राम्रो कमाइ हुने ‘ब्युटी पार्लर’ छोडेर क्यान्सर बिरामीको सेवामा लागेकी स्वरूपा

स्वरूपा श्रेष्ठ, आर्थिक रूपमा कमजोर क्यान्सर बिरामीका लागि परिचित नाम हाे। केही वर्ष अघिसम्म राम्रो आम्दानी हुने ब्युटी पार्लरमा रमाइरहेकी स्वरूपा अहिले भने क्यान्सर बिरामीको सेवामा रमाइरहेकी छिन्।
‘श्रीमान् क्यान्सर विशेषज्ञ भएर पनि होला मैले धेरै क्यान्सर बिरामीको आँसु नजिकबाट नियालेकी छु’, उनी भन्छिन्, ‘यो देख्दा साह्रै नरमाइलो लाग्थ्यो। यिनीहरूको आँसु कम गर्न पाए नि हुन्थ्यो भन्ने लागिरहन्थ्यो।’ त्यही सोच सार्थक पार्न अहिले सम्पूर्ण रूपमा यो क्षेत्रमा लागेको उनको भनाइ छ।
डाक्टर श्रीमानसँगै भारतको राजीव गान्धी अस्पतालमा केही समय बिताउँदा त्यहाँ धेरै नेपाली बिरामीको बिजोग देखिन् स्वरूपाले। त्यतिबेला नेपालमा क्यान्सरको सबै उपचार हुँदैनथ्यो। अहिले पो यहाँ दक्ष विशेषज्ञ छन, उपचार छ । त्यतिबेला बिरामीहरू भारत वा अन्य देश जान बाध्य थिए। त्यहाँ बिरामीका अवस्था देख्दा उनको मन साह्रै पोल्थ्यो। त्यतिवेला नै उनले क्यान्सरका बिरामीलाई सहयोग गर्ने अठोट लिएकी हुन्।
आजसम्म त क्यान्सरबारे धेरै भ्रम छ भने त्यसवेला क्यान्सर लागे मरिहालिन्छ भन्ने ‘हाउगुजी’ थियो। कतिपय बिरामी घरखेत बेचेर विदेश जान्थे। जाउआउ, उपचार कम खर्चिलो थिएन। बिरामी रोग र परिवार आर्थिक पीडा सहन बाध्य थिए।
विगतका दिन फर्केर हेर्छिन्, स्वरूपा। उनको पेशा नै फरक थियो। तर त्यसवेला पनि समाजसेवामा लाग्छु भन्ने सोच नआएको त होइन उनलाई। ‘तर अब मेरो बाटो ‘क्लियर’ छ, क्यान्सरबिरुद्धको अभियानसँगै बिरामीलाई सहयोग गर्ने’, उनी दोहोर्याउँछिन्।
तीन वर्षअघि नेपाल क्यान्सर हस्पिटल खुलेदेखि निर्देशक पदमा रहेकी स्वरूपाको भेट दैनिक रूपमा क्यान्सरका बिरामीसँग भेट हुन थाल्यो। यसले उनले बिरामीको सबै मर्का नजिकबाट नियाल्ने मौका पाइन्। ‘उनीहरूको पीडा देखेर धेरैपटक म रोएकी छु’, उनी भन्छिन्, ‘उनीहरूको पीडा नै क्यान्सरविरुद्धको मेरो अभियानको प्रेरणा बनिरहेको छ।’
स्वरूपा नेपाल क्यान्सर सहयोग समूहकी आजीवन सदस्य हुन्। समूह मार्फत नै उनी आर्थिक रूपमा कमजोर बिरामीका लागि ‘फन्ड रेज’ गर्दै रकम संकलन अभियानमा लागिरहेकी छिन्। उनको समूहले एक वर्षमै धेरै बिरामीको उपचारमा सहयोग गरिसेकेको छ। ‘क्यान्सर जोकोहीलाई पनि हुनसक्छ। तर यो रोगको उपचार नपाएर कोही पनि मर्नुहुँदैन’, उनी भन्छिन्, ‘त्यसैले यस्ता बिरामी, जोसँग पैसा छैन, त्यस्ता बिरामीलाई हामी खोजी खोजी ल्याएर उपचारमा ल्याएर सहयाेग गर्ने काेशिस गर्छौँ।
क्यान्सर रोगबारे जनचेतना कम भएका कारण पनि यो तेस्रो र चौथो स्टेजमा पत्ता लाग्छ। त्यति वेलासम्म जटिलता बढिसकेको हुन्छ। उपचार गर्दा पैसा पनि बढी लाग्छ। ‘त्यसैले हामीले उपचारमा सहयोग गर्ने मात्र होइन। क्यान्सरबारे विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौँ’, उनले भनिन्।
स्वरूपाकै संयोजकत्वमा क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर अस्पताल मिलेर नेपालमै पहिलोपटक ‘क्यान्सर सर्भाइभर र्याम्प सो’ गरियो, जसमा क्यान्सर निको भएका र उपचार गराइरहेकाहरू सहभागी थिए। सो गर्दा थुप्रै चुनौती आउने उनको भोगाइ छ। उनी भन्छिन्, ‘सो गर्ने त भनियो। तर कोही बाहिर आउनै नचाहने। शुरुमा दुई जना मात्रै सोमा सहभागी हुने देखिए। तर हामीले ‘कन्भिन्स’ गर्यौँ। पछि ३० जनालाई अगाडि राखेर कार्यक्रम गर्न सफल भयौँ।’
स्वरूपालाई त्यो सोले उत्साहित बनायो। त्यसपछि उनले बालबालिकाको क्यान्सरबारे पनि खुल्न जरुरी छ भन्ने अभियानमा लागिन्। बालबालिकाको पनि सो गरिन्। यसले बालबालिका क्यान्सर लागेपछि पनि स्वस्थ जीवन बिताउन सक्छन् र समाजमा घुलमिल हुन सक्छन भन्ने सन्देश दियो।
स्वरूपाको अभियान यतिमै के टुंगिन्थ्यो। प्रत्येक दिन केही न केही गरौं भन्ने लागिरहन्छ। त्यसैले कहिले बिरामीलाई हौसला दिने कार्यक्रम आयोजना गर्छिन्। कहिले ‘काउन्सिलिङ’ गर्न पुग्छिन्।
‘अब त पूरा जीवन क्यान्सर बिरामीलाई सहयोग गरेर बिताउने मन छ’, उनी भन्छिन्, ‘मैले गरेको सानो सहयोगले उनीहरूको आँखामा खुशी देखिन्छ भने मेरो जीवनको सार्थकता हो जस्तो लाग्छ। मनै प्रफुल्लित हुन्छ। आत्मसन्तुष्टि हुन्छ।’
विगतका दिन फर्केर हेर्छिन्, स्वरूपा। उनको पेशा नै फरक थियो। तर त्यसवेला पनि समाजसेवामा लाग्छु भन्ने सोच नआएको त होइन उनलाई। ‘तर अब मेरो बाटो ‘क्लियर’ छ, क्यान्सरबिरुद्धको अभियानसँगै बिरामीलाई सहयोग गर्ने’, उनी दोहोर्याउँछिन्।
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा
अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो