Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मास्कले निम्त्याउने छालासम्बन्धी समस्या र बच्ने उपाय

मास्कले निम्त्याउने छालासम्बन्धी समस्या र बच्ने उपाय

डा धर्मेन्द्र कर्ण

यतिबेला विश्व नै कोरोना भाइरसको संक्रमणका कारण त्रसित बनेको छ । नेपालमा पनि कोरोना भाइरसको संक्रमणका कारण १५ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २ लाख भन्दा बढी मानिस संक्रमणमा परिसकेका छन्। त्यसैले सरकारले नै यसबाट बच्नका लागि मास्कको प्रयोग, सामाजिक दूरी कायम गर्ने र हात धुने वा सेनिटाइजरको प्रयोग गर्न सबैलाई अनिवार्य जस्तै गरेको छ । त्यसैले पनि धेरैले यसको पालना समेत गरेको पाइन्छ । आज हामीले कोरोना संक्रमणबाट बच्नका लागि लगाइने मास्कको उचित प्रयोग नहुँदा यसले निम्त्याउने समस्याकाबारेमा चर्चा गर्न खोजेका छौं ।
त्यसो त कोरोना रोकथाम र नियन्त्रणका लागि मास्कको प्रयोग महत्वपूर्ण मानिन्छ । तर लगातार लामोसमयसम्म मास्कको प्रयोग गर्दा विभिन्न समस्याहरु पनि निम्तिरहेका हुन्छन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मास्क त लगाउनै पर्यो । तर यही मास्कको प्रयोगले अर्को समस्या आउन नदिनका लागि भने सतर्क चाहिं हुनैपर्छ ।पछिल्लो समय नियमित र लामो समसम्म मास्कको प्रयोगले धेरैको छालामा समस्या देखिन थालेको छ । विशेष गरेर स्वास्थ्यकर्मीमा यो समस्या अझ बढी छ । जसले लामोसमयसम्म मास्क खोल्न पाउँदैनन् । मास्कको प्रयोगसँगै अहिले हामीकहाँ अनुहारमा डण्डीफोर, एलर्जी र छाला रातो हुने समस्या लिएर आउनेको संख्या पनि बढेको छ । हाम्रो शरीरको सबैभन्दा बढी चिल्लो भाग नै अनुहार हो । सामान्यतया अनुहारमै डण्डीफोर, खटिरा बढी आउने गर्छ । त्यसमा पनि मास्कको उचित प्रयोग गर्न नजान्दा यसले अझ बढी समस्या निम्त्याएको पाइएको छ ।

मास्कले निम्त्याउने समस्या

मास्क लगाउँदा धेरैले छालामा टाइट गरेर लगाउने गरेको पाइन्छ । यसरी मास्क धेरै टाइट हुँदा छालामा यसको दाग बस्ने मात्र हैन त्यो भाग रातो हुने चिलाउने हुने गर्छ । त्यसैले मास्कको प्रयोग गर्दा धेरै कसिने गरी लगाउन हुँदैन्। अर्को कुरा यसरी मास्क लगाउँदा मास्क लगाएको मुख, नाक वरिपरी वाफिएर चिल्लो बढी हुने हुँदा यी भागमा डण्डीफोर आउने वा रातो हुने समस्या देखिन्छ ।

मास्कको छनौट गर्न नजान्दा पनि यसले मुख वरिपरी रातो हुने, चिलाउने, घाउ आउने, पोल्ने समस्या बढाएको छ । अर्कोतिर मास्कको प्रयोग गर्नुभन्दा अघि कस्मेटिक क्रिम लगाउने र तुरुन्त मास्क लगाउँदा पनि यसले झनै समस्या बढाएको पाइन्छ । कस्मेटिकले अझै बढी चिल्लोपना निकाल्ने र त्यो चिल्लो मास्क लगाएका कारण मुख वरिपरी मात्र थुप्रिदा यसले छालामा एक किसिमको फंगस पैदा गरेर समस्या गर्ने गर्छ । त्यसैगरी धेरै जनाले एउटै मास्कको प्रयोग धेरै दिनसम्म गरेको पनि पाइन्छ । यसो गर्नु पनि छालाको लागि हानिकारक हुन्छ ।

अनुहारको छाला त्यसै पनि बढी संवेदनशिल र नरम हुन्छ त्यसले गर्दा पनि ख्याल नगर्दा यहाँ बढी समस्या देखिन्छ । उता मास्कको डोरी धेरैले कानमा राख्ने गर्छन। यसरी मास्क कानमा अड्याउँदा कानको पछाडीको भाग रातो हुने सुन्निने र घाउ समेत हुने गरेको पाइएको छ । कतिपय बिरामीको त घाउ समेत भएर उपचारमा आउन थालेका छन्। यसका साथै मास्कको छनौट गर्न नजान्दा पनि यसले मुख वरिपरी रातो हुने, चिलाउने, घाउ आउने, पोल्ने समस्या बढाएको छ । अर्कोतिर मास्कको प्रयोग गर्नुभन्दा अघि कस्मेटिक क्रिम लगाउने र तुरुन्त मास्क लगाउँदा पनि यसले झनै समस्या बढाएको पाइन्छ । कस्मेटिकले अझै बढी चिल्लोपना निकाल्ने र त्यो चिल्लो मास्क लगाएका कारण मुख वरिपरी मात्र थुप्रिदा यसले छालामा एक किसिमको फंगस पैदा गरेर समस्या गर्ने गर्छ । त्यसैगरी धेरै जनाले एउटै मास्कको प्रयोग धेरै दिनसम्म गरेको पनि पाइन्छ । यसो गर्नु पनि छालाको लागि हानिकारक हुन्छ ।

कस्तो मास्क कसरी प्रयोग गर्ने ? 

अहिले बजारमा धेरै किसिमका मास्कहरु पाइन्छन्। सस्तोदेखि महंगोसम्म मास्कहरु छन्। तर हामीले के कुरा ख्याल गर्नुपर्छ भने मास्क हाम्रो शरीररको निकै संवेदनशलि भाग मुखमा लगाउने हो । त्यसैले यो किन्दा हामीले भित्री तह नरम र गुणस्तरीय भएको किन्नुपर्छ। यसको मतलब महंगो मास्क किन्नुपर्छ भनेको हैन। यदि भित्री सतह कडा छ भने यसले बारम्बार छालामा छोएर एलर्जी बनाउन सक्छ । यसैगरी गुणस्तरीय मास्क किनिसकेपछि यसको प्रयोग पनि उचित तरिकाले गर्नुपर्छ । आफनो अनुहारमा मिल्ने मास्क छनौट गर्नु पहिलो सावधानी हो । मास्क लगाउँदा ओठले मास्क छुनु हुँदैन । त्यसैगरी धेरै कसिने गरी मास्कको प्रयोग गर्दा पनि छालमा दाग बस्ने, घाउ हुने समस्या आउन सक्छ । त्यसका लागि ठिक्क टाइट हुनेगरी बाँध्नु राम्रो मानिन्छ । अर्को कुरा लामोसमयसम्म मास्क लगाउनुपर्ने हो भने कानमा अडकाउँदा अर्को समस्या हुन्छ । त्यसैले टाउकोको पछाडी डोरीले बानेको राम्रो । सर्जिकल मास्क हो भने यूज एण्ड थ्रो गरेको राम्रो । यदि अर्कोपटक लगाउने हो भने राम्ररी सफा पानीले धोएर घाममा सुकाएर थप एकपटकसम्म लगाउन सकिन्छ । कटनको मास्क भने धोएर सुकाएर लगाउन सकिन्छ ।

मास्क एकपटक लगाइसकेपछि बारम्बार यसलाई हातले छुने वा सार्ने गर्नु हुँदैन्। यसरी छुँदा हातमा हुने भाइरस भित्र जाने सम्भावना हुन्छ ।कस्मेटिक लगाएर तुरुन्त मास्क नलगाएकै राम्रो । यसरी मास्क लगाउँदा उल्टो समस्या निम्त्याउँछ । मोस्चराइजर लगाएर आधा घण्टा पछि भने लगाउन सकिन्छ । त्यसैले छालामा हुने समस्याबाट बच्न उच्च गुण्स्तरको र आफनो अनुहारमा मिल्ने मास्कको उचित तरिकाले प्रयोग गर्न जरुरी छ । यदि मास्कका कारण धेरै नै समस्या भएमा छालारोग विशेषज्ञसँग सल्लाह लिएर उपचार गर्दा राम्रो हुन्छ ।

(डा कर्ण छालारोग तथा सौन्दर्य विशेषज्ञ हुन्।) 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या