योगले जुराएको संगीता र हरिशरणको जोडी

योगले जुराएको संगीता र हरिशरणको जोडी

संगीता श्रेष्ठ र हरिशरण रिजाल कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालका सञ्चालक हुन्। हरिशरण अस्पतालका प्रबन्ध निर्देशक हुन् भने संगीता अस्पताल इन्चार्ज हुन्। त्यो भन्दा पनि बढी उनीहरु योग गुरुका रूपमा परिचित छन्। दुवै जनाको भेट झण्डै ३० वर्षअघि योग सिक्ने क्रममै भएको थियो।

अहिले पनि उनीहरूको प्रत्येक बिहान एक घण्टा योगमै बित्छ। हरिशरणले अस्पतालमा बिहान साढे ५ बजेदेखि साढे ६ बजेसम्म र संगीताले ७ देखि ८ बजेसम्म योग कक्षा लिन्छन्।

भक्तपुरकी संगीताले कक्षा ८ मा हुँदादेखि नै योग शुरु गरेकी हुन्। शुरुमा एक दिन दिदीसँगै पुतलीसडकस्थित स्वामी श्रीश्री सच्चिनानन्द गुरुको योग कक्षामा पुगिन्। त्यहाँदेखि उनमा योगप्रति असाध्यै लगाव बस्यो। शुरु शुरुमा योग सिक्न उनी भक्तपुरदेखि पुतलीसडकसम्म आउँथिन्। ‘पछि गुरुले भक्तपुरमै सिक्ने व्यवस्था मिलाइदिनु भयो’, उनले भनिन्।

लगभग सँगै काम गरेको १८ वर्ष भइसकेपछि गुरु पथिकले नै अब तिमीहरु विवाह गर भने पछि मात्र उनीहरू झल्याँस्स भएझै भए। ‘हामी त कामकै सिलसिलामा एक अर्काको परिपूरक भइसकेका रहेछौँ’, हरिशरणले भने, ‘तर लभ अफेअर त्यस्तो केही भएन।’ संगीताले हरिशरणलाई साथ दिँदै भनिन्, ‘साँच्चै दुवैलाई थाहै थिएन, हामी एक अर्काको आवश्यकता बनिसकेका रहेछौँ। ’

साथीहरु बटुलेर सात जनाको समूह नै बनाइन्। उनीहरुले योग सिक्न आउन अरुलाई प्रेरणा दिन्थे। ‘मलाई किन किन भित्रैबाट योग गर्दा आनन्द आउँथ्यो’, उनले ती दिन सम्झिन्।

 

दिन बित्दै गए। एसएलसीपछि भने उनलाई योगलाई निरन्तरता दिन कठिनाइ भयो। त्यही समय उनी बिरामी पनि परिन् । उनलाई ग्याष्ट्रिकको सयस्या भयो। निकै उपचार गर्दा पनि निको भएन। यही समय उनको भेट प्राकृतिक चिकित्सक एवम याेग साधना गुरु टी एन पथिकसँग भयो, जो स्पार्क अस्पतालका संस्थापक अध्यक्ष हुन्। उनी खासमा आफ्नो उपचार गराउन गएकी थिइन्। योगप्रतिको झुकाव र कला देखेर गुरू पथिकले संगीतालाई आफ्नो उपचार पनि गर्ने र अरुलाई योग पनि सिकाउनेगरी आउन सल्लाह दिए।

 

घरमा सल्लाह गरिन्। परिवार सहमत भयो। उपचार गराउने, प्राकतिक चिकित्सा पढ्ने र योग सिकाउनेगरी उनी त्यहाँ गइन्। दूधकल्प उपचार विधिमार्फत उनको उपचार गरिएको थियो। केही समयपछि उनको रोग निको भयो। त्यसपछि त यो विधिप्रति उनको आस्था झनै चुलियो। कति महिना त उनले दूध मात्र खाएर योग गरिन्। त्यसपछि उनलाई अहिलेसम्म ग्याष्ट्रिकको समस्या नभएको उनी सुनाउँछिन्।

संगीता त्यतिवेला गुरु पथिकले खोलेको प्राकृतिक स्वास्थ्य सेवा उपचार केन्द्रमै बस्थिन्। योग सिकाउँथिन्। पछि प्राकतिक चिकित्सासम्बन्धी विभिन्न तालिम लिन भारत जाने मौका पनि मिल्यो।

उनको भेट हरिशरण रिजालसँग गुरू पथिककाेमा नै भयो, जो गुरु पथिककै योग चेला थिए। हरिशरण पनि यहीँ याेग सिकाउने काम गर्न थाले।

उनलाई पनि योगप्रतिको उत्तिकै लगाव थियो। ‘त्यतिवेला योगी विकासानन्द पथिक सरसँग आएर योग गर्नुहुन्थ्यो’, हरिशरणले सम्झिए, ‘त्यो देखेर म पनि छेउमै बसेर योग गर्थेँ। उहाँहरुले जस्तै लुगा लगाउँथेँ।’

अहिले जस्तो योगको बारेमा धेरैलाई थाहा नै थिएन त्यो समयमा। मानिसहरू योग गरेको देखेर ‘के गरेको होला’ भन्थे। त्यसवेलाको समय सम्झिँदा र अहिले भएको विकास देख्दा हरिशरणलाई अनौठो लाग्छ।

गुरु पथिकसँगै संगीता र हरिशरण सँगसँगै काम गर्थे। ‘तर माया कहिले बस्यो थाहा नै भएन। उनी आफ्नो काममा असाध्यै दत्तचित्त भएर लाग्थिन्। म पनि आफ्नै काममा मग्न हुन्थेँ’, हरिशरण ती दिनमा फर्किन्छन्, ‘हामी बिरामीलाई कसरी सन्तुष्ट पार्ने भन्नेमै केन्द्रित हुन्थ्यौँ। अरु त सोच्नै भ्याउँदैनथ्यौँ।’

लगभग सँगै काम गरेको १८ वर्ष भइसकेपछि गुरु पथिकले नै अब तिमीहरु विवाह गर भने पछि मात्र उनीहरू झल्याँस्स भएझै भए। ‘हामी त कामकै सिलसिलामा एक अर्काको परिपूरक भइसकेका रहेछौँ’, हरिशरणले भने, ‘तर लभ अफेअर त्यस्तो केही भएन।’ संगीताले हरिशरणलाई साथ दिँदै भनिन्, ‘साँच्चै दुवैलाई थाहै थिएन, हामी एक अर्काको आवश्यकता बनिसकेका रहेछौँ। ’

पछि  योग तथा प्राकृतिक चिकित्सा अनुसन्धान केन्द्र नाम राखेर संस्था दर्ता भयाे । २०६० सालमा नाम जुर्यो, स्पार्क अस्पताल। त्यसपछि अन्य सञ्चालक साथीहरु पनि जोडिनुभयो ।

याे अवधिमा संस्थामा धेरै उतारचढाव आए। उनीहरू आत्तिएनन्। ‘आज नभए भोलि हुन्छ’ भन्दै एकले अर्कालाई सम्झाउँदै अघि बढे। ‘यस्ता धेरै दिन छन्, जहाँ हामीले पालैपालो घरबाट पैसा ल्याएर अस्पतालको भाडा तिरेका छौँ’, संगीताले भनिन्, ‘योग गर्ने एक जना आउँदा हामी खुशीले उफ्रिन्थ्यौँ। दिलोज्यान दिएर सिकाउँथ्यौं। बिरामीलाई कसरी निको बनाऔँ भन्नेमै ध्यान जान्थ्यो।’ ध्यान, प्रेम सेवा भन्ने मूल मन्त्र नै उनीहरुले गुरु पथिकबाट सिकेका थिए । त्यही अनुरुप काम र सेवा गर्थे ।

त्यसबेला अहिले जस्तो प्रचारप्रसार गर्नलाई मिडिया पनि थिएन। खर्चले पनि धान्दैनथ्यो सायद। उनीहरू रात परेपछि अस्पतालको विज्ञापनका लागि पम्पलेट टाँस्न टोलटोलमा जान्थे। ‘अहिलेको सुविधासम्पन्न स्पार्क अस्पताल यति सजिलै बनेको पक्कै होइन। ‘हामीले अस्पताल राम्रो भएपछि आफ्नो बारेमा सोचौंला भन्दै काम गर्थ्यौँ’, संगीताले भनिन्, ‘हामीले आफ्नो बारेमा त सोच्नै बिर्सेछौँ।’

‘भर्खरको उमेरको मान्छे! के योगमा लागेको होला। जोगी हुने भई’, त्यसवेला छरछिमेकले भनेको संगीतालाई झलझली सम्झना आउँछ।। ‘हामीले त्यस्तो कठिन समयमा योग शुरु गरयौँ’, उनले भनिन्, ‘अहिले त निकै सहज छ। जहाँ पनि उपलब्ध छ।’

आफ्ना लागि थोरै समय निकालेर सबैले योग सिक्न जरुरी रहेको हरिशरण र संगीता बताउँछन्। भन्छन्, ‘अहिलेको मानिसका जीवनशैली, व्यस्तता र खानपान आदिको विचार गर्दा स्वस्थ जीवनयापनका लागि योग अत्यावश्यक कुरा हो।’