स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन सम्पन्न, विभिन्न विधामा अवार्ड वितरण
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको दशौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिहरुको शिखर सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनको समापन समारोहमा आज १० विधामा अवार्ड वितरण गरिएको छ ।
समापन कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड प्रदान गरेका हुन्। सम्मेलनमा वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड पोष्टर तर्फ प्रतिक्षा पौडेलले पाएकी छिन्। यसैगरी वेष्ट पेपर प्रिजेन्टेसन अवार्ड ओरल तर्फ किरण आचार्यले पाएका छन्।
यसैगरी जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवार्ड २०२३ गंगा जिसीले पाएकी छिन् भने मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार चिकित्सकतर्फ डा गम्भीर श्रेष्ठले पाएका छन्। मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार परिषद् कर्मचारीतर्फ प्रदीप बेल्बासेले पाएका छन्।
यसैगरी योङ हेल्थ रिसर्चर अवार्ड सुनील श्रेष्ठले प्राप्त गरे भने हेल्थ रिसर्चर अवार्ड डा आलोक आत्रेयले पाएका छन्। यसपटक एचएचआरसीको वेस्ट सेक्सन अवार्ड इथिकल रिभ्यु इभ्यालुसन एण्ड मोनिटरिङ सेक्सनले पाएको छ।
यसैगरी एनएचआरसी बेष्ट परफर्मर अवार्ड परिषद्का लाइब्रेरी एण्ड इम्फरमेसन सेक्सन चिफ चन्द्र भुषण यादवले पाएका छन्। उता लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यसपटक डा मृगेन्द्रराज पाण्डेलाई प्रदान गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण