Health TV Online

कोरोना भाइरस संक्रमण : चीनमा एकैदिन २४२ जनाको मृत्यु

कोरोना भाइरस संक्रमण : चीनमा एकैदिन २४२ जनाको मृत्यु

‘कोभिड १९’ नाम दिइएकाे कोरोना भाइरसका कारण वुहानमा एकैदिन बुधबार मात्रै २४२ जनाको मृत्यु भएको छ। यसैगरी १४ हजार ८४० नयाँ बिरामी अस्पताल भर्ना भएका छन्।

योसँगै हुबे प्रान्तमा मात्रै ४८ हजार २०६ जनामा कोरोना भाइरस भेटिएको छ। अस्पताल भर्ना भएकामध्ये ५ हजार ६४७ जना सिकिस्त रहेको बताइएको छ। सबै गरी संक्रमित संख्या ६० हजार बढी नाघेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

सबैभन्दा बढी संक्रमित र मृत्यु पनि वुहानमै भएको आयोगले जनाएको छ। रोग पहिचान र उपचारलाई जति तिव्रता दिइएको छ, संक्रमित र मृत्यु हुनेको संख्या पनि बढेको आयोगले जनाएको छ।

अन्य दिन भन्दा बुधबार मृत्यु हुनेको संख्या ह्वात्तै बढेको हो। चीनमा बुधबारसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ३१० पुगेको पनि आयोगले पुष्टि गरेको छ। तर मृत्यु हुनेको संख्या सरकारी तथ्यांक भन्दा धेरै नै हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।

थप समाचार

कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन

कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौं : चीनको वुहान शहरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सम्झनामा काठमाडौँमा दीप प्रज्ज्वलन गरिएको छ।

ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बुधवार दीप प्रज्ज्वलन गरेका हुन्। कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, नेपालका लागि चीनकी राजदूत होउ यान्छीलगायत सहभागी थिए।

मन्त्री अर्यालले नेपालको विपत्तिमा पटक–पटक सहयोग गर्दै आइरहेको चीनलाई परेको विपत्तिमा सक्दो सहयोग गर्न तयार रहेको बताइन्। राजदूत यान्छीले कोरोनाविरुद्धको अभियानमा नेपालले दर्शाएको सदासयताले चीनलाई थप ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिइन्।

कार्यक्रममा कलाकार, साहित्यकारले कोरोनाविरुद्धको अभियानमा चीनलाई परेको विपत्तिमा ‘हामीसँगै छौँ’ भन्दै गीत, कविता प्रस्तुत गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विद्यालयमै सेनिटरी प्याड पाउन थालेपछि छात्रा नियमित

विद्यालयमै सेनिटरी प्याड पाउन थालेपछि छात्रा नियमित

तनहुँ : महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराउन थालेको छ। महिनावारी हुँदा विद्यालयमा अनुपस्थित हुने क्रम बढेपछि गाउँपालिकाले १० विद्यालयमा प्याड उपलब्ध गराएको हो।

गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार १७० थान प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। छात्रालाई महिनावारीको समयमा कक्षा नियमित बनाउने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइएको उनले बताइन्।

सम्बन्धित विद्यालयका शिक्षिकालाई नै प्याड व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ। विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका अमृता वाग्लेले जानकारी दिइन्।

उनका अनुसार विद्यालयमै प्याड पाउने भएपछि महिनावारीकोे समयमा विद्यालय नआउने छात्राको दरघटेको छ । ‘महिनावारी भएका वेला प्रायः किशोरी विद्यालय आउँदैनथे’, उनले भने, ‘विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्रा नियमित  आउन थालेका छन्।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मी भन्छन्, कोरोना भाइरसबारे थाहै छैन

हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मी भन्छन्, कोरोना भाइरसबारे थाहै छैन

कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ। तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् ।

कोरोना भाइरस नयाँ भएकाले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउँछन्। ‘कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन’ उनले भने, ‘नयाँ रोग भएकाले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन।’

कोरोना भाइरस नयाँ भएकाले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिनुपर्ने उनले बताए। ‘कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन’, उनले भने ‘नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ।’

हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरणसमेत छैन। इन्फ्रारेड थर्मोमिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताए। हेल्थ डेस्क स्थापना भएको एक साता पुगिसकेको छ । तर, अहिलेसम्म २० जनाको मात्रै स्वास्थ्य जाँच गरिएको उनले बताए। भारतमा कोरोना भाइरस नदेखिएकाले कडाइका साथ जाँच गरिएको छैन।

शंकास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन्। रुघाखोकी र ज्वरो आएकोजस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

२० वर्ष नपुगेका आमाबाट जन्मेका अधिकांश बच्चामा कुपोषण

२० वर्ष नपुगेका आमाबाट जन्मेका अधिकांश बच्चामा कुपोषण

सुर्खेत : कर्णाली प्रदेशमा कलिलै उमेरमा विवाह गरेका आमाबाट जन्मिएको अधिकांश बच्चामा कुपोषणको समस्या देखिएको छ। आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने चेतना नहुँदा कम उमेरमा बच्चा जन्माउने क्रम राेकिएकाे छैन।

कर्णाली प्रदेशको प्रदेश अस्पतालको पोषण पुनःस्थापना गृहमा आउने अधिकांश आमा २० वर्षमुनिको हुने गरेको प्रमुख प्रभा सिंहले जानकारी दिइन्। पोषणगृहको तथ्यांकअनुसार यस आर्थिक वर्षको साउनयता ६० बालबालिका उपचार गर्न पोषणगृहमा आएका छन्। तीमध्ये २१ बालिका र ३९ बालक हुन्।

शीघ्र कुषोषण भएका ३१ र मध्यम कुपोषण भएका २९ बालबालिका थिए । प्रमुख सिंहका अनुसार ४७ बालबालिका निको भएर गएका र छलाई अन्यत्र रिफर गरिएको छ । कुषोषणमा प्रायः पाँच वर्षमुनिका बालबालिका पर्ने गरेको जनाइएको छ।

आव २०७५\०७६ मा मात्रै गृहमा १०३ बालबालिका आएका थिए। ‘कुपोषण पुनःस्थापना गृहमा आएका आमा र बालबालिलाई हामीले विभाजन गरेर राख्ने गरेका छौँ, सिंहले भनिन्, ‘अघिल्लो वर्ष शीघ्र कुपोषण भएका ६५ र मध्यम कुपोषण भएका ३८ आएका थिए कोही पूर्णरूपमा निको भएर गए भने कोही भने बीचमै अभिभावकले लगे।’

कर्णालीमा बालविवाहको दर बढ्दो छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउने एक चौथाइभन्दा बढी किशोरी रहेको तथ्यांक छ । भेरीगंगा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी सीता शर्माका अनुसार नगरपालिकामा प्रसूति हुने झण्डै आधा संख्या २० वर्षमुनिको छ। ‘सुर्खेतमा कलिलै उमेरमा आमा बन्नेको संख्या धेरै छ। सानै उमेरमा बच्चा जन्माएका कारण पहिलो त आमा र बच्चाको ज्यान नै खतरामा पर्छ’, उनले भनिन्, ‘बाँचेका बच्चा पनि कुपोषत हुनुका साथै विभिन्न रोग तथा संक्रमणबाट ग्रसित हुने गरेका छन्।’

प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काका अनुसार अस्पतालमा प्रसूतिमा जटिलता आउने अधिकांश २० वर्षमुनिका रहेको बताए। ‘म आफैँले यो अस्पतालमा काम गरेदेखि यता धेरै डेलिभेरी महिलाको अप्रेसन गरेको छु’, उनले भने,  ‘१९ वर्ष भन्दामुनिका आमाहरू धेरै छन्।’ अस्पतालमा आउने धेरै आमालाई जन्मअन्तर कम्तीमा पनि पाँच वर्ष राख्न सल्लाह दिने गरेको अस्पतालले जनाएको छ।

बालविवाहको विषयमा विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गरेर जानकारी दिनुपर्ने डा. अर्चना कार्कीले बताइन्। अहिले गाउँगाउँमा युवायुवतीलाई छिटो विवाह गर्दा हुने परिणामबारेशिक्षा दिन जरुरी रहेकाे उनी बताउँछिन्।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम : घरघरमै सेवा

मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम : घरघरमै सेवा

बैतडी : जिल्लाका तीनवटा स्थानीय तहमा मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र पुर्चौँडी नगरपालिकामा कार्यक्रम सञ्चालन हुने भएको हो।

ती स्थानीय तहमा रहेका ज्येष्ठ नागरिकका घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। कार्यक्रम सञ्चालन हुने स्थानीय तहमा एक हेल्थ असिष्टेन्ट र स्टाफ नर्सले सेवा दिने जनाइएको छ। ‘कार्यक्रम सञ्चालन भएका पालिकाको एउटा स्वास्थ्य संस्थालाई केन्द्र बनाएर सोही ठाउँबाट ज्येष्ठ नागरिकका लागि औषधि वितरण गरिनेछ’ उनले भने।

कार्यक्रमअन्तर्गत उपचारात्मक सेवाका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफल पनि सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोग मिल्ने विश्वास गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले यस जिल्ला सहित प्रदेशका नौवटै जिल्लाका २९ स्थानीय तहमा सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

अपांगता भएकाका लागि एनआरएनएले शौचालय बनाइदिने

अपांगता भएकाका लागि एनआरएनएले शौचालय बनाइदिने

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शारीरिक अपांगता भएकाका लागि विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ। कलंकी, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा पाँच वर्षभित्र शौचालय निर्माण गरी सञ्चालनमा ल्याइने जनाइएको छ।

काठमाडौं महानगरपालिकासँग  भएको सम्झौताअनुसार शौचालय सञ्चालनमा आवश्यक पर्ने जनशक्ति तथा व्यवस्थापकीय काम एनआरएनएले गर्नेछ। सम्झौताअनुसार पहिलो चरणमा कलंकी र कोटेश्वरमा निर्माण भएपछि बाँकी दुई स्थानको काम अघि बढाउने कार्यकारी अधिकृत हेमन्तकुमार दवाडीले जानकारी दिए।

महिला शौचालयमा सेनेटरी प्याड फाल्न मिल्ने तथा फ्यालिएका प्याडलाई वाष्पीकरण गरेर जोखिममुक्त बनाउने प्रविधि जडान हुनेछ । त्यस्तै बच्चालाई डाइपर फेराउने र स्तनपान गराउने ठाउँको पनि प्रबन्ध हुनेछ । प्रतिघण्टा १०० व्यक्तिले प्रयोग गर्ने आँकलन गरी यस प्रकारको शौचालयको ढाँचा अघि सारिएको हो।

नयाँ शौचालय निर्माणसँगै हाल रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गरिने, तिनमा पहुँच बढाइने जनाइएको छ। साथै पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थानमा सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपा उपप्रमुख हरिप्रभा श्रेष्ठ जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस संक्रमण कहिले नियन्त्रणमा आउला?

कोरोना भाइरस संक्रमण कहिले नियन्त्रणमा आउला?

विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले ‘निकै छिटो’ हुने बताएको छ।

‘यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ’, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने।

यसअघि चीनले कोरोनाभाइरस संक्रमण देखा पर्नेको संख्या एकदिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो।

भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४४ हजार ६०० संक्रमित भइसकेका छन्।

सक्षम

चिनियाँ अधिकारीहरूले गत साता हरेक दिन थप संक्रमितहरूको संख्या करिब ४ हजारसम्म पुगेको जनाएका थिए।

चीनभन्दा बाहिर भेटिएका ४४१ घटनामध्ये आठवटा बाहेक सबै संक्रमण कसरी सुरु भएको थियो भन्ने पत्ता लगाउन विश्व स्वास्थ्य संगठन सक्षम भएको त्यहाँभित्र स्वास्थ्य संकटको मामिला हेर्ने निकायका प्रमुख माइकल रायनले बताए।

भाइरस पहिलोपटक देखापरेको हुबे प्रान्तबाहिर संक्रमणको गतिमा कमी आएको र नयाँ सङ्क्रमितको संख्यामा पनि कमी आएकोले यो आश्वस्त पार्ने विषय भएको उनले बताए। ‘चीनमा बृहत् जनस्वास्थ्य अभियान सञ्चालन गरिएकोले यो भएको हो’, उनले भने।

तर उनले थपे, ‘मलाई लाग्छ अहिले नै यो संक्रमणको सुरु र अन्त्य अनुमान गर्नु निकै छिटो हुनेछ।’

अन्तर्राष्ट्रिय ऐक्यबद्धता

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले चारवटा सम्भावित खोपको अनुसन्धानका लागि रकम जुटाइएको बताइन्। ‘मलाई लाग्छ हामीले खोप पत्ता लगाउँछौँ’, उनले भनिन्, ‘यसका लागि केही समय लाग्छ। रातारात खोप बनाउन सकिँदैन।’

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले एउटा अमेरिकी क्रुज वेस्टरड्यामलाई आउन अनुमति दिएकोमा क्याम्बोडियाको प्रशंसा गरेका छन्।

यसअघि उक्त क्रुजमा कोही बिरामी नभए पनि जापान, थाइल्याण्ड र ताइवानले आउन नदिएपछि बन्दरगाहबाटै फर्काइएको थियो। ‘यो हामीले निरन्तर रूपमा भनिरहेको अन्तर्राष्ट्रिय ऐक्यबद्धताको उदाहरण हो’, उनले भने।

बीबीसी नेपालीबाट

थप समाचार

यौन जीवनमा प्रवेश गरेका महिलाले नियमित गर्नुपर्छ पाठेघरको जाँच (भिडियोसहित)

यौन जीवनमा प्रवेश गरेका महिलाले नियमित गर्नुपर्छ पाठेघरको जाँच (भिडियोसहित)

महिलामा उमेर बढ्दै जाँदा अनेकौं स्वास्थ्य स्वास्थ्य समस्या देखिन थाल्छन्। पाठेघरको मुखमा इन्फेक्सन हुने, तल्लो पटे दुख्ने, प्रजनन अंग चिलाउने वा पोल्ने र पाठेघरमा ‘सिस्ट’ पलाउने आदि समस्या यो उमेरदेखि देखिन थाल्छ। यी समस्याबाट बच्न बेलैमा सचेत हुन जरुरी छ। वेलैमा स्वास्थ्यको ख्याल नगर्दा पछुताउनुपर्ने पनि हुन सक्छ।

विशेषगरी विवाह गरी यौन जीवनमा प्रवेश गरेका महिलाहरूले आफ्नो प्रजनन अंगको सरसफाई एवं नियमित जाँचमा ध्यान दिनुपर्छ। सबै महिलाले बाहिर लगाउने लुगा नयाँ र सफा खोजेको देखिन्छ। जति बाहिर लगाउने लुगामा ख्याल राखिन्छ, भित्री वस्त्रमा भने चासो राखिँदैन। कतिपयले भित्री वस्त्र देखिँदैन जस्तो भए नि भइहाल्छ भनेको पनि सुनिन्छ। त्यसो गर्नु गलत हो।

बरु बाहिर लगाउने लुगा जस्तो भए पनि स्वास्थ्यमा त्यति फरक पर्दैन। भित्री वस्त्र भने सफा र सकेसम्म कटनको लगाउनुपर्छ। कटनको लुगा लगाउँदा नरम हुनुपर्छ। चिलाउने किसिमको हुनु हुँदैन। भित्री वस्त्रका कारण पनि अनेकौँ समस्या आउँछन्।

यसैगरी महिनावारीका वेला पनि ध्यान पुराउन जरुरी छ। महिनावारीको समयमा प्रत्येक चारदेखि ६ घण्टामा सेनिटरी प्याड फेनुपर्छ। अझ यसअघि नै फेर्न सके राम्रो। योसँगै कपडाको प्याड प्रयोग गर्ने हो भने त्यसलाई राम्ररी साबुन पानीले धोएर घाममा सुकाउनुपर्छ। घाममा सुकाउँदा किटाणुहरू मर्छन् र इन्फेक्सन हुने सम्भावना कम हुन्छ।

आजभोलि धेरै अस्पतालमा ‘होलबडी चेकअप’ भनेर प्याकेज बनाइएको हुन्छ। तर अधिकांश अस्पतालमा पाठेघरको मुखको जाँच ‘प्याप स्मेयर’ जाँच समावेश गरेको पाइँदैन। त्यसैगरी स्तन क्यान्सर छ छैन भनेर गरिने अल्ट्रासाउण्ड राखेको पाइँदैन प्याकेजमा। यसले गर्दा एकातिर महिलाहरूलाई मैले होलबडी जाँच गरे भन्ने भ्रम हुन्छ। तर भित्रको रोग पत्ता लाग्दैन। जाँच नै नगरी कसरी पत्ता लाग्नु! हामीले त्यही कुरा मध्यनजर गर्दै स्टार अस्पतालमा भने होलबडी जाँचमा महिलाका लागि यी सबै जाँच समावेश गरेका छौँ।

महिलाहरूमा ४० काटेपछि स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको सम्भावना हुन्छ। यसबाट बच्न पनि सानैदेखि सरसफाई र नियमित जाँचमा ध्यान दिनुपर्छ। नियमित जाँच गराउने हो भने यी र यस्ता लक्षण शुरुमै पत्ता लाग्छ। शुरुमै उपचार गर्न सकिन्छ।

अर्को कुरा पाठेघरको मुखको क्यान्सरबाट बच्न यसविरुद्धको भ्याक्सिन उपलब्ध छ। आफू र छोरीहरूलाई भ्याक्सिन दिएर यो क्यान्सरबाट जोगिन सकिन्छ। अर्को कुरा महिलाहरूमा बारम्बार पिसाबमा इन्फेक्सन हुने समस्या पनि बढ्दो छ। यो रोग पनि बढी मात्रामा सरसरफाईमा जोडिन्छ। महिलाहरूको प्रजनन अंगको बनावटका कारण पनि रोग लाग्ने सम्भावना बढी हुन्छ। आफ्ना अंग र तिनको सरसफाईबारे हामी आफैँ चनाखो हुन जरुरी छ।

आजभोलि धेरै अस्पतालमा ‘होलबडी चेकअप’ भनेर प्याकेज बनाइएको हुन्छ। तर अधिकांश अस्पतालमा पाठेघरको मुखको जाँच ‘प्याप स्मेयर’ जाँच समावेश गरेको पाइँदैन। त्यसैगरी स्तन क्यान्सर छ छैन भनेर गरिने अल्ट्रासाउण्ड राखेको पाइँदैन प्याकेजमा। यसले गर्दा एकातिर महिलाहरूलाई मैले होलबडी जाँच गरे भन्ने भ्रम हुन्छ। तर भित्रको रोग पत्ता लाग्दैन। जाँच नै नगरी कसरी पत्ता लाग्नु! हामीले त्यही कुरा मध्यनजर गर्दै स्टार अस्पतालमा भने होलबडी जाँचमा महिलाका लागि यी सबै जाँच समावेश गरेका छौँ।

महिलाहरूले एक वर्षमा एक पटक आफ्नो पाठेघर ठिक छ की छैन, स्तनमा कतै गाँठागुँठी छन् कि भनेर जाँच गराउनुपर्छ। यस्तै अन्य समस्या केही छन् कि भनेर नियमित जाँच गर्न सके धेरै रोगहरू समयमै पत्ता लाग्छ र शुरुमै उपचार गर्न सजिलो हुन्छ। रोग नै नभए ढुक्क हुन सकिन्छ।

थप समाचार

केन्द्रबाट गुम्बा गएको टोली भाइरल प्रभावितको परीक्षण गर्दै

केन्द्रबाट गुम्बा गएको टोली भाइरल प्रभावितको परीक्षण गर्दै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ गुम्बा गाउँमा स्वास्थ्य टोली खटाएको छ।

गाउँमा रहेका सर्वसाधारणमा रुघाखोकी र ज्वरोसहितको स‌ंक्रमण देखिन थालेपछि मन्त्रालयले स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य टोली खटाएको हो ।

प्रयोगशाला परीक्षणको लागि आवश्यक पर्ने घाँटीको स्रावको नमुना संकलनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट एक जना ल्याब टेक्निसियनको भाइरल ट्रान्सपोर्ट मिडियम (भीटीएम) सहित टोली प्रभावित क्षेत्रमा खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी बताए।

केन्द्रबाट गुम्बा गाउँ पुगेका मेडिकल अधिकृतसहित पाँच जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन्। यसैगरी स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकको समन्वयमा जलविरे प्राथमिक स्वास्थ्य केन्द्रबाट पुगेका एक मेडिकल अधिकृतर एक अनमीले पनि बिरामीको उपचार गरिरहेका छन्।

यसअघि चौतारा अस्पतालले दुई जना मेडिकल अधिकृतसहित चार जनाको स्वास्थ्यकर्मीको टोली खटाएको थियो। मन्त्रालयका प्रवक्ता श्रेष्ठले गाउँपालिकाले सूचना दिनासाथ सामुदायिक स्वास्थ्य एकाइबाट एकजना र गुम्बा स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्य सहायकलाई औषधिसहित प्रभावित समुदायमा पठाइएको जानकारी दिए।

गत माघ २३ गतेदेखि गुम्बा गाउँका बासिन्दालाई रुघाखोकी र ज्वरोसहितको लक्षण देखिन थालेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘क्वारेन्टाइन’ मा तयारी पूरा, चीनबाट फर्किएकालाई विमानस्थलबाट यसरी पुर्याइनेछ

‘क्वारेन्टाइन’ मा तयारी पूरा, चीनबाट फर्किएकालाई विमानस्थलबाट यसरी पुर्याइनेछ

भक्तपुर : सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपालिकामा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।

कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी कार्य गरिरहेको जनाएको छ।

चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरेको क्वारेन्टाइनमा स‌ंक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा‍. वासुदेव पाण्डेले बताए।

स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट्र, शहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा काम भइरहेको जानकारी उनले दिए। पाण्डेले चीनबाट ल्याइने नेपालीमा भाइरसको संक्रमण नहुने दाबी गरे।

चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेसलाई नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने उनले जानकारी दिए। क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानमा संक्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्रप्रसाद बरालको भनाइ छ।

क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शंका हुनासाथ उपचारका लागि अस्पतालमा ‘आइसोलेसन’मा राख्ने व्यवस्था गरिएको बताइएको छ। डा‍. बरालले चीनमा स्वास्थ्य परीक्षण गरेर स‌ंक्रमण नभएकालाई ल्याउने र एयरपोर्टमा पुनः स्वास्थ्य जाँच गरी त्यहाँबाट पाँचवटा बसमा हालेर खरिपाटीको क्वारेन्टाइनमा राखिने उनले बताए।

क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा महिला र निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको छ। प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जोखिम भएका व्यक्तिलाई राख्न भने यही ठाउँ रोज्नु गलत भएको बताए। ‘प्राधिकरणको खेर गएको एउटा भवन वा जग्गा नगरपालिकाको भवन मानव अ‌ंग प्रत्यारोपण केन्द्रको डाइलासिस केन्द्र बनाउन दिन माग गर्दा सरकारले दिएन’, उनले भने, ‘अहिले यहाँका मानिसको ज्यान जोखिममा पार्नेगरी क्वारेन्टाइन बनाउने कुरामा हामी कसरी सहमत हुन सक्छौँ?’

वडाध्यक्षहरूले पनि सरकारले स्थानीय सरकारसँग समन्वय नगरी निर्णय लाद्ने प्रयास गरेको भन्दै असहमति जनाए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

उद्धारका लागि तयार रहन चीनमा रहेका नेपालीलाई दूतावासको सन्देश

उद्धारका लागि तयार रहन चीनमा रहेका नेपालीलाई दूतावासको सन्देश

बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई दिएको छ।

दूतावासले पठाएको सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ। चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोना भाइरसबाट प्रभावित हुबेमा रहेका झण्डै २०० नेपालीको उद्धारका लागि अन्य व्यवस्थापन गरिने दूतावासले जनाएको छ।

दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले हुबेमा रहेका नेपालीहरूलाई वीच्याटमार्फत् सन्देश पठाउँदै त्यस्तो जानकारी गराएका हुन्।

लम्सालले त्यहाँस्थित नेपालीहरूलाई पठाएको सन्देशमा उडानको अनुमति पाउने बित्तिकै ‘हुबेका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानमा भेला गर्नका लागि सवारीसाधन लगायतको व्यवस्थापन गरिने र त्यसका लागि समय पनि तोकिने’ उल्लेख छ।

लम्सालले यसअघि चिनियाँहरूले तीन दिनजतिको समय राखेर पूर्वजानकारी दिनुपर्ने भनेको बताए। तर अहिले दुई दिनमै उद्धारका लागि सबै कुरा सम्पन्न गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। उनले भने, ‘अब हामीले चाँडै अनुमति पाएर शनिवारसम्म नेपालीहरूको उद्धार गरिसक्छौँ भनी तयारी गरेर बसेका छौँ।’

यस्तो छ नेपालमा तयारी

हुबेमा रहेका नेपालीहरूलाई शनिवार स्वदेश फर्काउने निर्णय गरेसँगै त्यसका लागि विभिन्न तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

म‌ंगलवारको मन्त्रिपरिषद् बैठकले हुबेमा रहेका नेपालीहरूलाई वुहानमा भेला गरेर नेपाल ल्याउने निर्णय गरेको हो।नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवेदन दिन आह्वान गरेकामा १८७ जनाले निवेदन दिएका लम्सालले बताए।

उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट एकैपटकमा नेपाल ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए।

बीबीसी नेपालीबाट

थप समाचार

कोरोना भाइरस नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने

कोरोना भाइरस नियन्त्रणमा विश्वका नेताले चीनलाई सघाउने

प्राणघातक कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरूले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छन्। उनले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि चीनलाई यो संक्रमणविरुद्धको लडाइँमा आवश्यक सहयोग गर्ने बताएका छन्। उनले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरुको प्रसंशा गरेका छन्।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिएका छन्। उनले पनि चिनियाँ प्रयासको सराहना गर्दै यो समस्याबाट छिट्टै नै मुक्ति पाउने विश्वास लिएका छन्।

ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग चीनलाई गर्ने आश्वासन दिएका छन्। टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डाेगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट भाइरस निवारणको काम चीनले छिट्टै गर्ने विश्वास लिएका छन्।

यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीहरुले पनि चीनलाई सान्त्वता दिँदै यस संक्रमणको नियन्त्रण एवं निवारणका लागि सबै प्रकारका सहयोग गर्ने बताएका छन्।

विश्वका नेताहरू कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यका लागि आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको समाचारमा जनाइएको छ।

थप समाचार

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना होइन, सिजनल फ्लु : स्वास्थ्य मन्त्रालय

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना होइन, सिजनल फ्लु : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बा गाउँमा केही दिनयता फैलिएको संक्रमण कोरोना भाइरस नभएको बताएको छ।

गाउँपालिकाले कोरोना भाइरसको जस्तै लक्षण देखिएको भन्दै मंगलबार मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले गुम्बा गाउँमा देखिएको रोग सामान्य रुघाखोकी भएको जानकारी दिए। उनले त्यहाँका मानिसलाई कोरोना संक्रमण नभएको दाबी गरे।

‘जुगलकाे गुम्बा गाउँमा फैलिएको कोरोना होइन, सिजनल फ्लु हो’, उनले भने, उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली खटिइसकेको छ। आवश्यक परे काठमाडौंबाट पनि स्वास्थ्यकर्मी पठाउँछौं।’

वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पनि सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गरेका छन्। उनले गुम्बामा देखिएको भाइरल रुघाखोकी र ज्वरोको बारेमा अनुसन्धान र नमुना संकलन गर्न स्वास्थ्यकर्मी पुगेको भन्दै धैर्यगर्न आग्रह गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

दादुरा-रुबेला नियन्त्रणका लागि जनचेतना अभियान

दादुरा-रुबेला नियन्त्रणका लागि जनचेतना अभियान

विराटनगर : सरोकारवालाले दादुरा-रुबेला नियन्त्रणका लागि सीमान्तकृत बस्ती तथा दुर्गम क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

स्वास्थ्य कार्यालय मोरङद्वारा बुधवार आयोजित ‘दादुरा-रुबेला खोप अभियान–२०७६’ अन्तर्गत खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रिया एवं छलफल कार्यक्रममा उनीहरूले बालबालिकालाई खोप नलगाउने परिवारलाई स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधा रोक्नुपर्ने बताएका छन् ।

यही फागुन ६ देखि १४ गतेसम्म पहिलो चरणअन्तर्गत मोरङको आठवटा स्थानीय तहमा दादुरा रुबेलाको खोप तथा पोलियो थोपा खुवाउने कार्यक्रम छ। पहिलो चरणअन्तर्गत जन्मदेखि पाँच वर्षमुनिका ४७ हजार बालबालिकालाई पोलियो थोपा तथा नौ महिनादेखि पाँच वर्षमुनिका ४१ हजार १७२ बालबालिकालाई दादुरा रुबेलाका खोप लगाउने लक्ष्य लिएको छ।

यसैगरी दोस्रो चरणअन्तर्गत फागुन १६ देखि २४ गतेसम्म मोरङको नौ स्थानीय तहका ६२ हजार ६० बालबालिकालाई पोलियो थोपा र ५१ हजार ६३३ बालबालिकालाई दादुरा, रुबेलाको खोप लगाइने भएको छ। अभियानलाई सफल बनाउन घरमा निम्ता कार्ड, स्थानीय रेडियो, पत्रपत्रिका तथा प्रचारप्रसारलाई तीव्र बनाइको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।

पहिलो खोपको प्रभावकारिता ८५ प्रतिशत र थप दोस्रो खोपको १० प्रतिशत गरी दुवै खोप लगाएका बालवालिका दादुरा रुबेला नलाग्ने सम्भावना ९५ प्रतिशत हुने उनले बताए। ‘थप मात्रा दिँदा यो खोप लगाउनुको पहिलो उद्देश्य शतप्रतिशत यो रोगबाट बचाउनु हो भने नियमित खोपमा छुटेकालाई समेट्नु पनि हो’, उनले भने, ‘जुन बालबालिकाले यो खोप लगाउँदैनन्। त्यो बेलासम्म रुबेला र दादुराको उच्च जोखिममा रहन्छन्।’

अभियानका लागि मोरङ जिल्लामा ८९२ खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ। नेपालले सन् २०२३ सम्ममा दादुरा रुबेला नियन्त्रण गर्ने लक्ष्य लिएको छ।

सबै बालबालिकाले खोप पाउनुपर्छ भन्ने अवधारणाअनुसार अभियान शुरु गरिएको हो। बाल मृत्युदर घटाउनु, औसत आयुमा वृद्धि गर्नु अभियानको लक्ष्य छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

जुगलको संक्रमण भाइरल हो, कोरोना होइन : जिल्ला स्वास्थ्य कार्यालय

जुगलको संक्रमण भाइरल हो, कोरोना होइन : जिल्ला स्वास्थ्य कार्यालय

मेलम्ची : जिल्ला स्वास्थ्य कार्यालयले जुगल गाउँपालिका गुम्बागाउँमा कोरोना भाइरसको संक्रमणको सम्भावना नरहेको बताएको छ।

कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले आफूले गरेको अध्ययनबाट त्यहाँ कोरोना संक्रमणको सम्भावना नरहेको पाएको बताएका हुन्। त्यहाँ देखिएको श्वासप्रश्वाससम्बन्धी समस्या भाइरल मात्र भएको उनको दाबी छ।

चापागाइँले कोरोना संक्रमण फैलिएयता गुम्बागाउँमा चीनबाट कसैको पनि आवतजावत नभएको बताए। कार्यालयले गुम्बागाउँको अवस्था बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको उनको भनाइ छ।

गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी भाइरलको उपचार शुरु गरिएको पनि कार्यालयले बताएको छ। बिरामीमध्ये केहीलाई निको भइसकेको चापागाईँले बताए।

साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरूले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी पाएको उनकाे भनाइ छ।

संक्रमण फैलिएकाे ठाउँ गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दूरीमा पर्छ। अहिले जलविरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन्।

गाउँमा भाइरल संक्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरको थियाे।

दुई स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्। बिरामी भन्दै नाम दर्ता गराएका २०१ मध्ये १५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए। १० जनाको उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको उनकाे भनाइ छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

काेराेना भाइरस : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, संक्रमण दर घटेको चीनको दाबी

काेराेना भाइरस : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, संक्रमण दर घटेको चीनको दाबी

चीनमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ।

हुवेई प्रान्तमा मंगलवार ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १०७ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यसमध्ये एक हजार १०५ जनाको चीनमै मृत्यु भएको हो। चीनबाहिर भने २ जनाले ज्यान गुमाएका छन । हुवेई प्रान्तमा पछिल्लो २४ घण्टामा कोरोनाको एक हजार ६ सय ३८ संक्रमित फेला परेका छन्।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ हजार ६ सय ३८ पुगेको छ। ज्यान गुमाउनेको संख्या बढे पनि संक्रमण दर भने २० प्रतिशतले घटेको चीनको दाबी छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

प्राथमिक स्वास्थ्य केन्द्रमा ‘एचडीयू’ सेवा

प्राथमिक स्वास्थ्य केन्द्रमा ‘एचडीयू’ सेवा

दोलखा : सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रस्तावित (चरिकोट अस्पताल) मै जटिल अवस्थाका बिरामीको उपचार हुने भएको छ।

बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी प्राथमिक स्वास्थ्य केन्द्रले एचडीयू सेवा (हाइ डिपेन्डेन्सी युनिट) अर्थात् उच्च निर्भरता एकाइ सञ्चालनमा ल्याएको हो। विषादी सेवन गरेका, श्वासप्रश्वासमा समस्या भएका, मध्यम मुटुरोगीलगायतका बिरामी एक महिनाभित्रका शिशुको उपचार गर्न थालिएको डा. विनोद दंगालले बताए।

स्वास्थ्य सेवा प्रभावकारी बनाउन र जिल्लावासीलाई सहज तरिकाले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भिमेश्वर नगरपालिकाले अस्पतालका लागि आवश्यक पर्ने उपकरण खरिद गरेर दिएको थियो।

एचडीयू सेवा सञ्चालन गरेसँगै अस्पतालका लागि १५ लाखभन्दा बढीको औषधि र थप जनशक्ति आवश्यक पर्ने भएका कारण २४सै घण्टा सेवा प्रदान गर्न त्यसको व्यवस्थापन स्थानीय तहले गर्ने गरी सेवा सञ्चालनमा ल्याइएको नगरप्रमुख भरतबहादुर केसीले बताए।

सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरस नियन्त्रण गर्न चीनलाई ग्रुप ७७ ले सहयोग गर्ने

कोरोना भाइरस नियन्त्रण गर्न चीनलाई ग्रुप ७७ ले सहयोग गर्ने

प्राणघातक संक्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई ७७ देशहरूको समूह ग्रुप-७७ ले सहयोग गर्ने भएको छ।

संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार ग्रुप-७७ का सदस्य राष्ट्रहरूले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन्।

त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ। यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई सहयोग उपलब्ध गराउने जनाएको थियो।

संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरेका प्रयासको सराहना पनि गरेको छ। हालसम्म चीनले गरेका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नोबेल कोरोना भाइरसको नाम ‘कोभिड -१९’

नोबेल कोरोना भाइरसको नाम ‘कोभिड -१९’

काठमाडौं : विश्वलाई नै त्रसित बनाइरहेको नोबेल कोरोना भाइरसको आधिकारिक नामाकरण गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यसको नाम कोभिड -१९ राखेको छ । डिसेम्बर ३१ मा पहिलोपटक चीनमा देखिएको यो भाइरसको नाम अब भने कोभिड -१९ ले चिनिनेछ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले जेनेभामा पत्रकार सम्मेलन गर्दै कोरोना बाट ‘को’ भाइरसबाट ‘भि’ र डिजिजबाट ‘डी’ लिएर कोभिड बनाइएको बताए ।  १९ भने राेग  फेला परेकाे वर्ष हो । कोभिड- १९ ले हालसम्म चीनमा मात्र ११ सय बढीको ज्यान गइसकेको छ भने ४४ हजार बढी मानिस संक्रमित भएका छन्।

नेपालमा चीनबाट फेर्केका एक जना नेपालीमा कोरोना भाइरस फेला परेको भए पनि उनी उपचार पछि घर फर्किसकेका छन्।

ताजा अपडेट