सुदूरपश्चिममा थप एक जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप एक जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएक संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संक्रमित व्यक्ति जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। सीमामा आउने बेलामा आरडीटी परीक्षणका क्रममा पोजेटिभ देखिएपछि उनलाई सेती अस्पतालको आईसोलेसनमा राखेर स्वाब संकलन गरिएको थियो ।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था समान्य रहेको छ। आज पुष्टि भएका व्यक्तिसहित सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या १५ पुगेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्ला गरी आइतबार थप १९ जनामा संक्रमण देखिएको बताएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

यसरी आज कोरोना पुष्टि हुनेहरुमा काठमाडौंका १ जना, मोरङका १ जना, बारा कलैयाका १ जना, रौतहटका १ जना सर्लाहीका ४ जना, पर्साका ३ जना, नुवाकोटमा १ जना, रुपन्देहीका ३ जना, कपिलवस्तुका ३ जना, गुल्मीका १ जना गरी १९ जना रहेका छन्। संक्रमितमध्ये ५२४ पुरुष र ७९ महिला रहेको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

त्रिवि शिक्षण अस्पतालकी नर्सको क्वारेन्टाइन अनुभव

कोरोनाको भन्दा समाजको डर बढी

त्रिवि शिक्षण अस्पतालकी नर्सको क्वारेन्टाइन अनुभव

अस्मिता ढकाल त्रिवि शिक्षण अस्पतालकी स्टाफ नर्स हुन् । १० वर्ष अघि देखि पेशामा रहेपनि उनले त्यहाँ काम गर्न लागेको ४ वर्ष भयो । हाल उनी अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत छिन्। हुन त उनी कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा खटिएकी छैनन्। तर पनि एक साता अघि उनीसहित १९ जना सहकर्मीहरु कोरोनाको आशंकामा क्वारेन्टाइनमा बस्न बाध्य भए । कारण थियो कोरोना संक्रमित सुत्केरीको उपचारमा सलंग्न हुनु । क्वारेन्टाइन बसाई र कोरोनालाई हेर्ने समाजको दृष्टिकोणबारे उनले हेल्थ टिभी अनलइसँग  गरेको कुराकानी उनकै शब्दमा:

गत वैशाख २३ गतेको कुरा हो म कार्यरत अस्पतालको बर्थिङ सेन्टरमा सिन्धुपाल्चोककी एक महिला सुत्केरी हुन आइन्। उनको समय अगावै बच्चा जन्मिन लागेकाले माथि लेबर रुममा पठायौं । पछि डेलिवरी भइसकेपछि हाम्रो सेन्टरमा पोस्ट न्याटल केयरका लागि ल्याइयो । त्यसमा मेरो नाइट ड्युटी भएकाले मैले उनलाई हेरें आमा बच्चा महिला दुबै स्वस्थ थिए । दुई दिन हामीकहाँ बसेपछि उनी २५ गते डिस्चार्ज भएर गइन्। यो हाम्रो सामान्य रुटिन हो । तर यो केस चाहिं म र मेरा साथीहरुका लागि सामान्य बनेन्।

अब हामीलाई हेर्ने दृष्टिकोण पनि फेरिन थालेको महशुस गर्न थालें। हाम्रो परीक्षण गरियो रिपोर्ट नेगेटिभ आयो ।तर पनि क्वारेन्टाइन बसेर घर फर्किदा टोलमा छिमेकीको हेराईले मन कटक्क खायो । सधैं बोल्नेहरु पनि बोल्न नपरे जस्तो गर्न थाले । मेरो रिपोर्ट नेगेटिभ भएको भन्दा पनि उनीहरु म सँग तर्सेको र बाटो नै परिवर्तन गरेर हिंड्न थालेको देख्दा मन पोल्यो । मनमनै भने हामी रिपोर्ट नेगेटिभ हुनेलाई त यस्तो छिछि दुरदुर गर्छन भने संक्रमितलाई गर्ने व्यवहार कस्तो होला भन्ने लाग्यो ।

त्यसपछि धेरैलाई हामीले सेवा दियौं । उनी हाम्रा लागि सेवाग्राही थिइन्। हामीले सेवा दियौं उनले लिइन् अनि गइन्। तर हामीलाई के थाहा ती महिला कोरोना संक्रमित थिइन् भन्ने । हुन त उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने अझै खुलेको छैन्। अचानक वैशाख ३ गते म १२ घण्टे अस्पतालको ड्युटी सकेर थकित भएर बेडमा पल्टेकी मात्र के थिएँ । एक जना मेरो साथीले फोन गरिन्। हाम्रो अस्पतालमा त सेवा लिएको एक जनालाई कोरोना भएर मृत्यु भएछ भनेर । शुरुमा त मलाई विश्वास नै लागेन पछि अन्य साथीहरुको पनि फोन आउन थाल्यो । त्यसपछि म डराएँ। तर एक मनले सुरक्षित भएर नै काम गरेको हो के होला र भन्ने भयो । भोलिपल्ट अस्पतालले फोन गरेर तपाइँहरु सबै जना क्वारेन्टाइन बस्नपर्ने भयो भनेर फोन आयो । हामी अस्पतालकै वार्डलाई क्वारेन्टाइन बनाएर बस्यौं । त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको कुरा चारैतिर फैलिसकेको थियो ।

अब हामीलाई हेर्ने दृष्टिकोण पनि फेरिन थालेको महशुस गर्न थालें। हाम्रो परीक्षण गरियो रिपोर्ट नेगेटिभ आयो ।तर पनि क्वारेन्टाइन बसेर घर फर्किदा टोलमा छिमेकीको हेराईले मन कटक्क खायो । सधैं बोल्नेहरु पनि बोल्न नपरे जस्तो गर्न थाले । मेरो रिपोर्ट नेगेटिभ भएको भन्दा पनि उनीहरु म सँग तर्सेको र बाटो नै परिवर्तन गरेर हिंड्न थालेको देख्दा मन पोल्यो । मनमनै भने हामी रिपोर्ट नेगेटिभ हुनेलाई त यस्तो छिछि दुरदुर गर्छन भने संक्रमितलाई गर्ने व्यवहार कस्तो होला भन्ने लाग्यो ।

अहिले पनि मेरा छिमेकी म सँग राम्ररी बोल्न खोज्दैनन्। लाग्छ म अपराधी हुँ, ठुलै अपराध गरेर आएकी छु । सुत्केरीलाई संक्रमण भएपछि बर्थिङ सेन्टरलाई सिल गरिएकाले अहिले घरमै छु । मेरा साथीहरुले पनि समाजले गरेको व्यवहारले आफनो चित्त दुखेको सुनाउँछन्। हामी दिनरात नभनी बिरामीको सेवामा लागेका छौं । तर हामीलाई हौसलाको सट्टा यसरी हेरिन्छ भने कसरी काम गर्ने आँट आउँछ ?  म स्वास्थ्यकर्मी भएकाले मलाई थाहा थियो म यो बेला अझ बढी खट्नुपर्छ भन्ने त्यसैले यो बेला संक्रमण हुने जोखिम भएकाले साना साना दुई जना बच्चालाई माइतीघर लगेर छोडेकी छु । घरमा बुढाबुढी सासुससुरा भएकाले उहाँहरुलाई पनि संक्रमणको जोखिम हुने भएकाले घरमा पनि नबसी दाइको घरमा एक्लै बस्दै आएकी छु । सानो छोराले हरेक दिन फोन गरेर कहिले आउने मामु भन्छ, मन कटक्क खान्छ छोरालाई अंगालो हालेर माया गर्न मन छ तर अहिले म त्यो गर्न सक्दिन । परिवारसँग बस्न मन कसलाई हुँदैन र ? तर हामी आफनो पेशागत धर्म निभाउँदै कोरोनाको महामारीमा पनि सेवा दिइरहेका छौं । तर हामीलाई गरिने व्यवहारले साहैं चित्त दुख्छ । लाग्छ हाम्रो समाजमा मानवता हराउँदै गएको छ ।

अहिले पनि मेरा छिमेकी म सँग राम्ररी बोल्न खोज्दैनन्। लाग्छ म अपराधी हुँ, ठुलै अपराध गरेर आएकी छु । परिवारसँग बस्न मन कसलाई हुँदैन र ? तर हामी आफनो पेशागत धर्म निभाउँदै कोरोनाको महामारीमा पनि सेवा दिइरहेका छौं । तर हामीलाई गरिने व्यवहारले साहैं चित्त दुख्छ । लाग्छ हाम्रो समाजमा मानवता हराउँदै गएको छ ।

यतिबेला सबैजना लकडाउनका कारण परिवारसँग घरभित्र छन्। तर हामी भने परिवारलाई छोडी दिनरात नभनी बिरामीको सेवामा छौं र तर हौसला दिनुको सट्टा पीडा पाइरहेका छौं । मसँगै काम गर्ने साथीहरुको अनुभव पनि त्यस्तै छ । अस्पतालमा काम गर्ने भनेपछि घरवेटीले घर छोड भनेका कति केस बाहिर आएका छन्। आखिर स्वास्थ्यकर्मीलाई जै यस्तो गर्ने हो भने तपाइँ आफै बिरामी पर्दा कसले सेवा दिन्छ सोध्न चाहन्छु । म संक्रमणको डरले परिवारबाट टाढा बसेकी छु तर पनि मेरो श्रीमानलाई समेत यसको श्रीमती अस्पतालमा कम गर्छे भनेर साथी भाइहरु टाढा टाढा हुने गरेको र बेला बेलामा सुनाउने गरेको बताउनुहुन्छ । यस्तो व्यवहारले कसरी काम गर्ने  ?मानसिक पीडा हुने रहेछ । अस्पतालमा त फेरी पनि शंकास्पद बिरामी आउलान फेरी पनि सेवा दिन त पर्यो नै । कतिलाई मलाई कोरोना छैन भनेर सर्टिफिकेट देखाउँदै हिंड्ने ।

म मात्रै हैन म जस्ता धेरै स्वास्थ्यकर्मीले दुधे बच्चा घरमा छोडेर यो महामारीमा खटेका छन्। परिवारबाट अलग बसेर काममा खटिरहेका छन्। त्यसैले उनीहरुलाई यतिबेला सबैको हौसला, प्रोत्साहन चाहिएकोे छ । यो विषम परिस्थतीमा सबैै मिलेर यो महामारीसाग लडौं एक आर्काको हौसला बढाउँ, एकदिन कोरोनालाई अवस्य जित्न सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

बाँकेको नरैनापुरमा सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण

बाँकेको नरैनापुरमा सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेको नरैनापुरमा एक जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेका संक्रमित मभ्ये एक जना नरैनापुरमा खटिएका सुरक्षाकर्मी रहेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले नरैनापुरको कालाफाँटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको जानकारी दिए । चौकीका प्रहरीलाई कोरोना पोजेटिभ देखिएपछि शनिबार नै प्रहरी चौकी सिल गरी डिस्इन्फेक्ट गर्ने कार्य गरिएको छ । बाँकेमा सुरक्षाकर्मीलाई कोरोना भएको यो पहिलो हो भने एक जना स्वास्थ्यकर्मीलाई भने यसअघि नै कोरोना पोजेटिभ देखिएका थियो ।

यतिबेला बाँकेको नरैनापुर कोरोना को हटस्पट नै बनेको छ । 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ जुम्ल्याहा बच्चा

भारतमा कोरोना संक्रमित आमाले जन्माइन् स्वस्थ जुम्ल्याहा बच्चा

हेल्थ टिभी अनलाइन : भारतको मध्यप्रदेशमा एक कोरोना संक्रमित आमाले स्वस्थ जुम्ल्याहा बच्चा जन्माएकी छिन्।

मध्येप्रदेशको एक अस्पतालमा उनले शनिबार बिहान बचालाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार आमा कोरोना संक्रमित भए पनि दुबै बच्चाहरु स्वस्थ रहेका छन्। उनको नर्मल डेलिवरी भएको पनि अस्पतालले जनाएको छ । बच्चा जन्मिनासाथ उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । तर उनीहरुको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

मध्यप्रदेश भारतको कोरोना प्रभावित क्षेत्रभित्र पर्छ । हालसम्म त्यहाँ ६ हजार बढी संक्रमित फेला परिसकेका छन् भने २५० जनाको ज्यान गइसकेको बताइएको छ । भारतमा हालसम्म १ लाख २५ हजार बढीमा संक्रमण देखिएको छ भने ३ हजार ७ सय बढीले ज्यान गुमाएका छन्। कोरोना नियन्त्रणका लागि भारत सरकारले दुई महिनादेखि लकडाउन जारी राखेको छ ।

थप समाचार

कोरोना जितेर डिस्चार्ज भए बुटवल र वीरगञ्जका १९ संक्रमित

कोरोना जितेर डिस्चार्ज भए बुटवल र वीरगञ्जका १९ संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं: बुटवलको कोरोना विशेष अस्पतालबाट आज एकैपटक १० जना संक्रमित कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

दुई साता अघि  कोरोना विशेष अस्पतालमा भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालले जनाएको छ । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन्।

यसैगरी उता वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारमा रहेका ९ जना कोरोना संक्रमित पनि उपचारपछि निको भएर घर फर्केका छन्। उनीहरुको दुईपटक सम्मको रिपोर्टमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।

शुक्रबार मात्रै बाँकेका २१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना नियन्त्रणमा असहयोग गरेको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश सरकारले दियो कारवाही गर्ने चेतावनी

कोरोना नियन्त्रणमा असहयोग गरेको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश सरकारले दियो कारवाही गर्ने चेतावनी

हेल्थ टिभी अनलाइन\ काठमाडौं : युनिभर्सल मेडिकल कलेजमा कार्यरत जनशक्तिलाई कोरोना अस्थायी अस्पतालमा पठाइदिन आग्रह गर्दा पनि नपठाएको भन्दै प्रदेश सरकारले कारवाहीको चेतावनी दिएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य निर्देशनालय बुटवलले उक्त मेडिकल कलेजबाट जनशक्ति पठाइ सहयोग गर्न पत्र पठाएको थियो । तर सहमति अनुसार चिकित्सक र नर्स नपठाईएको भन्दै युनिभर्सल मेडिकल कलेजलाई प्रदेश ५ सरकारले कारवाही गर्ने चेतावनी दिएको हो ।

भैरहवामा बनाईएको कोरोना विशेष अस्थायी अस्पतालमा युनिभर्सल मेडिकल कलेजले दुई जना कन्सल्ट्यान्ट डाक्टर र १० जना नर्स उपलब्ध गराउने प्रतिवद्धता जनाएकोमा अहिले सम्म नपठाएकोले कलेजलाई सहमति अनुसार नगए यो विषम परिस्थितीमा असहयोग गरेको भन्दै कारवाही गरिने पत्रमा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतबाट आएका थिए बैतडीका संक्रमित

भारतबाट आएका थिए बैतडीका संक्रमित

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेका बैतडीका चारै जना संक्रमित भारतबाट आएको खुलेको छ ।

उनीहरु जेठ ८ गते गौरिफन्टा नाकाबाट उद्धार गरिएका व्यक्तिहरु हुन्। उनीहरुमा यसअघि नै आरडीटी पोजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

बैतडीका संक्रमित देखिएका उनीहरु शिवनाथ गाउँपालिकाका हुन । उनीहरुमध्ये दुई जनाको उमेर २० वर्ष , एक जना २२ वर्ष र अर्का एकजना २७ वर्षका रहेका छन्।  उनीहरुसँगै सोही दिन धेरै व्यक्तिहरु नेपाल भित्रिएका थिए । उनीहरु पनि जोखिमा रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैतडीका ४ जना, बाँकेका २७ जना, बर्दियाका १ जना, झापाका १ जना, सुर्खेतका ३ जना गरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बिहान मात्रै मन्त्रालयले विभिन्न जिल्लाका ३२ जनामा कोरोना संक्रमणको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयका अनुसार आजै ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ग्रान्डीका संक्रमित कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगियो

संक्रमित कर्मचारीले काम गर्ने विभाग सिल गरियो

ग्रान्डीका संक्रमित कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण पुष्टि भएका ग्रान्डी अस्पतालका कर्मचारीलाई पाटन अस्पतालको आइसोलसनमा लगिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले आज कोरोना पुष्टि भएका ग्रान्डीका एक जना कर्मचारीलाई पाटन अस्पतालको आइसोलेसनमा लगिएको बताए । उनले भने, ‘उहाँलाई उपचारका लागि भर्खर पाटन लगिएको छ । साथै उहासँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम समेत अघि बढिसकेको छ ।’ उता अस्पतालमा उनी कार्यरत विभागलाई सिल गरिएको पनि डा पाण्डेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना भएको उल्लेख गरेको थियो । स्रोतका अनुसार उनी ग्रान्डी अस्पतालको ल्याबमा काम गर्ने कर्मचारी हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अस्पतालमा आएका एक बिरामीमा कोरोना देखिएपछि डडेल्धुरा अस्पतालका चार चिकित्सकसहित ७ जना क्वारेन्टाइनमा

अस्पतालमा आएका एक बिरामीमा कोरोना देखिएपछि डडेल्धुरा अस्पतालका चार चिकित्सकसहित ७ जना क्वारेन्टाइनमा

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : डडेल्धुराका कोरोना संक्रमित युवक कोरोना पुष्टि हुनुअघि उपचार गराउन डडेल्धुरा अस्पताल आएको पाइएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार उनमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो। डडेल्धुराको परशुराम नगरपालिका–१० का २८ वर्षीय ती युवक जेठ ६ गते अस्पताल आएका थिए । अस्पतालले उनलाई स्क्रब टाइफस भएको बताएको थियो।

उक्त युवकलाई ज्वरो पनि आएकाले स्वाब सकंलन गरी परीक्षण गरिएको थियो । अहिले उनको स्वाब संकलनमा खटिएका चिकित्सक र अन्य स्टाफहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए। डा विष्टका अनुसार जेठ ६ गते स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाव दिएर घर पठाइएको थियो।

क्वारेन्टाइनमा रहेका चार चिकित्सक र अन्य तीनजना स्टाफको आजै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने डडेल्धुरा अस्पतालका सुचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए।

कोरोना संक्रमित युवक  हाल डडेल्धुरा अस्पतालको आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौंसहित थप ३२ जनामा कोरोना संक्रमण देखियो

काठमाडौंसहित थप ३२ जनामा कोरोना संक्रमण देखियो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा शनिबार बिहानै थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार कपिलवस्तुका ८ जना, सर्लाहीका १३ जना, बाराका १ जना, काठमाडौंका १ जना रुपन्देहीका ८ जना र चितवनका १ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । यसैगरी उपचारपछि निको भएर घर फर्किनेको संख्या ७० रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा भक्तबहादुर केसी

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अध्यक्षमा भक्तबहादुर केसी

हेल्थ टिभी अनलाइन\ काठमाडौं : खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको विकास समिति अध्यक्षमा भक्तबहादुर केसी नियुक्त भएका छन्।

एक वर्षदेखि अध्यक्ष बिहिन बनेको अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको बिहिबारको निर्णय अनुसार ३ बर्षे कार्यकालका लागि केसीलाई अध्यक्षमा नियुक्त गरेको हो।

यस्तै सदस्यहरूमा पूर्णचन्द्र पोखरेल , मोहम्मद मुबिन खान र चरित्रा शाह लगायत नियुक्त भएका छन्। क्यान्सरको विशिष्टीकृत यस अस्पताललाई हालका लागि कोभिड- १९ कोरोना विशेष अस्पताल बनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य क्षेत्रमा लगानी बढाउन मेडिकल टुरिजम अर्गनाइजेशनको आग्रह

स्वास्थ्य क्षेत्रमा लगानी बढाउन मेडिकल टुरिजम अर्गनाइजेशनको आग्रह

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल मेडिकल टुरिजम अर्गनाइजेशनले कोभिड-१९ का कारण आउने आर्थिक संकट समाधानका लागि स्वास्थ्य क्षेत्रमा विशेष लगानी बढाउन आग्रह गरेको छ । शुक्रबार अर्गनाइजेशनले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेको हो ।

योसँगै विज्ञप्तिमा कोभिड-१९ को महामारीका बेला सरकारी सेवाले मात्र नपुग्ने भन्दै प्राइभेट अस्पताललाई समेत सहभागी गराई अघि बढ्न सरकारलाई अपिल गरिएको छ । यो बेला सरकारले सरकारी अस्पताललको स्तरोन्नती गर्दै सेवालाई बिस्तार गर्नुपर्ने र निजी अस्पताल जो अहिले आर्थिक संकटमा छन् उनीहरुलाई पनि सँगसँगै लानपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोरोना जस्तो महामारीबाट मुक्ति पाउन सरकारी अस्पतालको पहलले मात्र नभ्याउने हुनाले पब्लिक, प्राइभेट अस्पताल एवं चिकित्सक नर्स, प्राविधिक स्वास्थ्यकर्मीलाई पनि फ्रन्टलाइनमा काम गर्नको लागि उचित वातावरण बनाई हौसला बढाउन हामी जोडदार माग गदैछौं ।’

यसैगरी कोरोनाकै कारण नेपालमा वैदेशिक व्यापार घाटा चुलिएको यो अवस्थामा देशभित्रै गर्न सकिने मेडिकल टुरिजममा ध्यान दिंदै सो तर्फ कदम चाल्न आग्रह गरिएको छ । विज्ञप्तिमा सरकारले स्वास्थ्य र शिक्षामा बाहिर जाने अरबौं रुपैयाँ रोक्न पब्लिक प्राइभेट पार्टनरसिप गर्दै यस्ता संस्थालाई समयानुकुल स्तरोन्नती र लगानी गर्न तर्फ लाग्नुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्ति :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप नौं जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मकवनापुरका ५४ वर्षीय महिला, भक्तपुरका ४२ वर्षीय महिला, सप्तरीका ३५ वर्षीय पुरुष र बाराका २२ देखि ४५ वर्ष उमेर समूहका ६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र किटजन्य अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कैलालीका तीनै जना कोरोना संक्रमित भारतबाट लुकेर नेपाल छिरेका थिए

कैलालीका तीनै जना कोरोना संक्रमित भारतबाट लुकेर नेपाल छिरेका थिए

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : आज कोरोना संक्रमण पुष्टि भएका कैलालीका तीनै जना संक्रमित भारतबाट लुकेर आएको खुलेको छ ।

उनीहरु सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी  लकडाउनकै बेला नेपाल आएको पाइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कैलालीको जानकी गाउँपालिका ४ र ७ का तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि भएका कैलालीका जानकी गाउँपालिका ४ का एक जना संक्रमित जेठ १ गते कैलालीको कालाकुण्डा नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए । उनी भारतको महाराष्ट्रबाट आएको बताइएको छ । यसैगरी थप दुई जना संक्रमित पनि  वैशाख ३० गते लुकीछिपी बाँकेको नाकाबाट नेपाल छिरेको पाइएको हो ।

जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखी कोरोना परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बैतडीमा प्रहरी हिरासतमा रहेका व्यक्तिमा कोरोना

बैतडीमा प्रहरी हिरासतमा रहेका व्यक्तिमा कोरोना

शेर भण्डारी\ डडेल्धुरा : शुक्रबार बैतडीका एकजनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैतडीका एक जनामा कोरोना संक्रमण भएको जनाएको हो । मन्त्रालयले संक्रमण भएको भनेका व्यक्ति जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ बर्षीय पुरुष भएको पुष्टि भएको हो ।

शिवनाथ गाउँपालिका -२ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्लीबाट स्वदेश आएको बताइएको छ । शिवनाथ गाउँपालिका -४ की १९ बर्षीया किशोरीको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो ।

ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि यतिबेला जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ ।

संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ । यस्तै कन्ट्याक्ट ट्रेसिङको काम समेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा फेरी थप २० जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका गरी थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३, डडेल्धुराका १ जना, बैतडीका १ ,बाँकेका १४ र मोरङका १ गरी २० जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यसैगरी हालसम्म उपचारपछि कोरोना जितेर घर फर्कनेको संख्या ७० पुगेको छ । आज बिहानै ३० जनामा कोरोना पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँकेका २१ जना संक्रमित कोरोना जितेर घर फर्किए

बाँकेका २१ जना संक्रमित कोरोना जितेर घर फर्किए

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेका पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित २१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना संक्रमण भएपछि उनीहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा राखिएको थियो । उनीहरुको दुईवटा पीसीआर रिपोर्ट लगातार नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो । हालसम्म बाँकेमा मात्रै १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ७० पुगेको छ । कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए पनि उनीहरुलाई एक साता अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनिएको अस्पतालले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गौरीफन्टा नाकाबाट २ हजार भन्दा बढी नागरिकको उद्दार

गौरीफन्टा नाकाबाट २ हजार भन्दा बढी नागरिकको उद्दार

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : भारतमाअलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार पनि उद्दार जारी राखिएको छ। गौरीफन्टाबाट बिहीबार २ हजार भन्दा बढी नागरिक भित्रिएका छन्।

कोरोना भाईरसको प्रभावले भारतमा रोजगारी गुमाएपछि स्वदेश फर्किन सीमा नाका सम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको काम भईरहेको हो।

गौरीफन्टा नाकाबाट सात बजेसम्म दुई हजारलाई भित्र्याईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। अझै उद्दारको क्रम भने जारी रहेको उनले बताए।

नीहरुको सिमा नाकामा नै आरडीटी परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।  यसअघि बुधबार पनि गौरीफन्टा नाकाबाट साढे ८ सय मजदुरलाई स्थानीय प्रशासनको समन्वयमा उद्दार गरिएको थियो। बुधबार उनीहरुको सामान्य तापक्रम परीक्षण गरेर भित्र्याईएकोमा बिहिबार भने सीमानाकामै आरडीटी टेस्ट भईरहेको हो।

सुदूरपश्चिम प्रदेश सरकारले सीमा क्षेत्रमै आरडीटी टेस्ट गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। धनगढी भित्र्याईएका नेपालीलाई बिहीबारै सम्बन्धित पालिकासम्म पुगाउने तयारी पनि गरिएको छ।

ताजा अपडेट