सुर्तीजन्य पदार्थलाई आम्दानीको स्रोतको रुपमा हेरिनु भएन : सांसद बर्तौला
हेल्थ टिभी अनलाइन : नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको स्रोतको रुपमा हेर्न नहुने बताएका छन्।
ह्याम्स अस्पतालले शुक्रबार काठमाडौंमा आयोजना गरेको स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। बर्तौलाले धेरै जन धन क्षति पुराउने बस्तुलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
उनले धेरै देशहरुले प्रतिबन्ध लगाएको सुर्तीजन्य पदार्थ नेपालमा पनि बिस्तारै प्रतिबन्ध गर्नुपर्ने बताए । उनले भने, ‘यसलाई आम्दानीको स्रोत हो भनेर सोच्न भएन ।’





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?