क्यान्सरपछि पनि सुन्दर जीवन छ भन्ने सन्देश दिंदै सर्भाइभर (फोटोफिचर)
हेल्थ टिभी अनलाइन : क्यान्सर सर्भाइभर र्याम्प शोको चौंथो श्रृङखला सुदिप्ता क्यान्सर सर्भाइभर र्याम्प शो शनिबार काठमाडौंमा सम्पन्न भएको छ।
क्यान्सरबारे जनचेतना फैलाउँदै बिरामीको मनोबल बढाउनका लागि आयोजना गरिएको चौंथो क्यान्सर सर्भाइभर र्याम्प शो सम्पन्न भएको हो । नेपाल क्यान्सर अस्पताल, नेपाल क्यान्सर सपोर्ट समूह, उपचारका लागि सहयोगी हातहरु तथा जनमैत्री अस्पतालको संयुक्त आयोजनामा गरिएको र्याम्प शो मा १०० जना भन्दा बढी क्यान्सर सर्भाइभर र्याम्पमा उत्रिएका थिए जसमा ३ वर्षका बालकदेखि ८५ वर्षका सर्भाइभरको सहभागिता रहेको थियो । समयमै उपचार गरे क्यान्सर निको हुन्छ यसको उपचार नेपालमै सम्भव छ र क्यान्सर भएपछि पनि सुन्दर जीवन छ भन्ने मुख्य सन्देशका साथ उक्त र्याम्प शो आयोजना गरिएको बताइन् शोकी परिकल्पनाकार स्वरुपा श्रेष्ठले ।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री तथा रास्वपाकी सांसद डा तोसिमा कार्की प्रमुख अतिथि रहेकी थिइन भने डा कार्की पनि सर्भाइभरसँगै र्याम्पमा हिंडेकी थिइन । यसैगरी समाजसेवी अनुराधा कोइराला, हिमानी ट्रस्टबाट दिलासा राज्य लक्ष्मी शाह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा क्यान्सर सर्भाइभरहरुले आ आफनो प्रस्तुती देखाएका थिए ।









नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड