसकेका थिए। त्यहाँ रोग पत्ता नलागेपछि उनलाई वीरगञ्ज अस्पताल लगियो। पत्ता लाग्यो, उनलाई एभीएम अर्थात् ‘आर्टियो भेनस मालफरमेसन’ समस्या भएको रहेछ। त्यही समस्याका कारण ‘ब्रेन ह्यामरेज’ कारण मस्तिष्कको नशा फुटेर रगत जमिसकेको थियो। उनलाई त्यसबेला बचाउन गाह्रो छ भन्नेहरू धेरै थिए।

रविलाई पाँचौँं दिनमा काठमाडौंस्थित न्यूरो अस्पताल ल्याएर उपचार थालियो। उनको शल्यक्रिया पनि भयो । तर पूर्ण रुपमा ‘प्यारालाइसिस’ भयो। उनी राम्रोसँग बोल्न पनि नसक्ने भए। आफ्ना कुरा पनि छिनछिनमा बिर्सने हुन थाल्यो। बाबुआमामा चिन्ता थपिनु स्वभाविक थियो, छोरा बाँच्न त बाँच्यो तर जीवनभर अरुकाे भर पर्नेगरी।

रविलाई एक महिनापछि मात्र होश आएको थियो। उनी दिसापिसाब सबै ओछ्यानमै गर्थे। न्यूरो अस्पतालमा मात्रै लगभग दुइ महिना बसाइपछि उनी ‘डिस्चार्ज’ भए। उनलाई चिकित्सकको सल्लाह थियो, ‘पहिले जस्तै हिँड्न त गाह्रो छ तर केही सजिलो हुन्छ। त्यसैले नियमित फिजियोथेरापी गर्नुपर्छ।’

‘यहाँ आउँदा रविको शरीर एकदमै कडा भइसकेको थियो। लामो समयसम्मको अस्पताल बसाइले शरीर हलचल गर्न सक्ने नै थिएनन्’, वेलनेस अस्पतालका अध्यक्ष एवं प्राकतिक चिकित्सक जनकबहादुर बस्नेतले सम्झिए, ‘हामीलाई ह्विलचियरमा राख्न पनि गाह्रो परेकाे थियो। उपचार शुरु गरेको केही समयमै राम्रो परिणाम आउन थाल्यो।’

‘फिजियोथेरापीका लागि चिकित्सक स्व.उपेन्द्र देवकोटा अाफैले बाँसवारीमा रहेको वेलनेस अस्पताल जान सल्लाह दिनुभएको थियाे।’, रविका बुवा रामहरि चालिसेले भने। यत्रो उपचार गर्दा पनि नभएको फिजियोथेरापीले कहाँ हुन्छ होला र जस्तो लागेको थियो शुरुमा उनलाई। ‘तर फिजियोथेरापी, अकुपञ्चर मसाज लगायतका उपचारले छोरामा केही परिवर्तन देखिन थाल्यो’, उनले भने।

‘यहाँ आउँदा रविको शरीर एकदमै कडा भइसकेको थियो। लामो समयसम्मको अस्पताल बसाइले शरीर हलचल गर्न सक्ने नै थिएनन्’, वेलनेस अस्पतालका अध्यक्ष एवं प्राकतिक चिकित्सक जनकबहादुर बस्नेतले सम्झिए, ‘हामीलाई ह्विलचियरमा राख्न पनि गाह्रो परेकाे थियो। उपचार शुरु गरेको केही समयमै राम्रो परिणाम आउन थाल्यो।’

देब्रो पाखो त नचल्ने नै भएको थियो। अस्पताल भर्ना गरेर बस्नेतले दुई महिनामा फिजियोथेरापी, अकुपञ्चर लगायतका उपचार गरे। फलस्वरूप रवि अहिले आफैँ हिड्न सक्ने भएका छन्। लगभग दुई महिना अस्पतालमै बसेर फिजियोथेरापी गराएपछि रवि विस्तारै सहारामा उभिन सक्ने भए ।

सबैले आशा मारिसकेका रवि कलेज जाने, आफ्नो काम आफै गर्न सक्ने भएका छन्। कम्प्युटर प्रोग्रामर बन्ने उद्देश्यका साथ उनी कक्षा ११ मा कम्प्युटर साइन्स पढिरहेका छन्।

‘शुरुमा त मैले हरेश खाइसकेको थिएँ। कहिल्यै उठ्न सक्दिन जस्तो लाग्थ्यो’ रवि भन्छन्, ‘तर फिजियोथेरापीले मेरो जीवन सहज बनायो।’ फिजियोथेरापी शुरु गरेको पाँच महिनामा त रवि आफैँ हिँड्न सक्ने भइसकेका थिए। अहिले पनि उनी बेला बेलामा फिजियोथेरापी र अकुपञ्चरका लागि अस्पताल आउँछन्।

‘प्यारालाइसिस भइसकेपछि एलोपेथिक औषधिले केही गर्न सक्दो रहेनछ’, बाबु रामहरिले भने। फिजियोथेरापीले नै छोरालाई नयाँ जीवन दिएको बताउँछन्। उनी भन्छन्। सबैले प्राकतिक चिकित्सकै भर पर्ने रहेछ। छोरालाई वेलनेस अस्पतालले नयाँ जीवन दिएको उनको भनाइ छ।

एलोपेथिक चिकित्सकहरू पनि प्यारालाइसिस भइसकेपछि पहिलेकै अवस्थामा ल्याउन फिजियोथेरापी गर्न नै सुझाव दिन्छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार