२४ घण्टामा ९८० जना संक्रमित थपिए, ९ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर २४ घण्टामा ९८० जना कोरोना संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ सय १४ जना संक्रमित कोरोनामुक्त भएका छन्। यसरी कोरोना संक्रमणमुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । हाल देशभर १७ हजार २७ सक्रिय संक्रमित रहेका छन्। यसैगरी कोरोनको आशंकामा ४ हजार ७०३ जना क्वारेन्टाइनमा बसेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ३, मोरङमा २, पर्सामा १, झापामा १ र धनुषा र चिवननमा १ \१ गरी ९ जना संक्रमितले ज्यान गुमाएका हुन्। यी मध्ये २ जना महिला र ७ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights