दुई पटकसम्म आत्महत्या प्रयास गरेका मातृका भन्छन्, मर्ने कसैलाई रहर हुँदैन

१५ वर्षको उमेरको कुरा! गाेरखाकाे अाँपपीपल गाविसमा घरनजिकै रहेकाे एक स्कुलमा कक्षा ९ मा पढ्थेँ। अचानक नरमाइलो लाग्न थाल्यो। विनाकारण रुन मन लाग्ने, कसैसँग खेल्न पनि मन नलाग्ने, एक्लै बस्न मन पर्ने हुन थाल्यो।
छोरालाई के भयो भनेर घरमा धामी झाँक्री ल्याएर उपचार गरे। तर पनि मेरो समस्या झनझन बढ्दै गयो । हात खुट्टा काम्ने लगायत समस्याले कमजोर हुँदै गएँ। आफैँलाई पनि मलाई के भएको होला भन्ने लाग्थ्यो। पढाइमा कमजोर हुँदै गएँ।
एकदिन ४० वर्ष कटेकी गाउँकै एक महिलाले मलाई ‘दाइ’ भनिन्। उनले त्यो भन्दा निकै रिस उठ्यो। सोचेँ म पन्ध्र वर्षकै उमेरमै ४० नाघेको देखिन थालेछु। आफ्नो अनुहार हेर्न पनि डर लाग्थ्यो। मलाई मानसिक रोगले गालिसकेको थियो। त्याे बेला कसरी हुन्छ अाफूलार्इ मेटाउन पाए हुन्थ्याे जस्ताे लाग्थ्याे। पाेखरी देख्दा हाम फालुँजस्ताे लाग्ने। धारिलाे हतियार देख्दा अाफैँलार्इ काटुँजस्ताे हुने। रूख देख्दा झुण्डिऊँजस्ताे हुने।
पछि थाहा भयाे म त गम्भीर प्रकारकाे ‘डिप्रेसन’काे शिकार भएकाे पाे रहेछु।
एसएलसी पास त भएँ। तर पढ्नै मन लाग्थेन। बिहान उठ्दा झन गाह्रो हुन्थ्यो। आफैँले आफैँलाई मार्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। बिहान धेरै गाह्रो हुन्थ्यो। पाेखरामा गएर आईएस्सी ‘ज्वइन’ गरेँ। फरेस्ट्री पढ्थेँ। केही महिना काम पनि गरेँ। तर झन् झन् नैराश्य बढ्दै गयो। २० वर्षको उमेरमा आएर पनि मलाई समस्या के भएको पनि थाहा थिएन। सोचेका सबै सपना चकनाचुर भए। पाेखरामा बस्न नसकेपछि पुन: गाउँ नै फर्किएँ।
झण्डै अाठ वर्ष घरभित्रै बसेँ। त्यही बेला औषधि हुन्छ रे भने सुनेँ। घरका मानिसले उपचार शुरु गरेछन् तर यसबारे कसैले पनि मसँग कुरा गरेनन्। मलाई के भएको होला भन्ने लाग्थ्यो तर कसैले भन्थेनन्। औषधि शुरु गरेपछि म फेरि स्कुल पढाउन पोखरा गएँ। त्यहाँ बिहान पढाउन पर्ने। मलाई निकै गाह्रो भयो। काममा मन पनि लागेन। ऋण लिएर घरखर्च चलिरहेको थियो। पढाउन नसक्ने भएँ।
घर फर्किनु पनि कसरी भन्ने भयो। दिक्क लाग्यो। ‘मरेपछि मलाई ढुक्क हुन्छ। आमाबुबालाई पनि सुुख हुन्छ’ जस्तो लाग्यो र मर्ने प्रयास गरेँ। अब म नबाँच्ने निर्णयमा पुगेँ। समय मिलाएर खाने गरेको औषधि एकैपटक १२ चक्की खाइदिएँ। अचेत भएपछि वरपरका मानिसले मलाई अस्पताल लगेछन्। तीन दिनपछि मात्र होश खुल्यो। किन बचाएको होला जस्तो पनि लाग्यो।
मलाई समाजले हेर्ने दृष्टिकोण नै फरक थियो। कतिले त ‘यसलार्इ मर्न दिएको भए पनि हुन्थ्यो’, भन्थे।
घर फर्केँ तर त्यहाँ पनि बस्न मन लागेन। रोग बिस्तारै निको हुँदै गयो। अाफूलार्इ समस्या परेपछि अाफन्त र छिमेकीहरू पनि चिनिने रहेछन्। मलार्इ यस्ताे समस्या भएकाे थाहा पाएपछि कतिले नाक खुम्च्याउँथे। काेहीचाहिँ अर्ती उपदेश दिन्थे तर मेराे पीडा सुन्नै चाहँदैनथे। बुझ्नै चाहँदैनथे। रोग पहिचान भएपछि ‘ए फलानोको त खुस्किएछ’ भन्दै खिल्ली उडाएकाे पनि भाेगेँ।
म यो बाँकी जीवन अब मानसिक स्वास्थ्यकै क्षेत्रमै समर्पण गर्न चाहन्छु। मलाई सम्झाउने बुझाउने कोही भएको भए मैले १५ वर्षसम्म यस्तो समस्याबाट गुज्रिनु पर्थेन। त्यसबेला केही थाहा भएन मेरो कुरा सुनिदिने कोही पनि भएन। त्यसै पनि मेरो यो दोस्रो जीवन हो। त्यसैले पनि कोशिसमार्फत मजस्ता धेरैलाई सहयोग गर्न पाऊँ भन्ने इच्छाले अघि बढिरहेको छु।
एकदिन काठमाडौं आएँ। काठमाडौं आएर सानोतिनो काम गरेर आमालाई पैसा पठाउन थालेँ। त्यसपछि अबचाहिँ म पृथ्वीको भार होइन भन्ने लाग्यो। र बिस्तारै आफू जस्तौ थुप्रै यस्ता बिरामीको लागि काम गर्नुपर्छ भनेर यसमा लाग्न थालेँ। काठमाडौंमा यस्ता काम गर्ने एनजीओहरू के के छन् भन्दै खोज्न थालेँ। बिस्तारै २०६५ सालतिर एउटा संस्था दर्ता गराएँ, जसको नाम राखेँ, कोशिस। त्यसपछि १९ वर्षको ‘ग्याप’मा स्नातक तहमा भर्ना भएँ।
म अहिले ४८ वर्षको भएँ। म यो बाँकी जीवन अब मानसिक स्वास्थ्यकै क्षेत्रमै समर्पण गर्न चाहन्छु। मलाई सम्झाउने बुझाउने कोही भएको भए मैले १५ वर्षसम्म यस्तो समस्याबाट गुज्रिनु पर्थेन। त्यसबेला केही थाहा भएन मेरो कुरा सुनिदिने कोही पनि भएन। त्यसै पनि मेरो यो दोस्रो जीवन हो। त्यसैले पनि कोशिसमार्फत मजस्ता धेरैलाई सहयोग गर्न पाऊँ भन्ने इच्छाले अघि बढिरहेको छु।
आत्महत्या रहरले गर्ने होइन यो त मानसिक रोगको परिणाम हो। यसबारे हामी सबैले बुझेर उनीहरुको समस्या हल गर्नेतर्फ लागौँ। आत्महत्या रोकथाम दिवस मनाइरहँदा म सम्पूर्णलाई सबैलाई यही सन्देश दिन्छु।
मानसिक स्वास्थ्य अभियन्ता मातृका देवकाेटासँग गरिएकाे कुराकानीमा अाधारित ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै