‘स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपूर्ण मानिन्छ’
ब्रेन स्ट्रोक अर्थात मस्तिष्कघात विश्वमै दोस्रो किलरका रुपमा देखा परेको छ । पहिलो नंबरमा कार्डियाक प्रब्लम अर्थात मुटुरोग त्यसमा पनि ह्दयघात पर्छ । हृदयघातपछि भने रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । विभिन्न अध्ययनहरु अनुसार विश्वमा एक करोड ५० लाख मानिसलाई स्ट्रोक हुन्छ भने ५० लाखको मृत्यु हुने गरेको छ । स्ट्रोककै कारण ५० लाखमा अपांगता हुन्छ भने ५० लाख मानिस मात्रै उपचारपछि निको हुन्छन् ।
स्ट्रोक भनेको ब्रेनमा रगतको नशा फुटेर अथवा बन्द भई त्यसबाट हुने समस्या हो । अझ सजिलो भाषामा भन्नुपर्दा । मुटुको अट्याक हार्टअट्याक भनेजस्तो स्ट्रोक भनेको ब्रेनमा हुने अट्याक हो । यो निकै जटिलता निम्त्याउने र मृत्यु नै गराउने डरलाग्दो रोगमा पर्छ ।
ब्रेन स्ट्रोक कति किसिमका हुन्छन् ?
स्ट्रोक पनि दुईथरीको हुन्छ। एउटा हेमोरेजिक र अर्को स्केमिक स्ट्रोक । हेमोरेजिक स्ट्रोक भनेको ब्रेनभित्र ब्लिडिङ हुने अवस्था हो । केही कारावश ब्रेनको नशा फुटेर यो समस्या देखिन्छ । ब्रेन भित्र ब्लिडिङ हुनेलाई हेमोरेजिक स्ट्रोक भनिन्छ। जुन सबै स्ट्रोकमध्ये १५ प्रतिशतमा हेमोरेजिक स्ट्रोक हुन्छ । यो हेमोरेजिक स्ट्रोक हुने कारणहरू चाहिँ उच्च रक्तचाप, एनोरिजम, ट्युमर बिल्डिङ आदि कारणले हुन्छ। यसैगरी स्केमिक स्ट्रोक धेरै जनामा हुने गर्छ । ८५ पचासी प्रतिशतमा यो स्केमिक स्ट्रोक हुने गरेको पाइन्छ ।
यसमा के हुन्छ भने ब्रेनमा जाने रगतको नशाहरू ब्रेनलाई सप्लाई गर्ने रगतको नशाहरू कुनै कारणबस ब्लक हुन्छ । ब्लक भएपछि त्यो सर्टेन ब्रेनको पार्टले काम गर्दैन अनि नगरेपछि मुख बाङ्गो हुने, हातखुट्टा नचल्ने, छारेरोग जस्तो लक्षण देखाउने, हिँड्नलाई गाह्रो हुने, डिजीनेस हुने बेहोश हुने जस्ता लक्षणहरु देखा पर्छ । यसको मुख्य कारणहरू मोटोपन कोलेस्टेरोल हाई, हाई ब्लडप्रेसर, धुम्रपान र मधुमेह प्रमुखमा पर्छन । यसैगरी उमेर ४० भन्दा माथिका उमेरका मान्छेलाई यो स्ट्रोक हुने सम्भावना धेरै हुन्छ । जति उमेर बढ्दै जान्छ ब्रेनमा जाने रगतको नशा पनि त्यति नै खुम्चिदै जान्छ । त्यसैले उमेर हुँदै गर्दा स्ट्रोक हुने जोखिम पनि बढ्दै जान्छ ।
स्ट्रोकको उपचारमा समय निकै महत्वपूर्ण मानिन्छ । ब्रेन स्ट्रोक हुनेबित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । स्ट्रोक हुँदा हरेक एक मिनेटको महत्व हुन्छ । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नशा मरेर प्यारालाइसिस भई अपांगताको जोखिम रहन्छ । स्ट्रोक भएको ४ देखि ६ घण्टाभित्र अस्पताल ल्याएर उपचार सुरु गरेमा धेरै क्षति हुनबाट जोगाउन सकिन्छ । यसको मतलब यदि अचानक मुख बांगियो, हात खुट्टा चलेन, बोलि लरखरायो भने स्ट्रोक भयो भनेर बुझ्नु पर्छ। तुरुन्त उपचारको खोजीमा जानुपर्छ ।
कस्ता व्यक्ति बढी जोखिममा ?
-बढी मोटा व्यक्ति
-कालेस्टरोल बढी भएका
-उच्च रक्तचाप भएका
-मधुमेह भएका
-मुटुको समस्या भएका
-बढी रातो मासु खाने व्यक्ति
-शारीरिक व्यायाम नगर्ने व्यक्ति
-परिवारमा कसैलाई स्ट्रोक भएका व्यक्ति
-जन्मिंदै रगतको नशा साँघुरो भएका व्यक्ति
-बढी तनाव लिने व्यक्ति
स्ट्रोक भइहालेमा सकेसम्म बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पुराउन आवश्यक हुन्छ । याद गर्नुपर्ने कुरा आफूले बिरामी लान लागेको अस्पतालमा स्ट्रोकको उपचार हुन्छ की हुँर्दैन भन्ने पहिल्यै एकिन गर्न जरुरी हुन्छ । त्यसपछि अस्पतालमा कुन प्रकारको स्ट्रोक हो त्यही अनुसार उपचार सुरु हुन्छ । प्यारालाइसिस नै भएको खण्डमा भने विभिन्न थेरापीहरु गराएर कम्तीमा पनि उनीहरुलाई आफनो नियमित कार्य आफै गर्न सक्ने अवस्थामा ल्याउन रिह्याब कार्यक्रममा राख्नुपर्छ ।
नेपालमा स्ट्रोकबारे जनचेतना कम भएकै कारण धेरैले ज्यान गुमाउने गरेका छन्। धेरैले अपांग बनी अरुको सहारामा बाँच्नुपर्ने अवस्था छ। यसबारे जनचेतना बढाउन सरकारले पनि केही कदम चाल्नैपर्छ। अन्य क्षेत्रमा जसरी सरकारले कार्यक्रम ल्याएको छ, स्ट्रोकका लागि जनचेतनामुलक कार्यक्रम नल्याएसम्म यसबाट हुने मृत्यु कम गर्न गाह्रो छ।
स्ट्रोकबाट बच्नको निम्ति जीवनशैली परिवर्तन गर्नुपर्दछ। धूमपान -मद्यपान गर्नु हुँदैन। नियमित शारीरिक कसरत गर्ने, मोटोपन घटाउने, उच्च रक्तचाप भएमा नियन्त्रणमा राख्ने गर्नुपर्छ । यसैगरी मधुेमह भएमा पनि नियन्त्रणमा राख्न सक्नुपर्छ । यसो गर्दा केही हदसम्म स्ट्रोकबाट बच्न सकिन्छ।
(वरिष्ठ न्युरो सर्जन प्राडा गोपाल रमण शर्मा नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् ।)




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य