चिकित्सककाे बन्दले मारमा बिरामी, प्रशासनले उपचार गर्न भन्दा टिचिङ अस्पतालमा झण्डै झडप

काठमाडाैं : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकारी उदासिन रहेको भन्दै नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्यो। यसका कारण राजधानी लगायत देशभरका सम्पूर्ण स्वास्थ्य सस्थामा आएका बिरामी मारमा परे।
डा. केसीको मात्र जायज भए पनि सम्पूर्ण सेवा बन्द गर्दा आम मानिसले सास्ती भोग्नुपरेकाले यस्तो कार्य गलत भएको बिरामीले बताए। औषधि नपाएर बिरामीको ज्यानै जान सक्ने भएकाले चिकित्सकले यसरी सम्पूर्ण सेवा बन्द गर्न नहुने बताइन्, त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि आएकी सिर्जना खड्काले।
शिक्षणलगायत सम्पूर्ण अस्पतामा गरिएको बन्दले धेरै मानिसलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर गर्यो। तिनैमध्ये एक थिए माधव कोइराला, जो आफन्तको उपचारका लागि आएका थिए। कुनै पनि बहानामा यसरी अस्पतालकाे सेवा बन्द गर्न नहुने उनले बताए।
उपचारकै लागि अाएकी लक्ष्मी पोखरेलले सरोकारवाला व्यक्तिहरुले बसेर छलफल गर्नु पर्नेमा यसरी बिरामीलाइ सास्ती दिनु गलत भएकाे बताइन्। ‘नागरिककाे हितका लागि गरेको भनिएको बन्दले सर्वसाधारणलार्इ नै मारमा पारेपछि यसको के अर्थ भयाे र!’ उनी भन्छिन्, ‘बिरामीलार्इ सास्ती दिने कार्य बन्द गर्नुपर्छ।’
शिक्षण अस्पतालमा बिरामीले प्रशासन समक्ष उपचारका लागि आग्रह गरेका थिए । तर प्रशासन र चिकित्सकबीच झण्डैझण्डै मुठभेडकाे स्थिति सिर्जना भयाे। अस्पतालकी निरीक्षक नर्बदा थापाले आफूमाथि चिकित्सकको समूहले धरपकड गर्न खोजको अाराेप लगाइन्।
‘बिरामीले उपचारका लागि अनुरोध गरेपछि हामीले पनि चिकित्सकहरूलाई कुनै पनि बहानामा सेवा बन्द गर्न नहुने बतायौँ’, निरीक्षक थापाले भनिन्, ‘तर केही चिकित्सकले मलाई नै घेराउ गरी दुर्व्यवहारकाे प्रयास गरे।’ कुनै पनि हालतमा उपचार गर्न नसक्ने भन्दै आफूलाई धम्क्याएको उनको भनाइ छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights