म्याग्नसले ल्यायाे मधुमेहका बिरामीका लागि नयाँ ग्लिफाज नामक औषधि

काठमाडाैं : म्याग्नस फर्माले विश्वव्यापी रूपमा नयाँ तथा अत्यन्त प्रभावकारी मानिएको ‘इम्पाग्लिफ्लोजिन’ नामक मधुमेहकाे औषधि बजारमा ल्याएको छ।
छोटो समयमा नै बजारमा नयाँनयाँ अाैषधि उत्पादन गरेर स्वास्थ्यकर्मी माझ सफल म्याग्नसले ब्राण्ड नेम ‘ग्लिफाज’ का साथ याे औषधि नेपाली बजारमा ल्याएको हाे।
इम्पाग्लिफ्लोजिन संसारभर नै मधुमेहका बिरामीका लागि अत्यन्त प्रभावकारी मानिएको औषधि हो। प्रायजसो मधुमेहको औषधिले ‘प्याक्रियाज’मा गएर काम गर्ने र ‘इन्सुलिन’को मात्रा वा प्रभावकारिता बढाउने काम गर्छ। गर ग्लिफाजले भने मिर्गौलामा हुने ‘ग्लुकोज’को ‘रि अब्जर्बसन’ घटाई शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई पिसाबमार्फत बाहिर पठाई मधुमेहको सफल उपचार गर्छ।
विश्वभर राम्रो बजार तथा उत्पादन भए पनि नेपालको सन्दर्भमा इम्पाग्लिफ्लोजिनका लागि मधुमेहको बिरामीले आयातित ब्राण्डमा नै निर्भर रहनुपरेको थियो, जुन महँगो थियो र सर्वसुलभ पनि थिएन। म्याग्नस् फर्माले बाहिरको ब्राण्डभन्दा झण्डै आधा कम मूल्यमा ग्लिफाज बजारमा ल्याएको म्याग्नस फर्माका बजार प्रबन्धक सुधीरप्रकाश मास्केले बताए।
आयातित ब्राण्डको १० एमजी ट्याब्लेटलाई बिरामीले ७५ रूपैयाँसम्म तिर्नुपर्छ। तर, म्याग्नस फर्माद्वारा उत्पादित ग्लिफाज १० एमजीको बजार मूल्य ४५ रूपैयाँ तोकिएको छ। ‘हामीले विश्व बजारमा बिक्री हुने गुणस्तरको नै औषधि सस्तोमा उत्पादन गरेको छौँ’, मास्केले भने, ‘यसले गर्दा बिरामीलाई अार्थिक बाेझ कम हुनेछ।’
म्याग्नस फर्माद्वारा उत्पादित ग्लिफाज हाल ५ र १० एमजीमा उपलब्ध रहेकाे र चाँडै २५ एमजीमा पनि ल्याउने मास्केले बताए।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव