Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला रोग लाग्न नदिन के गर्ने ? यस्तो छ डा काफ्लेको सुझाव

मिर्गौला रोग लाग्न नदिन के गर्ने ? यस्तो छ डा काफ्लेको सुझाव

हेल्थ टिभी अनलाइन : मिर्गौला रोग निम्त्याउने कारणहरुमध्ये मधुमेह, उच्च रक्तचाप, मोटोपन, पेनकिलर औषधिको अत्यधिक प्रयोग सबैभन्दा पहिले आउँछन्। खराब जीवनशैली, अस्वस्थकर खानपान तथा तनाव पनि मिर्गौला बिगार्ने कारणहरूमा पर्छन ।

मिर्गौला रोग लागिसकेपछि ८० प्रतिशभन्दा बढी मिर्गौला खराब भएपछि मात्रै लक्षण देखापर्ने गरेको पाइन्छ । त्यसैले मिर्गौला रोगमा लक्षण देखिएपछि मात्र उपचार गरौंला भन्दा समस्या जटिल भइसकेको हुन्छ । त्यसबेला कि त जीवनभर डायलाइसिस वा मिर्गौला प्रत्यारोपण बाहेकको विकल्प नहुन सक्छ । त्यसैले मिर्गौलामा समस्या आउनै नदिन र आइहालेमा सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न केही उपायहरु हरेक व्यक्तिले अपनाउन सक्छन। ती उपायहरु यसप्रकार छन् ।

मिर्गौला बिग्रन नदिन के गर्ने त ?

-हरेक व्यक्तिले दिनको सुरुवात एक गिलास सफा पानी पिएर गर्ने ।
-दिनभरमा कम्तीमा पनि २ देखि ३ लिटरसम्म पिसाब हुने गरी पानी पिउने ।
-हरेक दिन १० हजार पाइला हिंडने ।
-समयमा सुत्ने र समयमै उठ्ने सकेसम्म राती नै सुत्ने ।
-बढी चिल्लो, बढी गुलियो तथा बढी नुनिलो खानेकुरा नखाने ।
-बढी तौल छ भने त्यसलाई घटाउने ।
-मधुमेह तथा उच्च रक्तचाप छ भने नियन्त्रणमा राख्ने ।
-हरियो सागसब्जी, फलफूल हरेक खानामा समावेश गर्ने ।
-धुम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
-जथाभावी पेनकिलर औषधिको प्रयोग नगर्ने ।
-केही लक्षण नदेखिए पनि कम्तीमा वर्षमा एक पटक मिर्गौला ठीक छ छैन् भनेर परीक्षण गर्ने ।

यदि हरेक व्यक्तिले यी उपाय अपनाउने हो भने धेरै हदसम्म मिर्गौला रोग लाग्नबाट जोगिन त सकिन्छ नै रोग लागेको भए पनि सुरुवात चरणमै पत्ता लाग्छ र उपचार गरेर निको हुन सकिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार