Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी थप

स्वास्थ्यमन्त्री ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी थप

काठमाडौ‌ं : सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि खाली रहेको मन्त्रालय ढकाललाई जिम्मा दिइएको हो।

यसअघि यही सरकारमा ढकालले कानुन मन्त्रालय पाएका थिए। मन्त्रिपरिषद् विस्तार तथा हेरफेरका क्रममा तत्कालीन स्वास्थ्यमन्त्री यादवलाई कानुन मन्त्रालयमा लगिएपछि ढकाल स्वास्थ्य मन्त्रालय आइपुगेका हुन्।

यस्तै खाली रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

कारागारमा रहेकी एचआईभी संक्रमितकाे मृत्यु

कारागारमा रहेकी एचआईभी संक्रमितकाे मृत्यु

वीरगञ्ज : वीरगञ्ज कारागारमा एक महिला कैदीकोे मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका ९ की ३५ वर्षीया सन्ध्या पौडेलको मृत्यु भएको हो।

एचआईभी एड्स संक्रमित पौडैलको मृत्यु भएको वीरगञ्ज कारागार प्रशासनले जनाएको छ। उनी केही दिनअघि मात्रै अस्पतालमा उपचार गराएर फर्किएकी थिइन्।

कारागारका अनुसार उनी लागुऔषध मुद्दामा अदालतबाट ३ वर्ष जेल सजाय भु्क्तान गरिरहेकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिसोले बालबालिका प्रभावित भएपछि विद्यालय ६ दिन बन्द

चिसोले बालबालिका प्रभावित भएपछि विद्यालय ६ दिन बन्द

डोटी : हिमपातका कारण चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा ६ दिन बिदा दिएको छ ।

कतिपय विद्यार्थीको स्वास्थ्यमा समस्या भएको र उनीहरूलाई विद्यालय आवतजावत तथा पठनपाठन गर्न कठिनाइ भएको भन्दै नगरपालिकाका विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाले बिहीबार प्रकाशन गरेको सूचनामा मौसम प्रतिकुलताका कारण २५ पुसदेखि १ माघसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

दिपायल सिलगढी नगरपालिकाभित्र ४० वटा सामुदायिक विद्यालय छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

नेपालमै हुने ‘टेस्ट’हरू किन बाहिर पठाउने?

नेपालमै हुने ‘टेस्ट’हरू किन बाहिर पठाउने?

नेपालले पछिल्लो समय मेडिकल क्षेत्रले निकै फड्को मारिसकेको छ। सुविधासम्पन्न अस्पतालदेखि गुणस्तरीय ल्याबसम्म खुलिरहेका छन्। यसका कारण धेरै उपचार र जाँच अब नेपालमै सम्भव भइसकेका छन्। यति हुँदाहुँदै पनि केही बिरामीको चाहनाले उपचारका लागि बाहिर जानु स्वभाविक नै मानिन्छ। तर नेपालमै सम्भव हुने विभिन्न ‘टेस्ट’हरू भने अझै पनि बाहिर जानबाट रोक्न सकिएको छैन।

उदाहरणका लागि ठूलो टेस्टमा जानै पर्दैन। थाइराइड टेस्ट आजभोलि अधिकांश ल्याबले गर्छन्। तर त्यही टेस्टका लागि अझै पनि रगत संकलन गरेर बाहिर पठाइन्छ। यो असाध्यै दुःखद कुरा हो। हाम्रै देशमा यो सम्भव हुँदाहुँदै पनि किन अन्य देश पठाउनुपर्यो। त्यो टेस्ट नेपालमै गर्दा कुनै नेपालीले खोलेको ल्याब ‘सस्टेन’ हुने हो। यो तहबाट हामीले सोच्नै सकेका छैनौँ।

अर्को कुरा रगत संकलन गरेर अर्को देशमा टेस्टका लागि पठाउँदा कस्तो ठाउँमा राखिन्छ त्यहाँ पुग्दासम्म त्यसको गुणस्तर आदिको पनि प्रश्न आउँछ। टेस्टको रिपोर्ट कस्तो आउने भन्ने धेरै कुरामा निर्भर रहन्छ। त्यसैले त्यो संवेदनशिलतालाई कत्तिको ख्याल गरिन्छ, सोचनीय विषय हो।

नेपालमै टेस्ट गर्दा हामी बिरामीलाई के भएको हो, लक्षण के छन्, यसअघि के भएको थियो लगायत सोधेर टेस्ट गर्न सक्छौँ, जुन तुरुन्त हुन्छ। नेपालमै गरिएको टेस्टको रिपोर्ट स्वभाविक रूपमा छिटो पनि आउँछ। रिपोर्टका आधारमा बिरामीले छिटो निर्णय लिन सक्छन्। तर अन्य देशमा टेस्ट गर्न रगत पठाउँदा एक त समय लाग्छ, अर्को कुरा बिरामीको रगत कसले लिएको हो, कसले बिरामी हेर्योलगायत कुरा यी कुरा गौण बन्छन्। संकलित रगत मात्र हेरिन्छ। योसँगै रिपोर्टमा केही शंका लागेमा पुनः टेस्ट गर्न पनि असम्भव वा निकै ढिला हुन्छ। तर नेपालमै टेस्ट गरेर केही शंका लागेमा बिरामीलाई पुनः बोलाएर टेस्ट गर्न सकिन्छ। अर्थात् क्रस चेक गर्न सकिन्छ।

रगत संकलन गरेर अर्को देशमा टेस्टका लागि पठाउँदा कस्तो ठाउँमा राखिन्छ त्यहाँ पुग्दासम्म त्यसको गुणस्तर आदिको पनि प्रश्न आउँछ। टेस्टको रिपोर्ट कस्तो आउने भन्ने धेरै कुरामा निर्भर रहन्छ। त्यसैले त्यो संवेदनशिलतालाई कत्तिको ख्याल गरिन्छ, सोचनीय विषय हो।

अन्य देशमा यस्ता टेस्ट गर्दा आफ्ना नागरिकको ‘मिडियन’ बनाएर टेस्ट गरिन्छ। तर हामी सबैको मिडियन उनीहरूसँग म्याच नहुन सक्छ। उनीहरुको जीवनशैली, खानपान, दैनिकी हाम्रो भन्दा फरक हुन्छ, जसका कारण त्यही मिडियन प्रयोग गर्दा हामीमा शतप्रतिशत नमिल्न सक्छ। यो कुरा बिरामीले बुझ्न सक्दैनन्। हामी मेडिकल पर्सनले ख्याल गर्नैपर्छ।

नेपालमै भएका ल्याबहरूले समन्वय गर्न नसक्नुका कारण धेरै टेस्ट बाहिर गइरहेका छन्। यसलाई रोक्न अब भने हामीले केही गर्ने बेला आएको छ। सरकारले पनि ‘बोल्ड’ निर्णय लिएर नेपालमा हुने टेस्ट बाहिर पठाउन नपाइने नियम ल्याउनुपर्छ। यसले बिरामीकै हितमा काम गर्छ।

बिरामीको सही रिपोर्ट पाउने र सोही बमोजिम उपचार पाउने अधिकार हो। साधारणभाषामा नेपालमा हुने टेस्ट नेपालमै हुनुपर्छ भन्ने नै हो। यो नियन्त्रण भएन भने नेपालमा भएका ल्याब ‘कलेक्सन सेन्टर’ बन्न पुग्छन्।

यो कुरा नेपालका ल्याबहरूले पनि विचार गर्नुपर्छ। यहाँ सम्भव भएका टेस्टहरु एक अर्कासँग समन्वय गरी यहीँ गराउने वातावरण सिर्जना गर्नुपर्छ। यसले गर्दा नेपालको पैसा नेपालमै रहन्छ। बाहिरिन पाउँदैन। ल्याब सञ्चालन हुन पनि कुनै समस्या हुँदैन। एउटाको ल्याबमा नहुने टेस्ट नेपालकै अर्को ल्याबमा त हुनसक्छ। समन्वय गरी त्यहाँ पठाउन सकिन्छ। त्यसका लागि ल्याब सञ्चालन गर्नेहरूबीचसहकार्यको भावना हुनुपर्छ।

म वीर अस्पतालमा काम गर्छु। त्यसअलावा मेरो आफ्नै ‘जेनेटिक’ रिसर्च ल्याब छ। मेरो रिसर्च ल्याबमा हुने अधिकांश टेस्ट अहिले पनि भारतलगायत देशमा पठाइन्छ। पहिले जेनेटिक धेरै टेस्ट नेपालमा हुँदैनथ्यो। त्यसैले बाहिर पठाउनुको विकल्प थिएन। त्यसैले मैले नै कति पठाएँ। तर अब नेपालमै सम्भव छ भने किन बाहिर पठाउने भन्ने मेरो प्रश्न हो।

यसको मतलब सबै टेस्ट मेरै ल्याबमा पठाउनु भनेको पनि हैन। मेरो प्रश्न नेपालका ल्याबहरूले गर्ने टेस्टका लागि किन बाहिर पठाउने भन्ने मात्र हो। यसमा विश्वसनीयताको पनि कुरा आउँछ। यसरी मानिसको रगत बाहिर पठाउनु आफैँमा संवेदनशील विषय हो। त्यसको ‘मिसयुज’ भयो भने को जिम्मेवार हुने? अर्को कुरा नेपालभित्रै जाँच गर्दा केही शंका लागेमा पुनः जाँच गर्न सकिन्छ। यस्ता धेरै टेस्टको रिपार्ट लिएर मकहाँ बिरामी आउँछन्, जसको बारेमा के बुझ्ने भन्नेमा म अलमलमा पर्छु। आधा लेखिएको रिपोर्ट हेरेर बिरामीलाई के सल्लाह दिने? फेरि टेस्ट गराउनुस् भनुँ, महंगो शुल्क तिरेर टेस्ट गरिसकेका हुन्छन्। ज्यादै अप्ठेरो स्थिति हुन्छ।

जसरी नेपालमा हुनसक्ने उपचार नेपालमै गराऊँ भनिन्छ त्यसैगरी बिरामीको सही र समयमै उपचार गर्न पाउने अधिकारको सुनिश्चितताका लागि पनि नेपालमा हुने टेस्टहरू यहीँ गराऊँ भन्न चाहन्छु।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

भेरी अस्पतालले मेसिन बनाउन देखाएन चासाे, सिकलसेल एनिमियाका बिरामी प्रभावित

भेरी अस्पतालले मेसिन बनाउन देखाएन चासाे, सिकलसेल एनिमियाका बिरामी प्रभावित

बाँके : बेथितिको नमुना बनेको भेरी अस्पतालमा ‘इलेक्ट्रोफोरसिस’ उपकरण बिग्रिएपछि सिकलसेल एनिमिया जाँच गराउन चाहनेहरू समस्यामा परेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई प्रदान गरेको दुईवटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ। बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन्। बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य छन्।

तर अस्पताल प्रशासनले बिग्रिएको उपकरण मर्मतमा ध्यान दिएको छैन। अस्पतालका मेसु डा. रूपानन्द अधिकारी र सिकलसेल एनिमियाविशेषज्ञ डा. राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएको सेवाग्राहीको गुनासो छ।

अस्पतालको मेसिन मर्मतमा ध्यान नदिँदा बिरामीहरू निजी स्वास्थ्य सस्थामा एक हजार ५०० देखि दुई हजार रुपैयाँसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए। अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने गरेको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

विषादी न्यूनीकरणका प्रयास पर्याप्त भएनन्

विषादी न्यूनीकरणका प्रयास पर्याप्त भएनन्

काठमाडौं : सराेकारवालाहरूले नेपालमा विषादीको प्रयोग बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानको आयोजनामा शुरु भएको विषादीले स्वास्थ्यमा पार्नसक्ने असर विषयमा दुईदिने सम्मेलनमा उनीहरूले विषादी न्यूनीकरणका लागि भएका प्रयास प्रभावकारी नभएको बताएका हुन्।

कार्यक्रममा कृषि तथा पशुविकास मन्त्री घनश्याम भुसालले मानव स्वास्थ्य र जीवजन्तुका लागि हानिकारक विषादी न्युनीकरणका लागि सरकारले प्रयास गरिरहेको बताए। उनले कृषि उत्पादनमा विषादीको मात्रा घटाउँदै जैविक विषादीमा जोड दिनुपर्ने बताए। नेपालमा उत्पादित फलफूल र तरकारी विषादीमुक्त छ भन्ने दिन चाँडै आउने उनको भनाइ छ।

कार्यक्रममा चितवन कालिका नगरपालिकाका प्रमुख खुमनारायाण श्रेष्ठले विषादीको प्रयोगले उत्पादन बढी हुन्छ भन्ने भ्रम कृषकबाट हटाउन नसकिएको बताए। अत्यधिक विषादी प्रयोगका कारण चितवन तल्लो ‘बेल्ट’का मानिसमा मुटु र मृगौलाका खतरनाक रोग बढेको पाइएकाे उनले बताए। नगरपालिकाले विषादी प्रयोग भएका तरकारी तथा फलफूल बिक्री गर्न नदिने योजनामा रहेको जानकारी दिए।

चितवन जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले प्रदेश ३ लाई विषादी न्युनीकरण भएको पहिलो प्रदेश बनाउने अभियानमा रहेको बताए। सर्वप्रथम जिल्लालाई विषादीमुक्त बनाउन विषादी न्यूनीकरण सप्ताह चलाइरहेको उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

बारबर्दिया नगरपालिकाकाे आफ्नै स्वास्थ्य ऐन

बारबर्दिया नगरपालिकाकाे आफ्नै स्वास्थ्य ऐन

बर्दिया : बारबर्दिया नगरपालिकाले नगर स्वास्थ्य ऐन, २०७६ पास गर्दै हिउँदे नगर अधिवेशन सम्पन्न गरेको छ। छैटौँ नगरसभामा पेश भएको नगर स्वास्थ्य ऐन, २०७६ सर्वसम्मतले पास भएको हो।

नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले नेपालको संविधानले मौलिक अधिकार सुनिश्चित गरेको नागरिकको स्वास्थ्य अधिकारलाई नगरपालिकाले स्वास्थ्य ऐन ल्याएर थप सुनिश्चित गरेको बताए।

ऐनमा नगर स्वास्थ्य समिति, नगर अस्पताल, वडास्तरमा रहेका स्वास्थ्य संस्थालगायतका स्वास्थ्य संस्थाको समिति गठन, काम, कर्तव्य र अधिकार समेटिएको छ। यसैगरी १५ शय्यासम्मका गुठीद्वारा सञ्चालित, सामुदायिक र निजी अस्पतालको मापदण्ड र दर्ता प्रक्रियासमेत समावेश गरिएको छ। त्यसैगरी नगरमा निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक नीति तथा कार्यक्रम लागु गर्नेगरी ऐन ल्याइएको छ।

नगरपालिकाले यसअघि नै थारू जातिमा देखिएको सिकलसेल एनिमिया र थाइलेसोमिया रोग पहिचान रोकथामसम्बन्धी स्थानीय पाठ्यक्रम बनाई लागू गरिसकेको छ। सिकलसेल एनिमिया रोग पहिचान कार्यक्रम लागू गरी एक देखि २९ वर्षसम्मका थारू जातिका सबै युवाको रक्त परीक्षण गरिसकेको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

छ करोड ६६ लाखमा बन्याे प्राथमिक स्वास्थ्य केन्द्र

छ करोड ६६ लाखमा बन्याे प्राथमिक स्वास्थ्य केन्द्र

झापा : कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधासम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ।

शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको छ करोड ६६ लाख ९६ हजार ८४८ रुपैयाँ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए।

अपांगमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने गाउँपालिकावासीको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष आलमले बताए। ‘स्थानीयस्तरमा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा यहाँका बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब यो स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने लक्ष्य छ।’

स्थानीय चिन्तामणि खरेलले निःशुल्क प्रदान गरेको एक बिघा १७ कठ्ठा जग्गामा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो। नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने योजना रहेको झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले बताए।

अस्पतालसँगै सर्पदंशको उपचार सेवा पनि सञ्चालन ल्याउने उनको भनाइ छ। हाल बनियानी चोकमा सञ्चालित स्वास्थ्य केन्द्र केही दिनपछि नयाँ भवनमा सर्नेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

भद्रपुरमा कान उपचार सेवा शुरू

भद्रपुरमा कान उपचार सेवा शुरू

झापा : दृष्टि अस्पतालले भद्रपुरमा कान उपचार सेवा सञ्चालनमा ल्याएको छ। बिर्तामोडमा सञ्चालित अस्पतालले बिहीबारदेखि भद्रपुर बजारमा कान उपचार सेवा शुरु गरेको हो ।

बिहीबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उपचार सेवा उद्घाटन गरे।  अस्पतालका अध्यक्ष रामकुमार उप्रेतीले मेची पुल सञ्चालनमा आइसकेपछि आँखासँगै कानका बिरामीको चाप बढेकाले सेवा थप गरिएको बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेषकान्त अर्यालले कानमा हुने सबैखाले रोगको उपचार गर्ने उद्देश्य लिएर थप सेवा शुरु गरेकाे जानकारी दिए।

अस्पतालकाे कान विभागका चिकित्सक रविन्द्रभक्त प्रधानाङ्गले कानकाे समस्यामा हेलचेक्र्याइँ नगर्न सुझाव दिए। अन्य अंगसँगै आँखा र कान पनि वेलावेलामा जाँच गर्नुपर्ने उनले बताए। नगरप्रमुख श्रेष्ठले अस्पताललाई पूर्ण सहयोग गर्ने आश्वासन दिए।

भारतका बिरामीलाई समेत सेवा दिने उद्देश्यले भद्रपुरमा सेवा शुरु गरेको अस्पतालले जनाएकाे छ।  अस्पतालले २०७१ साल माघमा भद्रपुर बजारमा आँखाको उपचार सेवा शुरु गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

निवारण भएन हात्तीपाइले, १३ जिल्लामा खुवाइँदै औषधि

निवारण भएन हात्तीपाइले, १३ जिल्लामा खुवाइँदै औषधि

बागलुङ : हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः १३ जिल्लामा संक्रमण भेटिएको छ।

७७ जिल्लामध्ये १३ जिल्लामा औषधि खुवाएको छ महिनापछि परीक्षण गर्दा जीवाणु भेटिएको हाे। ती जिल्लामा पुनः एकसाथ अभियान सञ्चालन गर्न लागिएकाे स्वास्थ्य सेवा विभागका डा. प्रकाश शाहले जानकारी दिए।

सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएका कारण जिल्लामा ११ औँ पटक आगामी माघ २५ गतेदेखि हात्तीपाइले रोगविरुद्ध अभियान सञ्चालन गर्न लागिएको छ।

१३ जिल्लामध्ये गण्डकी प्रदेशमा बागलुङसहित पर्वत र लमजुङमा ११ औँ पटक अभियान सञ्चालन गर्नुपर्ने भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए। ‘हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिक सचेत नहुनु र लगातार औषधि नखानु यसको कारण हो’, उनले भने, ‘अब स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाइनेछ।’

विश्वका धेरै देशमा अभियान सफल भएर हात्तीपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्या समाधान हुन सकेकाे छैन।

हात्तीपाइले रोगबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि हात्तीपाइले रोग निवारणका लागि जिल्लामा ११ औँ अभियान सञ्चालन गर्न लागेको  डा. शाहले जानकारी दिए।

‘विश्व स्वास्थ्य संगठनले हरेक जिल्लामा हात्तीपाइलेको जीवाणु एक प्रतिशत कम हुनुपर्छ भनेकाे छ’, शाहले भने, ‘एक प्रतिशतभन्दा कम ल्याउन अभियान चलाए पनि पूरा नभएपछि फेरि अभियान सञ्चालन गर्न लागिएको हो।’

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

न अस्पतालको सेवा सन्तोषजनक, न त चिकित्सकको व्यवहार

न अस्पतालको सेवा सन्तोषजनक, न त चिकित्सकको व्यवहार

बाँके : भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट छैनन्। लुम्बिनी प्रदेशको एकमात्र संघीय अस्पतालको सेवाबाट सन्तुष्टभन्दा असन्तुष्ट धेरै छन्।

अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक छन्। चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिने गरेका छन्। अस्पतालमा कार्यरत चिकित्सकले शय्यासम्म नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामी बताउँछन्।

सेवा लिन आएका अधिकांश बिरामी र आफन्तले अस्पतालको उपचार सेवा र चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गर्छन्। बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले जवाफ दिन झर्को मान्ने गरेको अधिका‌ंश बिरामी र आफन्तकाे गुनासो छ।

अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाइँदैन। यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीलाई छ।

शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन। तर अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. रूपानन्द अधिकारीले भन्छन्, ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ।’

दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

‘चिकित्सकको सेवा सुविधा थप नगरेसम्म स्वास्थ्य क्षेत्रको विकृति रोकिँदैन’

‘चिकित्सकको सेवा सुविधा थप नगरेसम्म स्वास्थ्य क्षेत्रको विकृति रोकिँदैन’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चिकित्सककाे पारिश्रमिक र सेवा सुविधा कम हुँदा स्वास्थ्य क्षेत्रमा विकृति मौलाएको तर्क गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा मन्त्री ढकालले तलब, सेवासुविधा कम हुँदा अधिकांश चिकित्सक सरकारी अस्पतालमा हाजिर गरेर अधिकांश समय निजी अस्पतालमा बस्ने गरेको बताएका हुन्।

उनले चिकित्सकहरूले सरकारी अस्पताललाई सम्पर्क कार्यालय बनाउने गरेको आरोप लगाए। ‘पारिश्रमिक र सेवा सुविधा कम हुँदा सरकारी चिकित्सकहरूले बिरामीलाई निजी अस्पताल तान्ने गरेको पनि पाइएको छ’, उनले भने, ‘स्वास्थ्य क्षेत्रका विकृति हटाउन सेवा सुविधा थप गर्नुपर्छ।’

सांसद जनार्दन शर्माले विशेषज्ञ चिकित्सकले जनताको सेवा नगर्ने प्रवृतिको अन्त्य विधेयकबाट नै गर्नुपर्ने तर्क गरे। सांसद डिला संग्रौलाले स्वास्थ्यकर्मीलाई निजामती सेवामा रहेका अन्य कर्मचारीसरह व्यवहार तर्क गरिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

नर्सिङ काउन्सिलको सदस्यमा दुर्गालक्ष्मी श्रेष्ठ र सानु तुलाधर नियुक्त

नर्सिङ काउन्सिलको सदस्यमा दुर्गालक्ष्मी श्रेष्ठ र सानु तुलाधर नियुक्त

काठमाडौं:  सरकारले नेपाल नर्सिङ काउन्सिलको रिक्त रहेको सदस्य पदमा नर्स दुर्गालक्ष्मी श्रेष्ठ र सानु तुलाधरलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले श्रेष्ठ र तुलाधरलाई काउन्सिलको सदस्य पदमा नियुक्त गरेको हो। सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन्।

मन्त्रालयले श्रेष्ठलाई सरकारी कोटाबाट र तुलाधारलाई क्याम्पस प्रमुख तर्फबाट सिफारिस गरेको थियो। काउन्सिलमा मेट्रोनतर्फको सदस्य पद भने अझै खाली नै छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स खरिदमा अनियमितता : छानबिन गर्न मुख्यमन्त्रीकाे निर्देशन

सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स खरिदमा अनियमितता : छानबिन गर्न मुख्यमन्त्रीकाे निर्देशन

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद गर्दा भएको अनियमितताबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टले बिहीबार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई एम्बुलेन्स खरिद प्रक्रियाबारे छानबिन गरी सम्पूर्ण विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयले ६ करोड २७ लाख ३८ हजार रुपैयाँमा १६ वटा एम्बुलेन्स खरिद गरी विभिन्न जिल्लाका अस्पताललाई प्रदान गरेको थियो ।
चलाउन थालेको दुई महिना पनि नबित्दै अधिकांश एम्बुलेन्स काम नै नलाग्ने अवस्थामा पुगेका छन् ।

चालकहरूले एम्बुलेन्स कामै नलाग्ने भन्दै चलाउन अस्वीकार गर्न थालेपछि एम्बुलेन्स खरिदमा अनियमितता भएकाे खुलेकाे हाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

रुघाखाेकीको औषधि घरमै छ, यसरी प्रयोग गर्नुस्

रुघाखाेकीको औषधि घरमै छ, यसरी प्रयोग गर्नुस्

पुस महिनाको उत्तरार्धतिर लाग्दै गर्दा चिसो अत्यधिक बढेको छ। चिसोका कारण ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, नाकबाट पानी बग्ने र थकाइ महसुस हुने लगायत समस्या अधिकांशमा देखिन्छ।

चिसोबाट बच्न र रुघाखोकीबाट छुटकारा पाउन घरमै भएका सामग्री औषधिका रूपमा प्रयोग गर्न सकिन्छ। घरेलु रूपमा पाइने खाद्य पदार्थ मात्रा मिलाएर सेवन गरे यस्ता समस्याबाट बच्न सकिन्छ।

४–५ पत्ता तुलसीलाई तातोपानीमा राखेर हरेक दिन बिहान खाली पेटमा पिउने गरे रुघाखोकीबाट बच्न सकिन्छ। तुलसीको ४–५ वटा पातलाई नियमित महमा मिसाएरखाने गरे पनि खोकी निको हुन्छ।

बेसार, अदुवा र ज्वानो पानीमा पकाएर हरेक दिन बिहान–बेलुका खाने गरे रुघाखोकी निको हुन्छ। अदुवालाई अलिअलि पोलेर महसँग  नियमित खाने गरे पनि रुघाखोकीबाट बच्न सकिन्छ।

हरेक दिन बिहान खाली पेटमा ३ देखि ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिलाएर ३–४ दिनसम्म लगातार सेवन गरे पनि रुघाखोकी निको हुन्छ।

गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोका कारण निम्तिने श्वासप्रश्वाससम्बन्धी समस्या समाधान हुन्छ।

गाउँघरमा नै पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरे पनि रुघाखोकी र ज्वरोबाट मुक्ति सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

एमडीआर टीबीका बिरामीलाई घरनजिकैकाे स्वास्थ्य संस्थाबाट औषधि खुवाइँदै

एमडीआर टीबीका बिरामीलाई घरनजिकैकाे स्वास्थ्य संस्थाबाट औषधि खुवाइँदै

काठमाडौं : राष्ट्रिय क्षयरोग केन्द्रले दामियन फाउन्डेसनको सहयोगमा बहुऔषधि प्रतिरोधी अर्थात् एमडीआर टीबीका बिरामीलाई उनीहरुको घरनजिकैको स्वास्थ्य संस्थाबाट औषधी खुवाउने कार्यक्रम शुरु गरेको छ। नेपालमा पहिलोपटक बाँकेको खजुरा गाउँपालिकाको उढरापुर र परसपुरबाट औषधि खुवाउन शुरु गरिएको हो।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.सागरकुमार राजभण्डारीले एमडीआर टीबीका बिरामीलाई उनीहरूको घरनजिकैको स्वास्थ्य संस्थाबाट औषधि खुवाउने कार्यक्रम शुरु गरे बाँकेसँगै प्रदेश ५ का बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, पाल्पा र नवलपरासी सुस्ता पश्चिमका जिल्लामा पनि यो कार्यक्रम सञ्चालन हुँदैछ।

एमडीआरका बिरामीको उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन बिरामीलाई सम्भव भएसम्म उनीहरूको घर नजिकै औषधी खान पाउने व्यवस्था गर्न लागिएको दामियन फाउन्डेसन नेपालका प्रतिनिधि डा. सुशील कोइलालले बताए।

सामान्य खालको टीबीका बिरामीलाई घरनजिकको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदै आए भए पनि कडा खालको टीबीका बिरामीलाई जिल्ला अस्पताल वा त्यो भन्दा बढी सुविधासम्पन्न अस्पतालबाट मात्रै औषधि खुवाउने गरिएको थियो।

सामान्यतया एमडीआर टीबीका बिरामीले स्वास्थ्यकर्मीको निगरानीमा ९ देखि २० महिनासम्म नियमित रूपमा औषधि खानुपर्छ। औषधि खानैका लागि हरेक दिन घण्टौ टाढा रहेका अस्पतालमा जानुपर्ने बाध्यता थियो। टाढा जानुपर्ने बाध्यताका कारण आर्थिक रूपले विपन्न परिवारका बिरामी कठिनाइ खेप्न बाध्य थिए।

दामियन फाउन्डेसनको सहयोगमा बिरामीको घरनजिकै रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा बिरामीको घरनजिकै घर भएका अन्य स्वास्थ्यकर्मी लाई तालिम दिएर बिरामीलाई सकेसम्म नजिक पर्ने स्थानबाट औषधि खुवाउन लागिएको हो। नेपालमा एमडीआर टीबीका बिरामीका लागि सन् २००५ देखि उपचारको व्यवस्था गरिएको छ।

नेपालमा वार्षिक करिब ६०० एमडीआरका नयाँ बिरामी भेटिए पनि ४५० बिरामीले मात्रै औषधि खाने गरेका छन्। सामान्य टीबीबाट भने नेपालमा वार्षिक करिब ४५ हजार मानिस बिरामी हुने गरेका छन्। टीबीरोगका बिरामीमध्ये अझै पनि १२ हजार उपचारका पहुँचमा आउन सकेका छैनन्।

उपचारको पहुँचमा आएर औषधि खान शुरु गरेका बिरामी पनि ‘कोर्स’ पूरा नहुदै बिचैमा छोड्ने प्रवृत्ति छ। बिचैमा छाडेका बिरामीलाई सामान्य औषधिले काम नगर्ने अर्थात बहु औषधी प्रतिरोगी टीबीको संक्रमण हुने जोखिम उच्च हुन्छ। यसैगरी केही बिरामीमा शुरुमै कडा खालको एमडीआर टीबीको संक्रमण पाइने गरेको छ।

कुपोषित बालबालिका, गरिब तथा विपन्न परिवारका सदस्य तथा बढी तनावमा रहने व्यक्तिमा टीबीरोगको संक्रमण हुने सम्भावना बढी हुन्छ। नेपालमा टीबी रोगका कारण दैनिक १८ देखि २२ जनाको मृत्यु हुने गरेको छ। गरिबी, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, सामाजिक कुरीतिका साथै निदान र उपचार निःशुल्क पाइने जानकारी सर्वसाधरणसम्म नपुग्दा टिबी रोग नियन्त्रण हुन सकेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

उपचार नपाउँदा सुत्केरीको मृत्यु

उपचार नपाउँदा सुत्केरीको मृत्यु

मुगु : समयमै स्वास्थ्य संस्था पुर्याउन नसक्दा छायानाथ रारा नगरपालिकाकी एक सुत्केरीको मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरूपा विकको मृत्यु भएको हो।

सुत्केरी भएर अत्यधिक रक्तश्रावका कारण बुधबार बिहान उनको मृत्यु भएको हो। उपचारका लागि उनलाई जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उनको ज्यान गएको श्रीमान् रामबहादुर विकले बताए।

‘‘घरमै सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएपछि अस्पताल पुर्याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, उनले भने, ‘मोबाइलको टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।’ आमाको बाटैमा मृत्यु भएपछि नवजात शिशुको बिचल्ली भएको छ।

लगातारको हिमपातले एक सातादेखि मुगु र हुम्ला जिल्ला सञ्चारविहीन भएको छ। मृतक विकको गाउँबाट जिल्ला अस्पताल तीन घण्टाको पैदल दूरीमा टाढा छ। विकले यो पटक पाँचौँ सन्तान जन्माएकी हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द

चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द

दाङ : अत्यधिक चिसो बढेपछि को घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द दिएको छ ।

चिसोका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि नगरपालिकाले बिहीबार शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार सूचना जारी गरी वर्षे बिदा कटाउनेगरी बिहीबार र शुक्रबार बिदा दिएको जनाएको छ।

महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गरेको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

अक्सिजन खरिद गर्न अस्पताललाई नगरपालिकाको सहयोग

अक्सिजन खरिद गर्न अस्पताललाई नगरपालिकाको सहयोग

कञ्चनपुर : भीमदत्तनगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि चार लाख ५६ हजार रुपैयाँ सहयोग गरेको छ ।

नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजनका लागि बुधबार सहयोग रकम अस्पताललाई हस्तान्तरण गरे। नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसँग रकम अभाव रहेको खबर आएपछि सहयोग उपलब्ध गराएको बताए।

अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकृष्ण श्रेष्ठले अस्पताललाई गरेको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताए।

यसअघि भीमदत्तनगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई  ब्लड बैंकका लागि आर्थिक सहयोग गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह

चितवनमा विषादी प्रयोगमुक्त सप्ताह

चितवन : जिल्लामा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ शुरु भएको छ। मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले विषादी न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबार सप्ताह शुरु भएको हो।

प्र देश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले सप्ताह उद्घाटन गरे। उनले एक दिन वा सप्ताहव्यापी कार्यक्रम गरेर मात्रै यसकाे न्यूनीकरण गर्न नसकिने तर्क गरे।

नेपालमा सन् २०१३ देखि विषादी प्रयोगमुक्त दिवस मनाउन थालिएको थियो। याे वर्ष ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ नारा तय गरिएको छ।

नेपालमा सन् १९५२ मा मलेरिया रोग नियन्त्रणका लागि भित्र्याइएको विषादी त्यसपछिका वर्षमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो । यसको मात्रा प्रतिवर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुर जनाएको छ । अन्य देशको तुलनामा प्रतिएकाइ जमिनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ।

गत वर्ष मात्र नेपालमा ६३२.४१ टन विषादी आयात भएको छ, जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन, झारनाशक १४२ टन र अन्य पाँच टन छ। विषादी आयातका लागि करिब ८४ करोड रूपैयाँ खर्च भएको छ।

विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने चिकित्सकहरू बताउँछन्। मुर्छा पर्ने, झाडापखाला लाग्ने, दृष्टि कमजोर हुनेदेखि मृत्युसमेत हुनसक्ने उनीहरू बताउँछन्।  विषादीकै कारण विश्वमा वार्षिक करिब तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ।

सप्ताह २९ गतेसम्म सञ्चालन हुनेछ।

ताजा अपडेट