Health TV Online
Health TV Online

सुर्तीजन्य पदार्थलाई आम्दानीको स्रोतको रुपमा हेरिनु भएन : सांसद बर्तौला

सुर्तीजन्य पदार्थलाई आम्दानीको स्रोतको रुपमा हेरिनु भएन : सांसद बर्तौला

हेल्थ टिभी अनलाइन : नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको स्रोतको रुपमा हेर्न नहुने बताएका छन्।

ह्याम्स अस्पतालले शुक्रबार काठमाडौंमा आयोजना गरेको स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। बर्तौलाले धेरै जन धन क्षति पुराउने बस्तुलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

उनले धेरै देशहरुले प्रतिबन्ध लगाएको सुर्तीजन्य पदार्थ नेपालमा पनि बिस्तारै प्रतिबन्ध गर्नुपर्ने बताए । उनले भने, ‘यसलाई आम्दानीको स्रोत हो भनेर सोच्न भएन ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार