यूएनएफपीएद्वारा सरकारलाई १ हजार २ सय पीपीई किट्स हस्तान्तरण

यूएनएफपीएद्वारा सरकारलाई १ हजार २ सय पीपीई किट्स हस्तान्तरण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले १ हजार २ सय पीपीई किट्स आज सरकारलाई हस्तान्तरण गरेको छ ।

यूएनएफपीएले सोमबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई उक्त सामानहरु हस्तान्तरण गरेको हो ।  सामान हस्तान्तरण कार्यक्रममा व्यवस्थापन महाशाखाका निर्देशक डोटेलले अहिलेको समयमा पीपीई किट्सको अति नै महत्व भएकाले सही समयमा सरकारलाई पीपीई सहयोग गर्ने यूयूएनएफपीएलाई धन्यबाद दिएका थिए ।

लगभग तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पीपीई किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शु-कभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम्बुट्स रहेका छन् ।

नेपालका लागि यूएनएफपीए प्रतिनिधि लुब्ना बाकीले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको सुरक्षा महत्वपूर्ण हुने बताइ्न । उनले स्वास्थ्यकर्मीको स्वास्थ्य र मनोसामाजिक विषयलाई पनि ध्यान दिनुपर्ने भन्दै यूएनएफपीए यो महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताइन्।

यसका साथै यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पीपीई किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको बेला क्वारेन्टाइनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकता सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स) प्रदान गरिरहेको छ । ती किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा ३ सय २४ जनाको कोरोना परीक्षण, १ सय ११ जना आइसोलेसनमा

२४ घण्टामा ३ सय २४ जनाको कोरोना परीक्षण, १ सय ११ जना आइसोलेसनमा

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारले गत २४ घण्टामा कोरोना आशंकामा ३ सय २४ जनाको पीसीआर विधिबाट परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ घण्टामा ३ सय २४ जनाको पीसीआर विधिबाट र ३ हजार १९ जनाको र्‍यापिड टेष्ट विधि मार्फत परीक्षण गरेको बताए । उनले हालसम्म पीसीआर विधिबाट देशभरमा ८ हजार ४ सय १४ र र्‍यापिड डाइग्नोष्टिक विधिबाट २५ हजार १ सय ४८ गरी ३३ हजार ५ सय ६२ जनाको कोरोना नमुना परीक्षण गरिएको जानकारी दिए ।

डा देवकोटाले सोमबार सम्म आइसोलेसनमा रहनेको संख्या १ सय ११ रहेको भन्दै ४ जना उपत्यकामा र १ सय ७ जना उपत्यका बाहिर रहेको पनि जानकारी गराए । यसैगरी कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ९ सय ३६ रहेको छ । उनले गत २४ घण्टामा नयाँ संक्रमित नभेटिएको भन्दै अस्पतालमा उपचारमा रहेका संक्रमित २७ जनाकै स्वास्थ्य सामान्य रहेको जिकीर गरे ।

नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि निको भएर घर फर्केका छन् भने २७ जना विभिन्न अस्पतालमा उपचारमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा हालसम्म ८ हजार बढीको कोरोना परीक्षण

सुदूरपश्चिममा हालसम्म ८ हजार बढीको कोरोना परीक्षण

हेल्थ टिभी अनलाइन\डडेल्धुरा:  सुदूरपश्चिममा अहिलेसम्म ८ हजार बढीको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७ जनाको नमुनामध्ये आइतबार सम्म पीसीआर र र्‍यापिड टेस्ट विधीमार्फत ८ हजार ८५ जनाको परीक्षण गरिएको छ। यी मध्ये ७२ जनाको रिपोर्ट भने आउन बाँकी छ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आइतबारसम्म पीसीआर विधिबाट दुई हजार ५ सय ६ जनाको कोरोना परीक्षण गरिएकोमा पाँच जना बाहेक अन्य दुई हजार ५ सय एक जनाको रिपोर्ट नेगेटिभ आएको छ। यसैगरी र्‍यापिड टेष्ट गरिएका एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड टेष्टमा पोजेटिभ आएकाव्यक्तिको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आईसकेको छ।

आइतबारसम्म प्रदेशका नौँ वटै जिल्लामा पाँच हजार पाँच सय ७९ जनाको र्‍यापिड टेस्ट गरिएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। अहिले सम्म सबैभन्दा बढी कैलालीमा दुई हजार ७ सय ६९ जनाको र्‍यापिड टेष्ट गरिएको छ।

यस्तै कञ्चनपुरमा ४ सय ७८, बैतडीमा २ सय १५, दार्चुलामा ४ सय २४, डडेल्धुरामा १२, डोटीमा ७ सय ५८, बझाङमा ४ सय ८६, अछाममा २ सय ३० र बाजुरामा २ सय ५ जनाको र्‍यापिड टेष्ट गरिएकोमा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘क्यान्सर बिरामीलाई कोरोनाबाट जोगाउन अस्पतालमा तीन तहको ‘स्क्रिनिङ’ गरिरहेका छौँ’

‘क्यान्सर बिरामीलाई कोरोनाबाट जोगाउन अस्पतालमा तीन तहको ‘स्क्रिनिङ’ गरिरहेका छौँ’

विश्वभरी कोरोना महामारीका कारण १ लाख ६० हजार बढी मानिसको ज्यान गइसकेको छ । त्यसैगरी २४  लाख बढी मानिस कोरोनाको संक्रमणमा परेका छन्। कोरोना भाइरसको संक्रमणले क्यान्सर, मधुमेह, उच्च रक्तचाप, दम लगायतका दीर्घ रोग भएकालाई अझ बढी सताउने कुरा विभिन्न अध्ययनले देखाएको छ । कोरोनाको यो महामारीकाबीच  क्यान्सरका बिरामीलाइ जोगाउन एवं उनीहरुको सहज उपचारका लागि के कस्ता काम भइरहेका छन् भन्ने विषयमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी:

कोरोना भाइरसको त्रासका बेला यहाँहरुले बिरामीलाई कसरी सेवा दिइरहनु भएको छ?

कोरोनाको महामारी विश्वभरी फैलिन थालेपछि नेपालमा पनि लकडाउन भयो। जुन अहिले पनि जारी छ। नेपालमा कोरोना रोग र लकडाउन दुबै पहिलो हो । त्यसैले शुरुका दिनमा हामीले कसरी काम गर्ने होला भनेर अलमलमा पर्यौं। सबैतिर अत्यधिक त्रास थियो । हामीले पनि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गर्यौं। कसरी क्यान्सरका बिरामी र स्टाफलाई कोरोनाबाट जोगाउने भन्ने नै हाम्रो पहिलो प्राथमिकता रह्यो। तर सधैं यस्तो गरेर हुँदैन भनेर हामीले विश्वका कोरोनासँग लडिरहेका क्यान्सर अस्पतालमा कसरी काम गरिरहेका छन् भनेर सोधखोज गर्न थाल्यौ । त्यसलगत्तै हामीले अस्पतालमा कोरोनाको केस अस्पतालमा आएमा के गर्ने कसरी काम गर्ने भनेर उच्चस्तरीय समिति बनायौं। हुनत हाम्रो अस्पतालमा पहिलेदेखि नै ‘इन्फेक्सन कन्ट्रोल कमिटी ‘भन्ने समिति  थियो । त्यसलाई नै अझ बढी सक्रिय बनाएर काम गर्न थाल्यौं । हामीले कसरी काम गर्ने भनेर गाइडलाइन्स बनाएका छौं । त्यही गाइडलाइन्स अन्तर्गत रहेको सेवा दिइरहेका छौं । अब चाहिं हामी क्लिअर छौं कसरी काम गर्ने भन्नेमा ।

भनेपछि अहिले अस्पतालले ओपीडी सेवा पनि दिइरहेको छ ?

हामीले क्यान्सरका बिरामीका लागि ओपीडी सेवा दिइरहेका छौँ। तर आउनुअघि बिरामीले आफनो डाक्टरसँग कुरा गरेर आउनै परेमा मात्र बोलाउने गरेका छौं । पहिलेजस्तो सिधै आउने निकै कम छन्। कतिपय किमोथेरापी , रेडियोथेरापी एव फलोअपका लागि पनि आउने छन्।  इमरजेन्सी नपरेसम्म अस्पताल नआउनुस भनेर चाहिं अनलाइन मार्फत सूचना जारी पनि गरेका छौं । त्यसैले पहिले भन्दा निकै कम छन् बिरामी । तर आउँदै नआउने भन्ने हैन्। दैनिक ५० देखि ६० जना बिरामी अहिले पनि आइरहेका छन्।लकडाउनका कारण टाढाबाट आउने वा नजिकै भए पनि अस्पताल आउन गाह्रो भएर होला निकै कम छन्। हामीले नै उहाँहरुलाई इमरजेन्सी नपरेसम्म अस्पताल नआउन नै सल्लाह दिएका छौं । अस्पतालबाट धेरै रोग सर्ने सम्भावना हुन्छ । त्यसैले उहाँहरुलाई हामीले अस्पतालको वेवसाइट, फेसबुक पेज मार्फत नम्बरहरु दिएका छौं । फोन गर्नुस् भनेर धेरैलाई फोनमै परामर्श दिन्छौं । हामी अहिले पनि २४ सै घण्टा बिरामीको सेवामा छौं ।

क्यान्सर अस्पतालमा कोरोना भित्रिन नदिन के कस्ता काम गरिरहनुभएको छ?

हामीले अस्पतालमा आउने हरेक भिजिटर वा बिरामीका लागि तीन तहको स्क्रिनिङ गरेपछि मात्र भित्र प्रवेश गर्न पाउने बनाएका छौं । कोही पनि अस्पतालमा आउने बित्तिकै शुरुमा उनीहरुको हिस्ट्री लिइन्छ। कतै कोरोना प्रभावित देशबाट आएका हुन् की भनेर सोध्छौं । यदि यस्तो भएमाा उनीहरु रेड जोनमा पर्छन। उनीहरुलाई हामी फेरी फिबर क्लिनिकमा पठाउँछौ। कोरोना संक्रमितको सम्पर्कमा भए नभएको सोधपुछ र जाँच पछि मात्र उनीहरु भित्र प्रवेश गर्न पाउँछन्। फिबर भए र कोरोनासँग मिल्ने लक्षण देखिएमा क्यान्सर बिरामीलाई भेट्न वा उनीहरु भएको बिल्डिङमा जान पाउँदैनन्। त्यहीँबाट आइसोलेसन वार्डमा लगिन्छ ।अस्पतालमा आउने बिरामीको कुरुवाको हकमा पनि हामीले सकेसम्म एक जना मात्रै राख्न अनुरोध गरेका छौं । एकजना मात्र हुँदा  स्क्रिनिङ गर्न पनि सजिलो र जोखिम कम हुन्छ । कुरुवा हरेक पटक घर गएर अएपछि फेरी स्क्रिनिङ गछौं । यसरी हामीले हाम्रा बिरामीमा कोरोना संक्रमण नहोस भनेर यसरी काम गरिरहेका छौं ।

कुनै कोरोनाको बिरामी आइहालेमा यहाँहरुको अस्पतालमा तयारी कस्तो छ ?

हाम्रो अस्पताल क्यान्सरको विशिष्टीकृत अस्पताल हो । तर पनि कोरोनाका बिरामी हामीकहाँ पनि आउनसक्छन भन्ने कुरामा हामी तयार छौँ र त्यही अनुसार रणनिती बनाई काम पनि गरेका छौं । पहिलो कुरा त हामीकहाँ आउने बिरामीलाई हामी स्क्रिनिङ गछौं त्यसका लागि छुट्टै मेडिकल टिम छ । ‘कोभिड -१९ स्क्रिनिङ एण्ड म्यानेजमेन्ट कमिटी’ भन्ने छ । यो कमिटीले सम्पूर्ण काम गर्छ । यो टिममा रहने स्वास्थ्यकर्मी एवं चिकित्सक कोरोना सम्बन्धी र फिबर क्लिनिकमा मात्र हुन्छन्। उनीहरुका लागि अस्पतालले नै खान बस्न सकैको व्यवस्था गरेको छ । उनीहरु पीपीई लगाएर बिरामी हेर्छन्। फिबर क्लिनिकमा काम गर्ने स्वास्यथ्कर्मी घर जान पाउँदैनन्। कुनै बिरामी शंका लागेमा आइसोलेसन वार्डमा लगिन्छ । यसका लागि हामीले क्यान्सरका बिरामी रहने भन्दा टाढा छु्ट्टै भवनमा आइसोलेसन वार्ड राखेका छौं ताकी क्यान्सरका बिरामीसँग कुनै सम्पर्क नै हुन नसकोस् । यहाँसम्मकी त्यहाँ जाने बाटो नै अलग छ । यसरी कोरोनाको आशंका लागेमा स्वाब लिई टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाउने भन्ने हाम्रो गाइडलाइन्समा उल्लेख छ । यसैगरी कोरोना पोजेटिभ आएमा भने हामीले यहाँ उपचार गर्दैनौं उक्त बिरामीलाई कोरोनाकै लागि डेडिकेटेट पाटन अस्पताल पठाउने पनि कुरा भएको छ । यसरी हामी केस आएमा के गर्ने भन्ने कुरामा तयारी अवस्थामा छौं । प्रोटोकल र गाइडलाइन्स अनुसार नै काम गर्छौ ।

शल्यक्रिया गर्नुपर्ने बिरामीलाई के गर्नुभएको छ ?

शल्यक्रिया तुरुन्त गर्नुपर्ने नत्र बिरामीलाई जोखिम छ वा क्यान्सर तुरुन्त सबैतिर फैलिने छ भने हामीले त्यस्ता बिरामीको शल्यक्रिया रोकेका छैनौं । तर शल्यक्रिया एक दुई साता वा महिना नगर्दा खासै फरक पर्दैन र त्यसको सट्टा औषधि दिन सकिन्छ भने त्यो उपाय पनि सल्लाह दिएका छौं । यसमा हामी टिम नै बसेर सल्लाह गछौं र निर्णय गर्छौ।  शल्यक्रिया गर्नेपर्ने बिरामीका लागि हामीले टिम छुट्याएर काम गर्ने गरेका छौं । ताकी यदि कुनै बिरामीमा कोरोना भइहालेको भए त्यो टिम मात्र क्वारेन्टाइन वा आइसोलेसनमा बसे हुन्छ । अर्को टिमले काम गर्नसक्छ भनेर सबैलाई एकैपटक काममा लगाएका छैनौं । एनेस्थेसिया दिएर पूर्ण बेहोस बनाएर गरिने शल्यक्रियामा बिरामीलाई कोरोनाको जाँच गरेपछि मात्र शल्यक्रिया गर्ने गरेका छौँ ।

क्यान्सरका बिरामीलाई कोरोना लागेमा मृत्युदर बढी छ भनिन्छ ?

हेर्नुस । कोरोना हामी सबैका लागि नयाँ रोग हो । यसकाबारेमा एकिनका साथ कसैले पनि केही भन्न सक्ने अवस्था नै छैन्। तर भर्खर कोरोनाबाट बढी मृत्यु हने देशहरु इटली र अमेरिकाकाको उदाहरण हेर्नेहो भने इटलीमा मृत्यु भएकाको २० प्रतिशत क्यान्सरको उपचार गराइरहेका र अमेरिकामा ७ प्रतिशत क्यान्सरका बिरामी रहेको बताइएको छ । त्यसैले क्यान्सरका बिरामी र अन्य व्यक्तिलाई यो रोग सर्ने तरिका एउटै भए पनि क्यान्सरका बिरामीमा कोरोना भएमा यसमा मृत्युदर निकै बढी हुन्छ । किनकी क्यान्सरको उपचार गराइरहेका बिरामीको औषधिका कारण इम्युनिटी पावर कम हुन्छ । जसले गर्दा भाइरसले छिटो आक्रमण गर्ने र जटिलता निम्त्याउने हुन्छ । त्यसैले पनि क्यान्सरका बिरामीलाई संक्रमितको सम्पर्कमा नआउन भनेर सतर्कता अपनाउन निकै जरुरी छ । कोरोनाको बिरामी एक जना पनि क्यान्सर अस्पतालमा आएमा स्थिति भयावह हुनसक्छ । त्यसैले हामीले यति सावधानी अपनाउनु परेको हो ।

क्यान्सरको उपचार गराइरहेका बिरामीलाई कोरोनाबाट जोगिन के भन्नुहन्छ ?

क्यान्सरका बिरामीको इम्युनिटी कम हुने हुँदा कोरोना सर्ने सम्भावना बढी हुन्छ भने जटिलता पनि अन्य स्वस्थ व्यक्ति भन्दा निकै बढी हुन्छ । त्यसैले सरकारले जारी गरेको सूचना बमोजिम लकडाउनको पालना गर्दै घरभित्र बस्ने, आफनो सरसफाईमा ध्यान दिने, इमरजेनसी नपरेसम्म अस्पताल नजाने गर्न म सल्लाह दिन्छु । यसका साथै आफ्नो रोग सम्बन्धी केही समस्या परे शुरुमा फोनबाटै परामर्श लिने र डाक्टरले बोलाउँदा मात्र अस्पताल जानुस भन्न चाहन्छु । किनकी क्यान्सरका बिरामीलाई कोरोना भइहाल्यो भने बचाउन निकै गाह्रो हुन्छ । यसबाट जोगिन सिक्नु नै उत्तम उपाय हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भेरी अस्पतालमा परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ

भेरी अस्पतालमा परीक्षण गरिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ

हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोनाको आशंकामा नेपालगंजको भेरी अस्पतालमा गरिएका पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबारदेखि शुरु भएको ल्याबमा पहिलो दिन नै नौं जना कोरोना शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिएको थियो । कोरोनाको शंका गर्दै गरिएका सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए ।

भेरी अस्पतालमा हिजो आइतबारदेखि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न थालिएको हो । सरकारले भेरी अस्पताल र धरानको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ल्याबलाई क्रस भेरिफिकेसन गर्ने ल्याबको रुपमा पनि राखेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन: अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ। यसैबीच सबैभन्दा प्रभावित न्यूयोर्कमा आक्रामक रूपमा परीक्षण सुरु गरिने बताइएको छ।

न्यूयोर्क राज्यमा सङ्क्रमणको दर क्रमिक रूपमा कम हुँदै गएका बेला गभर्नर एन्ड्र्यू कोउमोले आफ्नो राज्यमा आक्रामक रूपमाू एन्टीबडी परीक्षण गरिने बताएका हुन्। उक्त परीक्षणले न्यूयोर्कमा कोरोनाभाइरसबाट कति मानिस सङ्क्रमित छन् भन्ने कुरा पहिचान गर्ने बताइएको छ।

कोउमोका अनुसार उक्त परीक्षण अमेरिकी खाद्य तथा औषधि नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले स्वीकृत गरेको छ र प्रत्येक हप्ता १४ हजारसम्म मानिसको परीक्षण गरिनेछ। सबै किसिमका सङ्केतले न्यूयोर्कमा उक्त महामारीको प्रभाव घट्दै गएको देखाएको उनले बताएका छन्। तर यो क्रमलाई निरन्तरता दिनका लागि निरन्तर प्रयास जारी राख्नुपर्ने उनको भनाई छ।

अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। कुल ४१ हजार ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन्। नियमित पत्रकार सम्मेलनका क्रममा आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका छन्। परीक्षणमा कुनै पनि देश हामी नजिक छैन,उनले भने। यसैबीच कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण २४ लाख नजिक पुगेको छ।

मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ। त्यहाँ २३,६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।

इटलीमा सङ्क्रमितहरूको सङ्ख्या १७८,९७२ पुगेको छ। त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ सङ्क्रमित छन्। त्यहाँ २०५९५ जनाले ज्यान गुमाइसकेका छन्।

बीबीसी:

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सप्तरीमा धार्मिक सभामा सहभागी भएका कैलालीका पाँच जनालाई कोरोना परीक्षणका लागि अस्पताल लगियो

सप्तरीमा धार्मिक सभामा सहभागी भएका कैलालीका पाँच जनालाई कोरोना परीक्षणका लागि अस्पताल लगियो

शेर भण्डारी \डडेल्धुरा: सप्तरीमा भएको एक धार्मिक सभामा सहभागी भएर फर्केका कैलालीका पाँच जनालाई प्रहरीको टोलीले आज साँझ धनगढीका बिभिन्न स्थानबाट उद्दार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएको छ ।

मुस्लिम जमाती समूहका उनीहरु सप्तरीमा भएको धार्मिक सभामा सहभागी भएर फर्केको बताइएको छ । दिल्लीमा भएको धार्मिक सभामा लकडाउनका कारण सहभागी हुन नपाएका उनीहरु सप्तरीमा भएको सभामा सहभागी भएका थिए ।

प्रहरीले धनगढी उपमहानगरपालिका—१ पशुपति टोलबाट ३ जना, चटकपुर र चौराहाबाट एक एक जनालाई उद्दार गरी उनीहरुको थ्रोट स्वावको नमूना परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

सप्तरीमा आयोजित धार्मिक सभाबाट सहभागी भएका अत्तरीयाबाट दुई जनाको पनि उद्दार भईरहेको छ । मुस्लिम जमातीहरुमा कोरोनाको संक्रमण पाईएकोले प्रहरीले उनीहरुको खोजी गर्दै आज साँझ उद्दार गरेको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

निको भएर घर फर्किए कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक

निको भएर घर फर्किए कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक

हेल्थ टिभी अनलाइन \काठमाडौं:  कोरोना भाइरस संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक पनि आज निको भएर घर फर्केका छन्। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली लम्कीका २१ वर्षीय युवकको अन्तिम कोरोना रिपोर्ट नेगेटिभ आएकाले आजै डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

उनी १६ दिनको अस्पताल बसाईपछि पूर्ण रुपमा निको भएर घर फर्केका हुन्। भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरेको अस्पतालले जनाएको छ।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।

हिजो मात्रै काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एक जना र बाग्लुङ अस्पतालबाट ६५ वर्षीय महिला पनि कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना जितेर सेती अस्पतालबाट डिस्चार्ज हुँदै कैलालीका संक्रमित युवक

कोरोना जितेर सेती अस्पतालबाट डिस्चार्ज हुँदै कैलालीका संक्रमित युवक

हेल्थ टिभी अनलाइन \डडेल्धुरा: कोरोना भाइरस संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक पनि आज निको भएर घरर फर्किदै छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली लम्कीका २१ वर्षीय युवकको अन्तिम कोरोना रिपोर्ट नेगेटिभ आएकाले आजै डिस्चार्ज हुन लागेको बताए । उनी १६ दिनको अस्पताल बसाईपछि पूर्ण रुपमा निको भएर घर फर्किन लागेका हुन्।

भारतबाट आएका  लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी अहिले भइरहेको अस्पतालले जनाएको छ।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।

हिजो मात्रै काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एक जना र बाग्लुङ अस्पतालबाट ६५ वर्षीय महिला पनि कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगंजको भेरी अस्पतालमा पनि शुरु भयो कोरोना परीक्षण

नेपालगंजको भेरी अस्पतालमा पनि शुरु भयो कोरोना परीक्षण

 हेल्थ टिभी अनलाइन\ काठमाडौं:  भेरी अस्पताल नेपालगञ्जमा पनि पीसीआर विधिबाट कोरोना भाइरसको नमुना परीक्षण शुरू भएको छ ।

पीसीआर मेशिन जडान गरिएसँगै आजैबाट नमुना संकलन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए । डा थापाले आवश्यक परेमा तीन सिफ्ट गरी दैनिक सय जनासम्मको नमुना परीक्षण गर्न सकिने भए पनि अहिले एउटै सिफ्टबाट काम गरिने जानकारी दिए ।

भारतसँग सिमाना जोडिएको भए पनि नेपालगंजमा हालसम्म कोरोना आशंकामा परीक्षण गरिएका सबै रिपोर्ट पीसीआर र आरडीटी दुबै विधिमा नेगेटिभ आएको पनि उनले जानकारी दिए ।अहिलेसम्म कसैको पनि आरडीटी टेष्टमा पनि कोरोना पोजेटिभ आएको छैन्, यो खुशीको कुरा हो ,उनले भने।

योसँगै नेपालभरी पीसीआर विधिबाट कोरोना नमुना परीक्षण १५ स्थानबाट हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाबाट विश्वभर मृत्यु हुने नेपालीको संख्या २८, १ हजार १ सय बढी संक्रमित

कोरोनाबाट विश्वभर मृत्यु हुने नेपालीको संख्या २८, १ हजार १ सय बढी संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं: कोरोना भाइरस महामारीबाट शनिवार साँझसम्म विश्वभर  मृत्यु हुने नेपालीहरुको संख्या २८ पुगेको छ ।

गैरआवासीय नेपाली संघले गठन गरेको कोविड १९ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २, आयरल्याण्डमा १, जनाको मृत्यु भएको हो ।

विश्वभर १ हजार १ सय ६६ जना नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।

संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, बेलायत २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्चुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२ जना छन् । त्यस्तै साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, र हङकङमा एक जनामा संक्रमण देखिएको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

छैटौं कोरोना भाइरस संक्रमित ६५ वर्षीय महिला पनि निको भएर घर फर्किइन्

छैटौं कोरोना भाइरस संक्रमित ६५ वर्षीय महिला पनि निको भएर घर फर्किइन्

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालको छैटौं कोरोना भाइरस संक्रमित ६५ वर्षीय महिला अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको थियो । उनी चैत ४ मा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आइपुगेकी हुन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

 हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार उदयपुरमा कोरोना संक्रमण पुष्टि भएकासँगै रहेका एक वृद्धमा पनि आज कोरोना पोजेटिभको रिपोर्ट आएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

उनी ६५ वर्षीय पुरुष भएको  पनि उनले जानकारी दिए । संक्रमित व्यक्ति अहिले विराटनगरको क्वारेन्टाइनमा रहेकोले आइसोलेसनमा लैजाने तयारी भएको  डा पाण्डेले बताए । योसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका व्यक्तिको पीसीआरमा नेगेटिभ

डडेल्धुरामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका व्यक्तिको पीसीआरमा नेगेटिभ

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा: डडेल्धुरामा भारतबाट आएका एक  व्यक्तिमा र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना संक्रमण पोजेटिभ देखिए पनि पीसीआर गर्दा नेगेटिभ आएको छ ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको पुष्टी गरेको थियो । तर उनको पीसीआर गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ।

गत चैत ३० गते डडेल्धुरा अस्पतालले र्‍यापिड टेस्ट गरेको थियो। भारतको बैगंलौरबाट घर फर्किएका उनी कैलालीको गौरीफन्टाबाट आएका ९ सय ९९ मध्येका एक हुन्।

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरेर बैशाख १ गते धनगढीको कोरोना प्रयोगशाला पठाएको थियो। र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाले स्वाब संकलन गरेर धनगढी पठाइएको थियो।

तर पीसीआरमा नेगेटिभ आएकाले होम क्वारेनटाइनमा बस्न भनेर उनलाई घर पठाइसकेको छ। स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टका अनुसार उनको ट्रेसिङ भइरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको आशंकामा १ सय १७ जना आइसोलेसनमा, ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा

कोरोनाको आशंकामा १ सय १७ जना आइसोलेसनमा, ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोनाको आशंकामा देशभरका अस्पतालमा ११७ जना आइसोलेसनमा रहेको बताएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ११७ जना आइसोलेसनमा रहेको बताएका हुन्। उनले उपत्यकामा ५ जना र उपयका बाहिर ११२ जना रहेको बताए । यसैगरी शनिबारसम्म विभिन्न देशबाट आएका र सम्भावित संक्रमित  भन्दै क्वारेन्टाइनमा रहनेको संख्या ४हजार ५ सय ३६ रहेको छ ।

यसैगरी २४ घण्टामा ६ सय २ जनाको पीसीआर र २ हजार ८ सय ८९ जनाको आरडीटीबाट कोरोनाको परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाको परीक्षणको संख्या २७ हजार ४ सय ७१ पुगेको छ। उनले शनिबार कसैमा पनि कोरोना पोजेटिभ रिपोर्ट नआएको पनि जानकारी दिए ।

शुक्रबार उदयपुरमा भेटिएका १२ र चितवनका दुई जना संक्रमितको कन्टयाक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताए ।

नेपालमा हालसम्म ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना उपचारपछि निको भएर घर फर्केका छन्। अन्य २८ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सरकार गुहार्दै दिल्लीमा अलपत्र ५२ नेपाली मजदुर

सरकार गुहार्दै दिल्लीमा अलपत्र ५२ नेपाली मजदुर

हेल्थ टिभी अनलाइन \काठामाडौं : कोरोना महामारीका कारण विश्वभरी त्रास छ । जसका कारण अधिकांश देशले लकडाउन गरेका छन्। यसैवीच भारतको नयाँ दिल्लीमा कार्यरत ५२ जना नेपाली लकडाउनका कारण अलपत्र परेका छन्।

उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकार र दुतावासलाई बारम्बार अपिल समेत गरेका छन्।  तर कतैबाट सुनुवाई नभएको बताउँछन दशरथचन्द -११ बैतडी सिमका नवराज पन्त । उनले भने, ‘हामी दैनिक काम गरेर खाने मान्छे न अहिले काम छ नत पैशा नै नत घर जान पाइन्छ । अब यहाँ हामी एउटै सानो कोठामा १८ जना बसेका छौ, के खाने कहाँ जाने केही पत्तो भएन । बाहिर निस्के प्रहरीले कुट्छ, नेपाल सरकारले हामीलाई घरसम्म जाने व्यवस्था गर्दिए हुन्थ्यो । नभए यहीं रोगले हैन भोकले मछौं, उनले भने ।

उनीहरु सबै दिल्लीको गुडगाउँस्थित मानेश्वर सेक्टर १ मा रहेको एउटा कम्पनीमा काम गर्दै आएका थिए । जुन कम्पनी अहिले बन्द छ । उनीहर सबै सुदूरपश्चिम प्रदेशको बैतडी र डडेल्धुरावासी हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालको दोस्रो कोरोना संक्रमित युवती पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन्।  चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवती आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

२७ दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनको कोरोना परीक्षण गर्दा दुईपटकसम्म नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिमका पाँच संक्रमितमध्ये चारजनाको रिपोर्ट पुनः पोजेटिभ, एकको नेगेटिभ

सुदूरपश्चिमका पाँच संक्रमितमध्ये चारजनाको रिपोर्ट पुनः पोजेटिभ, एकको नेगेटिभ

शेर भण्डारी\ डडेल्धुरा :  धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये ४ जनाको तेस्रोपटक परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको छ। पाँचजना कोरोना संक्रमितमध्ये चारजनाको रिपोर्ट पुनः परीक्ष्ण गर्दा पनि पोजेटिभ आएकोहो । ।

धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीय महिलाको कोरोना रिपोर्ट फेरि ‘पोजेटिभ’ आएको अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीका अनुसार तीनजनाको तेस्रो र लम्कीचुहा नगरपालिका १ की महिलाको दोस्रो रिपोर्ट ‘पोजेटिभ’ आएको हो।

संक्रमितमध्ये एक संक्रमितको दोस्रो रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ। डा जोशीका अनुसार दोस्रो रिपोर्ट ‘नेगेटिभ’ आउनेमा लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक हुन्।

उनको रिपोर्ट नेगेटिभ आएपनि अहिले उनलाई अस्पतालको आइसोलेसनमै राखिएको छ। डा जोशीका अनुसार लगातार दुई पटक रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्रै डिस्चार्ज गरिन्छ।

धनगढी उप–महानगरपालिका–५ का युवकको तेस्रो रिपोर्ट यसअघि नै आइसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भइरहेकोसमेत डा जोशीले बताए। संक्रमित पाँचैजना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सरुवा रोगका विज्ञ डाक्टलाई हतोत्साही गर्दै स्वास्थ्य मन्त्रालय, माग्यो स्पष्टीकरण

सरुवा रोगका विज्ञ डाक्टलाई हतोत्साही गर्दै स्वास्थ्य मन्त्रालय, माग्यो स्पष्टीकरण

हेल्थ टिभी अनलाइन \काठमाडौं:  देशमा कोरोना भाइरसको त्रास बढिरहेका बेला उता सरकारले भने देशकै सिमित विज्ञमध्येका सरुवा रोग विशेषज्ञसँग स्पष्टीकरण सोधेर हतोत्साही गराएको छ । सहज तरिकाले मिडियामा आउने र सरुवा रोगकावारेमा आफनो विचार दिंदै आएका सिमित विज्ञमध्येका एक डा शेरबहादुर पुनलाई शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिखित स्ष्पष्टीकरण सोधेको हो ।

यस विषयमा हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा पुनले भने, ‘मैले मिडियामा कोरोना भाइरसकावारेमा बोलेका र लेखेका कुरालाई लिएर स्पष्टीकरण सोधेको भन्ने थाहा पाएँ तर पत्र हातमा परेको छैन्। पत्र आएकोवारे अस्पताल प्रशासनबाट फोन आएपछि थाहा पाएको पनि उनले जानकारी दिए । उनले भने, यस्तो हुन्छ भन्ने मलाई पहिले नै थाहा थियो, किनकी यसअघि नै मलाई मौखिक रुपमा स्वास्थ्य मन्त्रालयले बोलाएको थियो ।’ उनले भने म अध्ययन अनुसन्धानको विद्यार्थी भएकाले पनि मेरो काम नै अनुसन्धान गर्ने हो त्यही कुरा म लेख्छु र बोल्छु यही कुरा मन्त्रालयलाई मन परेन जस्तो छ ।’

कोरोनाको पहिलो संत्रमित आएदेखि नै डा पुनले यसबारे सचेत गराउँदै  लेखहरु लेख्दै आएका थिए । डा पुनले जापानबाट सरुवा रोगमा पीएचडी गरेका हुन्। उनी हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिसर्च यूनिट प्रमुखका रुपमा कार्यरत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वन्यजन्तुको मासुमा बन्देज लगाउन विश्व स्वास्थ्य संगठनको अपिल

वन्यजन्तुको मासुमा बन्देज लगाउन विश्व स्वास्थ्य संगठनको अपिल

हेल्थ टिभी अनलाइन \काठमाडौं:  विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबैलाई अपिल गरेको । संगठनका महानिर्देशक डा टेड्रोसले जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै मानिसमा आएको भन्दै वन्यजन्तु मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्।

वन्यजन्तुको मासु धेरैका लागि भोजनको महत्वपूर्ण स्रोत भएपनि अधिकांश यस्ता बजारमा यसको स्वच्छताको प्रश्न आउने गरेको भन्दै यनले यसमा प्रतिबन्ध लगाउनपर्नेमा जोड दिए । भोजन र स्वच्छताका सबैले कडाइका साथ पालना नगर्दासम्म वन्यजन्तुको मासु प्रयोग रोकिनुपर्ने टेड्रोसको भनाइ छ ।

गत डिसेम्बरमा कोरोना भाइरसको महामारी फैलिएको चीनको वुहानमा पनि खुलायाम जनावरका मासुको व्यापार हुँदै आएको छ । त्यही कारण भाइरस फैलिएको हो की भन्ने अनुमान गरिएको छ ।

ताजा अपडेट