‘…आमा हाेलिन्, सासुले नि बुहारीलाई मिर्गाैला दिन्छन् कहीँ’
सासुकाे मिर्गाैला लिएर बाँचेकी शाेभा भन्छिन्, उहाँ आमा मात्र हाेइन भगवान् हाे

हाम्रो समाजमा सासुलाई आमापछिको आमा भनिन्छ। सासुले पनि बुहारीलाई छोरीकै रूपमा हुर्नुपर्छ भन्ने मान्यता छ। तर व्यवहारमा भने त्यस्तो पाइँदैन। केही परिवारलाई छोडेर हेर्ने हो भने हरेक परिवारमा सासुबुहारीबीच सम्बन्ध सुमधुर भएको पाइँदैन।
काठमाडौं लाजिम्पाटका धनमाया श्रेष्ठ (सासु) र शोभा श्रेष्ठ (बुहारी)मा समाजमा देखिएको यो व्यवहार लागू हुँदैन। ७० वर्षकी धनमाया र ४८ वर्षकी शोभाबीच २०६६ साल असार १७ गतेदेखि यो भन्दा नि ठूलो नाता जोडिएको छ, मिर्गौलाको नाता।
२० वर्षको उमेरदेखि मधुमेहपीडित शोभाको २०६६ सालमा मिर्गौलाले काम गर्न छोड्यो। त्यसबेला सबैभन्दा बढी चिन्तित भइन्, सासु धनमाया। चिकित्सकले बुहारी शोभाको मिर्गौला काम नलाग्ने भयो अब अर्को प्रत्यारोपण गर्नुपर्छ भने। मिर्गाैला दान गर्न पनि सबैभन्दा पहिले तयार भईन उनकी सासु धनमाया। त्यसबेला उमेरले ६० काटिसकेकी आमाले मिर्गौला दिन्छु भन्दा छोराले मानेनन्। तर आमाको बुहारीप्रतिको माया देखेर उनी पनि राजी भए।
सासुले पनि कहिँ बुहारीलाई मिर्गौला दिन्छन् त! आमा होला भन्थे।’ यस्तो घटना पहिलो भएर होला सायद। अस्पतालमा पनि कानेखुशी गरेको सुन्थिन्, धनमायाले। कोही भन्थे, ‘यस्ती बुढी मान्छेले पनि के बुहारीलाई मिर्गौला दान दिन लागेको होला!’ तर यसले उनलाई विचलित गराएन। उल्टो अझै दृढ भइन्।
‘बुहारी त बिरामी भइहाली’, त्यो बेलाको घटना सम्झिँदै धनमाया भन्छिन्, ‘छोराले मिर्गौला दान गर्दा ऊ पनि ओछ्यान बसेपछि घर परिवारको हालत के होला भन्ने सोचेँ।’ मिर्गौला दिन त तयार भइन् तर ‘टिस्यु म्याच’ गराउँदा मिल्छ की मिल्दैन हेरौँ भन्दा केही निराश भइन्, धनमाया। टिस्यु म्याच भएन भने के गर्ने होला?
‘त्यसबेला मेरो मिर्गौला बुहारीलाई दिएर बचाउन सकूँ भगवान् भनेर प्रार्थना समेत गरे’, उनले भनिन्, ‘सायद भगवानले मेरो कुरा सुने। मैले चाहेकै जस्तो भयो।’ उनको र बुहारीको क्रस म्याच गर्दा दिन मिल्ने भयो। दुःखैदुःखबीच त्यसबेला उनको खुशीको सीमा रहेन।
शोभाको माइतीमा आमाबुवा छैनन्। छ वर्षको उमेरमै आमा गुमाएकी। आमाको अनुहार नै सम्झना छैन उनलाई। ‘त्यसैले पनि यसको धेरै माया लाग्छ मलाई’ धनमायाले अनुहार हँसिलो पार्दै भनिन्, ‘बिहे गरेर आएदेखि म नै यसको आमा हो।’ मैले यसलाई बचाउन सकिन भने पाप लाग्छ भन्ने सोचेँ त्यसबेला।’
२०६६ साल असार १७ गते सासु धनमायाले मिर्गौला दान दिएर बुहारीलाई नयाँ जीवन दिइन्। शोभाले त्यो बेला सासुले नै मिर्गौला दिन्छु भन्दा आफूलाई निकै भाग्मानी ठानेको बताइन्। ‘यस्ता सासु कमैका हुन्छन्’, शोभाले भनिन् ‘मैले आमा गुमाए पनि सासुमै आमा पाएँ।
आमाको अनुहार समेत याद छैन शोभालाई। सासुले मिर्गौला नदिएको भए पुनर्जन्म पाउने थिइनन् उनले। ‘आमाले त जन्म मात्र दिनुभएको हो मलाई’, गहमा आँसु लुकाउँदै उनी भन्छिन्, ‘मेरो त आमा र भगवान् दुवै हो उहाँ।
धनमाया छोरी र बुहारी समान हुन् भन्छिन्। ‘म त बुढी भइसकेँ, डाँडामाथिको घाम भनेजस्तै’, उनले भनिन्, ‘सानो छोरा र परिवारका लागि ऊ बाँच्नुपर्छ भन्ने लाग्यो। त्यसैले कसैलाई एकपटक पनि सोधिनँ।’ बुहारीलाई मिर्गौला दिने विषयमा श्रीमानलाई समेत सोधिनन् रे उनले।
धनमायालाई बुहारीलाई जसरी पनि बचाउनुपर्छ भन्ने लाग्यो। मिर्गौला दिन तयार भइन्। अस्पताल बसाइका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले फकाएर बुढी मान्छेलाई मिर्गौला दिन लगाएको हो? भनेर सोध्थे। ‘डाक्टर बाबुले तपाईँलाई फकाएर मिर्गौला दान गर्न लगाएको हो आमा भनेर सोध्नु भयो’, उनले सम्झिन्, ‘मैले होइन, आफनै खुशीले आएको हो भनेँ।’
धेरैले त पत्याउँदै पत्याएनन्। ‘सासुले पनि कहिँ बुहारीलाई मिर्गौला दिन्छन् त! आमा होला भन्थे।’ यस्तो घटना पहिलो भएर होला सायद। अस्पतालमा पनि कानेखुशी गरेको सुन्थिन्, धनमायाले। कोही भन्थे, ‘यस्ती बुढी मान्छेले पनि के बुहारीलाई मिर्गौला दान दिन लागेको होला!’ तर यसले उनलाई विचलित गराएन। उल्टो अझै दृढ भइन्। उनको मस्तिष्कमा एउटै कुरा थियो, ‘मेरो परिवार समाल्ने उही नै हो। मरे मै नि मरुँला। ऊ बाँच्नुपर्छ।’
यति लामो जीवनमा उनले बुझेको कुरा, बुहारीलाई अर्काको छोरी हो भनेर हेलाँ गर्न हुँदैन। ‘हाम्रो छोरी पनि त अर्कोको घर गएका छन्। उनीहरुलाई सासुले नराम्रो गर्दा हामीलाई नि नराम्रो लाग्दैन त? त्यस्तै त हो नि!’ उनले भनिन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights