सुदूरपश्चिमका ७ जनाले क्वारेन्टाइनमै गुमाए ज्यान

सुदूरपश्चिमका ७ जनाले क्वारेन्टाइनमै  गुमाए ज्यान

शेर भण्डारी\ डडेल्धुरा : सुदूरपश्चिमका मात्रै क्वारेन्टाइनमा एक सातामा ७ जनाले ज्यान गुमाएका छन्। आइतबारसम्म चार जिल्लाका गरी ७ जनाको क्वारेन्टाइनमा ज्यान गएको हो।अहिलेसम्म बैतडी, डडेल्धुरा र बाजुराको क्वारेन्टिनमा २\२ जना र डोटीको क्वारेन्टिनमा १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये चार जनाको कोरोना परीक्षण भएकोमा तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। तीन जनाको भने कोरोना परिक्षण हुन बाँकी नै रहेको छ।

आइतबार विहान डोटीको केआईसिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा १९ वर्षीय युवकको मुत्यु भएको हो। भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टाइनमा बस्दै आएका थिए।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं, साँझसम्म  रिपोर्ट आउँछ।’ उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।

यस्तै भारतबाट फर्किएर बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति करिब साढे ८ बजे मृत्यु भएको हो।

उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए। साँझ एकाएक बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए।

मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए। यसअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेकी एक महिलाको जेठ २० गते मृत्यु भएको थियो। पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको कोरोना पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मष्टा आधारभूत विद्यालयको क्वरेण्टीनमा पनि एक वृद्धको ज्यान गएको छ। ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए।

त्यसअघि प्रदेशमा पहिलो संक्रमितको मृत्यु भएको थियो। १८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको हो। बाजुराको बुढीगंगा नगरपालिका–१ स्थित धुरालसैन माविको क्वारेन्टाइनमा बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भएको थियो। उनी बाबु आमासँगै भारतबाट आएकी थिइन्।

डडेल्धुरामा पनि घर फर्किएकी महिला र एक बालकको ज्यान गएको छ। गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वरेण्टीनमा ३० वर्षीया महिलाको ज्यान गएको हो। उनी श्रीमान् सहित १६ गते भारतबाट आएकी थिइन् ।

यसअघि डडेल्धुराको नवदुर्गा गाउँपालिका–३का साढे ६ वर्षीय बालकको क्वारेन्टाइनमा मृत्यु भएको थियो। उनको जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा मृत्यु भएको हो। आमाबाबुसँगै उनी केही दिनअघि भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै डडेल्धुरा पुगेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु, स्वाब संकलन हुँदै

डोटीको क्वारेन्टाइनमा एक युवकको मृत्यु, स्वाब संकलन हुँदै

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । डोटी केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा १९ वर्षीय युवकको आज बिहान मुत्यु भएको हो ।

भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि उक्त क्वारेन्टाइनमा बस्दै आएका थिए। आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी पहिलेदेखि नै मुटुको रोगी भएको बुझिएको छ ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनका लागि टोली क्वारेन्टाइनतर्फ गएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘परिवारलाई कोरोनाबाट जोगाउन दुई महिनादेखि एकान्तवासमा छु’

‘परिवारलाई कोरोनाबाट जोगाउन दुई महिनादेखि एकान्तवासमा छु’

अस्मिता ढकाल

यतिबेला लकडाउनका कारण सबै जना घर परिवारसँग होलान् तर म भने पेशागत बाध्यताका कारण परिवारबाट अलग भएर बसेको पनि झण्डै साढे २ महिना भइसक्यो । बिरामीको सेवा गर्छु भनेर नर्सिङ पेशामा लागेकी मलाई यी र यस्ता समस्या आउँछन भनेर पहिले नै थाहा भए पनि म आफनो पेशा र बिरामीको सम्मानका लागि सधैं तयार छु र रहनेछु । तर पनि म पनि सामान्य मानिस नै हुँ । त्यसैले कहिलेकाहीं परिवाबाट अलग भएर एक्लै बस्दा मनमा अनेक कुरा खेल्ने रहेछन्।

कोरोना महमारी शुरु हुनु भन्दा अघि नै मैले आफना दुई छोरालाई माइतीमा लगेर राखें । किनकी म अस्पताल जाने आउने गर्दा मेरा साना बच्चामा संक्रमण मबाटै सर्नसक्ने जोखिम धेरै थियो । त्यसैले उनीहरुलाई संक्रमण अझ म बाट जोगाउन मैले नै आफूबाट टाढा गराउन बाध्य भएँ। यति मात्र हैन बुढा भएका सासु ससुरालाई पनि मैले संक्रमण सार्न सक्छु भनेर म उहाँहरुसँग पनि बस्न सकेकी छैन्। श्रीमानलाई उहाँहरुको ख्याल गर्न भनेर आफू भने एकान्तवासमा छु । एक्लै नितान्त एक्लै । घरमा यता पनि कोही छैन् उता पनि कोही छैन्। उराठ लाग्दो ।

धेरै देशहरुमा स्वास्थ्यकर्मी नै संक्रमित भएर उनीहरुबाट परिवारमा संक्रमण फैलिएको कुरा धेरै मिडियामा आएका छन्। म यसप्रति सजग छु । स्वभाविक रुपमा हामी स्वास्थ्यकर्मी संक्रमणको बढी जोखिममा हुन्छौं । हामीबाट परिवारमा सर्ने सम्भावना बढी हुन्छ । त्यसैले म लगायत धेरै स्वास्थ्यकर्मी सेल्फ आइसोलेसनमा बसेका छन् ।

शिक्षण अस्पतालमा सुत्केरी महिलालाई कोरोना देखिएपछि त झनै अस्पतालका स्टाफहरुमा पनि मानसिक तनाव थपिएको छ । बर्थिङ सेन्टरमा रहेकी उनको सम्पर्कमा आएका हामी सबै क्वारेन्टाइनमा बस्यौं । अहिले भने ड्युटी अल्टरनेट गर्दै गरिरहेका छौं । अहिले अस्पताल र घर मेरो दैनिकी हो । अस्पतालमा काम गर्ने नर्स हो भनेपछि धेरैले कुरा गर्न पनि खोज्दैनन्। सायद कुरा गर्दा पनि रोग सर्छ भन्ने भ्रम भएर होला ।

यतिबेला प्रकृति रमाएको छ भने मानव तनावमा छन्। यही तनावकाबिच पनि हामी भने दिनरात नभनी सेवामा छौं । एकान्तवासको समय कहिलेसम्म हो थाहा छैन्। मेरा ती अवोध बच्चालाई अंगालो हाली माया गर्न मन छ । तर म बाध्य छु अहिल एक्लै बस्न । फोनमा कुरा गर्छु । सँगै बसे जस्तो त कहाँ हुन्छ र? मलाई आशा छ म जस्तै धेरै स्वास्थ्यकर्मी अहिले संक्रमण परिवारमा सर्ने डरले एक्लै बसेका छन्। म लगायत उनीहरुको यो एकान्तवास छिटै समाप्त होस र परिवारसँग निर्धक्कले बस्न पाइयोस भन्ने चाहना छ ।

 ढकाल  त्रिवि शिक्षण अस्पतालकी स्टाफ नर्स हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

गण्डकी प्रदेशमा फेरी थपिए ३८ जना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए ३८ जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४ जना, बाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना गरी कुल ३८ जनामा कोरोना संक्रमण भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या ११३ पुगेको छ ।

निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा स्याङ्जाको वालिङ नगरपालिकामा १३ जनामा र र भिरकोट नगरपालिकामा १ गरी १४ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी बाग्लुङको बडिगाड गाँउपालिकामा ९ र ढोरपाटन नगरपालिकामा १ गरी १० जना पुरुषमा संक्रमण देखिएको छ । गोरखामा पालुङटार नगरपालिकाका १ जना, गण्डकी नगरपालिकामा ९ गरी १० र नवलपसारी बर्दघाट हुप्सेकोट गाउापालिकाका ४ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरु सबैलाई सम्बिन्धत अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बैतडीमा क्वारेन्टाइनमा बसेका ३१ बर्षीय पुरुषको मृत्यु, कोरोना परीक्षण हुँदै

बैतडीमा क्वारेन्टाइनमा बसेका ३१ बर्षीय पुरुषको मृत्यु, कोरोना परीक्षण हुँदै

शेर भण्डारी\ डडेल्धुरा : बैतडीमा क्वारेन्टाइनमा बसेका एक पुरुषको आज मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका एकजनाको शनिबार मृत्यु भएको हो।

पाटन नगरपालिका- ६ सन्तोली घर भएका ३१ बर्षीय पुरुषको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले जानकारी दिए । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए।

एक्कासी साँझ ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले बताए।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। ती व्यक्तिसंग बेंगलोरबाट अरु १३ जना पनि आज बिहान मात्र पाटन पुगेको बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

शव अन्त्येष्टिपछि कोरोना पुष्टि, मलामी जानेहरु त्रसित

शव अन्त्येष्टिपछि  कोरोना पुष्टि,  मलामी जानेहरु त्रसित

हेल्थ टिभी अनलाइन\धनगढी : सेती प्रादेशिक अस्पतालमा डायलाइसिसका क्रममा मृत्यु भएकी महिलाको अत्येष्टी गरेपछि कोरोना पुष्टि भएको छ ।  शवको अन्त्येष्टि गरेपछि कोरोना पुष्टि भएपछि यतिखेर पूरै वडाका बासिन्दा एवं मलामी जानेहरु त्रसित बनेका छन्।

धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया एक महिलाको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको थियो । उनको शव सोही दिन परिवारलाई बुझाई आज बिहानै धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएको बताइएको छ । उनको आरडीटी परीक्षण गर्दा नेगेटिभ आएको थियो । त्यसकै आधारमा अस्पतालले उनको शव परिवारलाई जिम्मा लगाएको जनाएको छ ।

उनको पीसीआर परीक्षणमा आज कोरोना पोजेटिभ आएको हो । मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि मलामीको खोजी सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताएका छन्। । उनले शबको दाहसंस्कार भइसकेकाले अब मलाली र सम्पर्कमा आएका अन्य व्यक्तिको खोजी सुरु गरेको जनाए । मृतकमा कोरोना पुष्टि भएपछि आफन्त र स्थानीयबासिन्दा त्रसित बनेका छन् । अन्त्येष्टिमा करिब ५० जना मलाली रहेको स्थानीयले बताएका छन् । यतिबेला वडा नै शिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने काम शुरु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्जका नर्स-पत्रकार जोडी कोरोना जितेर घर फर्किए

नेपालगञ्जका नर्स-पत्रकार जोडी कोरोना जितेर घर फर्किए

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालगञ्ज खजुराकी नर्स र उनका श्रीमान आज कोरोना जितेर अस्पतालबाट घर फर्केका छन्। कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएकी नर्समा जेठ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई त्यस लगत्तै खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर परिवारका सदस्यको परीक्षण गर्दा उनका पत्रकार श्रीमानमा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि श्रीमान श्रीमती दुबै जना एउटै आइसोलेसनमा थिए । उनका छोराछोरी लगायतका अन्य सदस्यमा भने कोरोना संक्रमण देखिएन्।

दुबै जनाको दुईपटक सम्म गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि अस्पतालले आज उनीहरुलाई डिस्चार्ज गरेको हो । उनीहरुसँगै सोही आइसोलेसनबाट अन्य दुई जना पनि डिस्चार्ज भएका छन्।

दुबै जनाले उच्च मनोबल र सकारात्मक सोचाइले सजिलै कोरोना जितेको प्रतिक्रिया दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाका कारण महिलाको मृत्युपछि सेती अस्पतालको डायलाइसिस विभाग सिल

कोरोनाका कारण महिलाको मृत्युपछि सेती अस्पतालको डायलाइसिस  विभाग सिल

हेल्थ टिभी अनलाइन\ काठमाडौं: सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न आएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएपछि अस्पतालको डायलाइसिस विभाग सिल गरिएको छ । शुक्रबार अस्पतालमा डायलाइसिस गर्ने क्रममै धनगढी वडा नं ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो। मृत्युपछि आज कोरोना पुष्टि  भएको वारेमा शनिवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्।

लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी डायलाइसिस गराउनका लागि शुक्रबार सेती अस्पताल पुगेकी थिइन्। डायलाइसिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले जानकारी दिए। मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा आज कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि जेठ १८ गते सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट बाजुराकी दुई बर्षीय बालिकाको मृत्यु भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा कोरोना संक्रमणबाट एकैदिन दुई जनाको मृत्यु भएको पुष्टि

नेपालमा कोरोना संक्रमणबाट एकैदिन दुई जनाको मृत्यु भएको पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप दुई जनाको मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेमा डोल्पाका ५८ वर्षीय पुरुष र धनगढी -४ की सेती अस्पतालमा डायलाइसिस गराउन आएकी  ५५ वर्षीया महिला रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

 हेल्थ टिभी अनलाइन\काठमाडौं:  नेपालमा आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी शनिबार ३२३ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ जना रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या शनिबारसम्म २ हजार ८ सय ५७ रहेको छ । मन्त्रालयका अनुसार सबै संक्रमित क्वारेन्टाइनमा रहेका हुन्।

मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या ३६५ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरा अस्पतालमा सुत्केरी भएकी महिलामा कोरोना संक्रमण

डडेल्धुरा अस्पतालमा सुत्केरी भएकी महिलामा  कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा:  डडेल्धुरामा एक सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा महिलाको रिपोर्ट पोजेटिभ आएको हो।

डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षिय सुत्केरीमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका सिराड स्थित क्वारेन्टाइनमा बसेकी महिला सुत्केरी सेवाका लागि जेठ २१ गते डडेल्धुरा अस्पताल आएकी थिइन्।

जेठ २२ गते स्वाव संकलन गरेर धनगढी पठाइएकोमा शनिबार उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा जगदीशचन्द्र विष्टले बताए ।

ति महिलाले शुक्रबार विहान बच्चा जन्माएकी थिइन्। महिलाको रिपोर्ट पोजेटिभ आएपछि महिला र बच्चालाई आइसोलेसनमा राखिएको डा विष्टले जानकारी दिए। डा विष्टका अनुसार आमा र बच्चाको स्वास्थ्य अबस्था सामान्य रहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

धनगढीका एक कोरोना संक्रमितको अवस्था गम्भीर बनेपछि काठमाडौं रिफर

धनगढीका एक कोरोना संक्रमितको अवस्था गम्भीर बनेपछि काठमाडौं रिफर

शेर भण्डारी\ डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमितलाई काठमाडौं रिफर गरिएको छ ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि धनगढी उप-महानगरपालिका- ५ का ५१ वर्षीय कोरोना संक्रमितलाई काठमाडौं पठाइएको अस्पतालले जनाएको छ ।

संक्रमित पुरुषलाई हिजो राती साढे १० बजेतिर अस्पतालमा उपचार हुन नसक्ने भन्दै अन्य अस्पतालमा लैजान भनिएको अस्पतालका सूचना अधिकारी दिपिलकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

‘उहाँलाई हामीले अन्यत्र जानु भनेर पठाएका हौं। उहाँको मृगौलामा गम्भीर समस्या थियो, निमोनिया पनि थियो,’ श्रेष्ठले भने, ‘सेती अस्पताल लेवल-२ को अस्पताल भएकाले थप उपचारका लागि लेवल ३ को अस्पतालमा जान भनेर पठाएका हौं।

उहाँहरु काठमाडौं जान्छौं भनेर एम्बुलेन्समा जानुभएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

बाँके र बर्दियामा आज थपिए ४० जना संक्रमित

बाँके र बर्दियामा आज थपिए ४० जना संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं: आज एकैदिन बाँके र बर्दियामा गरी थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। यसरी संक्रमित हुनेमा बाँकेका १२ जना र बर्दियाका २८ जना रहेका छन्।

अस्पतालका अनुसार बाँके खजुरा वडा नं- ४ का ७ जना, खजुराकै वडा नं- ५ का १ जना, नेपालगञ्ज -१ का १ जना, वैजनाथ वडा नं ६ का २ जना र वैजनाथ- २ का १ जना गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी बर्दिया राजापुर वडा नं १० का ३ जना, ८ का २ जना, मधुवन -२ का २ जना, मधुवन- ५ का २ जना, गुलरिया -३ का ८ जना, गुलरिया ६ का १ जना, गुलरिया -१० का १ जना, वडा नं- ३ का १ जना, वडैया ताल -६ का १ जना, ७ का २ जना, बाँसगडी- ६ का १ जना, ९ का ३ जना, बाँसगडी २ का १ जना गरी २८ जना-मा कोरोना पुष्टि भएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

खजुराकी संक्रमित नर्सले जितिन कोरोना, आज डिस्चार्ज हुँदै

खजुराकी संक्रमित नर्सले जितिन कोरोना, आज डिस्चार्ज हुँदै

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँके खजुराकी संक्रमित नर्सले कोरोना जितेर आज डिस्चार्ज हुने भएकी छिन्। जेठ ८ गते भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेकी उनको दुईपटकसम्म गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज हुन लागेकी हुन्।

नर्समा कोरोना पुष्टि भएपछि उनका श्रीमानमा पनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि दुबै जना क्यान्सर अस्पतालको आइसोलेसनमा  रहेका थिए ।

उनीसँगै उनको श्रीमानको पनि रिपोर्ट नेगेटिभ आएको छ । दुबैजना कोरोना जितेर आज डिस्चार्ज हुन लागेको उनले हेल्थ टिभी अनलाइनलाई बताइन्। उनीहरु दुबै जनाको रिपोर्ट शुक्रबार नै नेगेटिभ आएको हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतबाट आएर बाजुराको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

भारतबाट आएर बाजुराको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा : भारतबाट आएर बाजुरामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो।

हिजो साँझदेखि खाना नखाएको र राती एकाएक बिरामी भएर ति पुरुषको मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका–७का वडाअध्यक्ष खगेन्द्र रावतले बताए। गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिए।

जेठ १५ गते भारतबाट आएर उनी क्वारेन्टाइनमा बसेका थिए।  मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

गण्डकी प्रदेशमा शनिबार बिहानै थपिए १७ जना संक्रमित

गण्डकी प्रदेशमा शनिबार बिहानै थपिए १७ जना संक्रमित

हेल्थ टिभी अनलाइन\काठमाडौं: गण्डकी प्रदेशमा शनिबार बिहानै १७ जना नयाँ संक्रमित फेला परेका छन्।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज बिहानै विज्ञप्ति जारी गर्दै ४ जिल्ला गरी १७ जनामा कोरोना पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ ।

निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार स्याङ्जाका १० जना, कास्कीका ३ जना,बाग्लुङका १ र नवलपरासी बर्दघाटका १ गरी १७ जनामा कोरोना पुष्टि भएको हो । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा स्याङजा वालिङ नगरपालिकाका ८ जना पुरुष र हरिनास गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यसैगरी कास्कीका रुपा गाउँपालिकाका २ जना पुरुष र पोखरा गाउापालिकाका १ जना पुरुषमा कोरोना देखिएको हो ।
यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी बर्दघाट विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पताल लैजाने तयारी भएको जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘संक्रमित भेटिए पनि अस्पतालको कुनै पनि सेवा अवरुद्द हुँदैन्’

‘संक्रमित भेटिए पनि अस्पतालको कुनै पनि सेवा अवरुद्द  हुँदैन्’

शुक्रबार राजधानीको धुम्बाराहिस्थित ह्याम्स अस्पतालमा दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि केही नीजि अस्पतालमा कोरोनाका बिरामी देखिएपछि केही दिनका लागि पूरै अस्पताल सिल गरिएको थियो भने उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएका थिए । दुई जना संक्रमित भेटिएको ह्याम्स अस्पतालले के गर्दैछ भन्ने विषयमा अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्मासँग हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यले गरेको कुराकानी :

ह्याम्स अस्पतालमा उपचारमा रहेका दुई जना बिरामीमा कोरोना पुष्टि भएको छ, अहिले उहाँहरुको स्वास्थ्य अवस्था कस्तो छ ?

हो, हाम्रो अस्पतालमा सेवा लिन आउनुभएका दुई जना बिरामीमा आज कोरोना पुष्टि भएको छ । उहाँहरु मध्ये गुल्मीका ७६ वर्षीय पुरुष मंगलबार हाम्रो अस्पतालमा आएर सेवा लिएर गइसक्नु भएको बिरामी हो । उहाँ अहिले हाम्रो अस्पतालमा हुनुहुन्न । तर उहाँ गुल्मीबाट आएको हुनाले हामीले  ट्राभल हिस्ट्रीका कारण पीसीआर परीक्षण गरेका थियौं । उहाँ पिसाब पोल्ने समस्या लिएर इमरजेन्सीमा आनुभएको थियो । इमरजेन्सीको आइसोलेसनमा राखेर उपचार गर्यौं । इमरजेन्सीमा उपचार गरेर उहाँ त्यही दिन जानुभएको हो । अर्का बिरामी पोखराबाट मंगलबार नै हेलि रेस्क्यु बाट आउनु भएको हो । ६० वर्षीय उहाँ बेहोस अवस्थामा आउनु भएको थियो । उहाँ चाहिं अहिले हाम्रै अस्पतालमा हुनुहुन्छ । आइसीयूमा उपचार भइहरेको छ र अहिले स्वास्थ्यमा सुधार आएको छ ।

भनेपछि अब संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पठाउनु हुन्छ होला नि ? 

हामी पहिलेदेखि नै यो कुरामा सचेत छौं । तपाइँलाई अचम्म लाग्ला हाम्रो अस्पतालमा दुई जना बिरामी कोरोना संक्रमित भेटिंदा पनि हाम्रा कुनै पनि स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नु पर्दैन । यसमा हामी ढुक्क छौं । ह्याम्स यस्तो अस्पताल हो जहाँ सरकारले र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार शुरुका दिनदेखि फिबर क्लिनिक देखि आइसोलेसन मेन्टेन गरेका छौं । त्यसैले यी दुबै बिरामीको उपचारमा सलंग्न सबै स्वास्थ्यकर्मीले पूरा सावधानी अपनाएर पीपीई लगाएर उपचार गरेका हुनलाले कोही पनि क्वारेन्टाइनमा जानुपर्ने अवस्था छैन्। अस्पताल सिल गर्ने त कुरै भएन्।

नीजि अस्पतालले कोरोनाको उपचार गर्न मानेनन् भन्ने आरोप छ नि ?

अन्य नीजि अस्पतालको कुरा त म गर्दिन । ह्याम्स अस्पताल नेपालमा १ जना बिरामी भेटिंदा देखि तयारी अवस्थामा छ । हाम्रो अस्पतालले अहिलेसम्म एक जना बिरामी पनि रिफर गरेको छैन्। अन्य केही नीजि अस्पतालमा कोरोना संक्रमित देखिएपछि अस्पताल नै सिल भएको विभिन्न मिडियामा सुनियो । तर हामी यस्तो अस्पताल हौं जहाँ कोरोना संक्रमितले यहीं उपचार गर्छु भन्नुहुन्छ भने पनि उपचार गर्न हामी तयार छौं । अहिलेसम्म उपचारकै क्रममा लगभग २ सय जनाको स्याम्पल पठाइसकेका छौं । त्यसमध्ये आज दुई जनामा कोरोना देखिएको हो । कोरोनाको महामारीमा धेरैले बिरामी रिफर गर्दा हामीले सेवामा तल्लीन छौं र भइरहने छौं । कुनै पनि बिरामी सेवा लिन आउन सक्नुहुन्छ ?

त्यसो भए कोरोना संक्रमितको उपचार यहीं गर्नुहुन्छ त ?

मैले यहाँलाई भने दुई बिरामीमध्ये एक जना हाम्रो अस्पतालमा इमरजेन्सी सेवा लिएर जानुभएको बिरामी हो । उहाँ भर्ना भएको बिरामी होइन्। त्यसैले उहाँ घरमै भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नै फोन गरेर उहाँलाई सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगेको बुझिएको छ । तर अर्का पोखराका बिरामी भने हाम्रो अस्पतालको आइसीयूमा हुनुहुन्छ । उहाँलाई हामीले सोध्यौं यही उपचार गर्ने की सरकारले बनाएको आइसोलेसनमा जानुहुन्छ भनेर उहाँले यहीं उपचार गर्छु भन्नु भएको छ । हामीले स्पष्ट रुपमा सरकारी अस्पतालमा जाँदा निशुल्क हुन्छ भनेर उहाँलाई बताएका पनि छौं । त्यति भन्दा पनि उहाँ यहीं उपचार गराउँछु भन्दा हामीले पठाउने कुरा हुँदैन । यो बिरामीको अधिकारको कुरा हो । त्यसैले उहाँ हाम्रो बिरामी हो हामी उहाँको उपचार गर्न तयार छौं । कोरोना पुष्टि भयो भन्दैमा हामी हाम्रो जिम्मेवारीबाट पछि हट्ने कुरा हुँदैन । त्यसका लागि अस्पतालका स्टाफ पनि तयार छन्। हामी ढुक्क छौं उपचार गर्न सक्छौं भन्नेमा ।

संक्रमितको उपचार भएको भनेर अन्य बिरामी नआउने हुन्छ की ? अन्य सेवा लिन आउने बिरामीलाई के भन्नुहुन्छ ?

पहिलो कुरा त संक्रमितलाई छुने, उपचार गर्ने स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा जान नपर्ने गरी प्रिकसन लिइएको स्थानमा अन्य बिरामी आउन डराउनुपर्ने कुनै कारण नै छैन्। हामी पूर्ण रुपमा सुरक्षित रहेर काम गरिरहेका छौं । त्यसैले संक्रमित छ भनेर कसैले पनि डराउनुपदैन्। हामी हाम्रा बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा संवेदनशिल मात्र होइन जिम्मेवार भएर काम गरिरहेका छौं ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

२४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिए

२४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी शुक्रबार २७८ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९सय १२ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६६ हजार ७६५ रहेको छ । यसैगरी संक्रमित भएर विभिन्न अस्पतालमा उपचार गरिरहेकाको संख्या शुक्रबारसम्म २ हजार ५ सय ६८ रहेको छ । मन्त्रालयका अनुसार सबै संक्रमित क्वारेन्टाइनमा रहेका हुन्।

मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्किनेको संख्या ३३३ पुगेको छ । यसैगरी नेपालमा हालसम्म ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

ल्याबमा स्वाब होल्ड भएपछि सुदूरपश्चिममा पाँच दिनसम्म स्वाब संकलन नहुने

ल्याबमा स्वाब होल्ड भएपछि सुदूरपश्चिममा पाँच दिनसम्म स्वाब संकलन नहुने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सुदूरपश्चिममा अबका ५ दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन नहुने भएको छ । सुदूपश्चिम स्वास्थ्य निर्देशनालयले सम्पूर्ण निकायलाई परिपत्र गर्दै ५ दिनसम्मका लागि कोरोना परीक्षणका निम्ति नमुना संकलन नगर्न आग्रह गरेको छ ।

निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले हेल्थ टिभी अनलाइसँग कुरा गर्दै भने, ‘सुदूरपश्चिममा अहिले नै १ हजार ८३ जनाको स्वाब संकलन भएर परीक्षणका लागि राखिएको छ । तर हामीले दैनिक रुपमा परीक्षण गर्न सक्ने भनेको बढीमा २५० मात्र हो । यही हिसाबले परीक्षण गर्दा पनि हामीलाई ५ दिन लाग्छ । न त प्रयाप्त जनशक्ति छन्, नत  स्वाब स्टोर गर्ने उचित स्थान नै ।  देशमै सबभन्दा बढी लगभग ६० हजार मानिस क्वारेन्टाइनमा बसेको स्थानमा सरकारले केही त गर्नु पर्यो नि । हामीले कसरी व्यवस्थापन गर्ने ,उनले थपे ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबारसम्म सुदूरपश्चिममा ५८ हजार १ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालीहरु भारतबाट आउने क्रम अझै बढ्दो छ । डा अवस्थीले स्वाब धेरै दिनसम्म होल्ड गरेर राख्दा त्यसको नतिजा सही नआउन सक्ने सम्भावना बढी भएकाले पनि अहिले केही दिनलाई संकलन कार्य रोक्न बाध्य भएको बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना परीक्षण बढाउन नीजि क्षेत्रसँग सहकार्य गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

कोरोना परीक्षण बढाउन नीजि क्षेत्रसँग सहकार्य गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  कोरोना परीक्षणको दायरा बढाउन सरकारले नीजि क्षेत्रका प्रयोगशालालाई सहकार्य गर्न आव्हान गरेको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहिबार एक सूचना जारी गर्दै कोरोना परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालाले  सम्पर्क गर्न आग्रह गरेकोछ । प्रयोगशालाकी निर्देशक डा रुणा झाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘इच्छुक दर्तावाला प्रयोगशालाले कोभिड १९ को परीक्षणका लागि आफूसँग भएको क्षमता खुलाई के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सात दिन भित्र प्रस्ताव पेश गर्न प्रयोगशालाले अनुरोध गर्दछौं ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रको पत्र अनुसार ‘टेस्टिङ क्यापासिटी’ बढाउन नीजि क्षेत्रलाई समावेश गराउने निर्णय बमोजिम प्रयोगशालाले सात दिनको समय दिएर प्रस्ताव माग गरेको हो ।

देशभरी २१ स्थानमा स्थापना गरिएका ल्याबबाट दैनिक तीन हजारको हाराहारीमा परीक्षण हुँदै आएको छ । जबकी परीक्षण गर्नुपर्ने कोरोना आशंका भएर क्वारेन्टाइनमा बस्नेको संख्या नै डेढ लाख बढी रहेको छ ।

ताजा अपडेट