Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोनाकाे कहरमा डायलाइसिस गराउने बिरामी

कोरोनाकाे कहरमा डायलाइसिस गराउने बिरामी

डा. ऋषि कुमार काफ्ले

मिगौला बिग्रीसकेपछि बिरामीमा दुईवटा मात्र विकल्प हुन्छ । पहिलो मिर्गौला प्रतयारोपण गर्ने र अर्को डायलाइसिस गराइरहने । प्रत्यारोपण सबैभन्दा उत्तम उपाय भए पनि विभिन्न कारणले सबैले प्रत्यारोपण गर्न सक्दैनन्। त्यसैले उनीहरुले सातामा कम्तीमा दुईपटक डायलाइसिस गराउनुपर्छ ।

कोरोनाको कहर शुरु भएपछि भने डायलाइसिस गर्ने बिरामीलाई ठुलो समस्या पर्यो । एक त कोरोनाको डर त्यसमा सरकारले लकडाउन गरेपछि टाढा टाढाबाट डाइलाइसिस गराउनकै लागि अस्पतालमा आउने बिरामी मारमा परे । तर उनीहरुसँग डायलाइसिस बाहेककाे विकल्प नै हुँदैन, जति समस्या परे पनि गराउनैपर्छ अन्यथा जटिलता बढ्दै जान्छ, ज्यान नै जोखिममा हुन्छ । डायलाइसिस गर्न एक दिन पनि ढिला हुँदा बिरामीलाइ अप्ठेरो हुन शुरु गरिहाल्छ । त्यसैले पनि कोरोनाको कहरमा पनि डायलाइसिस सेवा बन्द भएन । बिरामीहरु पनि हिंडेरै अस्पतालसम्म आइपुगे । कतिपय आफन्तले साइकल, ठेलागाडामै भए पनि बिरामी ल्याएर आए । यही विचमा डायलाइसिसका लागि चाहिने कतिपय सामान अभाव देखिन थालेको थियो । पाए पनि अत्यन्त महंगो तिरेर मात्र पाइने भयो । तर हामीले जसोतसो गरेर बिरामीलाई दिने सेवा भने रोकेनौं । बिरामी मात्र हैन् हामी चिकित्सक एवं स्वास्थ्यकर्मी एवं अस्पतालका सबैमा मनोबैज्ञानिक त्रास अत्यन्त धेरै हुँदाहुँदै पनि सेवा रोक्न दिएनौं ।

शुरुमा एक जना बिरामीलाई जम्मा २ घण्टा मात्र डायलाइसिस गरायौं जबकी एकपटकमा ४ घण्टा मेशिनमा बस्नुपर्छ । यो हामीले बिरामीलाई बचाउन मात्र खोजेर काम गरेका थियौं । पछि बिस्तारै ३ घण्टा दियौं र अहिले त ४ घण्टा नै सेवा दिइरहेका छौं ।  तीन सिफ्टमै काम गरिरहेका छौं । मिर्गौालाका बिरामीको रोगसँग लड्ने क्षमता कम हुने भएकाले यदि उनीहरुमा कोरोना भाइरसले संक्रमण गरेमा जटिलता अत्यन्त बढी हुन्छ र मृत्युदर पनि बढी हुन्छ । त्यसैले पनि हामीले बिरामी आउँदादेखि नै उनीहरुको ज्वरो नाप्नेदेखि हात धुने ब्यवस्था सम्म गरेका छौं । डायलाइसिस गर्ने बिरामी र अन्य बिरामी हिंड्ने बाटो एउटै भएकाले हामीले यो संवेदनशिलतालाई हेर्दै अझै ओपीडी सेवा शुरु गरेका छैनौं ।

शुरु शुरुमा त कोरोना भाइरस आफैमा नयाँ भएकाले पनि हामीलाई पनि निकै डर लागिरहेको थियो । के हुने हो, कसरी व्यवस्थापन गर्ने भन्ने वारेमा । लकडाउन शुरु भएको एक सातासम्म हामीमा मनोबैज्ञानिक त्रास धेरै नै भयो । त्यसपछि भने विस्तारै बानी पर्दै गयो । पहिलो कुरा त बिरामीलाई जसरी पनि सेवा दिनु थियो । अर्को कुरा बिरामीलाई कोरोना भाइरसको महामारीबाट बचाउनु पनि थियो। कोरोना कसरी सर्छ भन्नेमै धेरै कुराहरु बाहिर आइरहेका थिए । त्यसैले पनि हामी बढी चिन्तित थियौं । बिरामी आएपछि सेवा दिनै पर्र्छ । तर त्यही एक जना बिरामीलाई कोरोना संक्रमण देखियो भने फेरी अन्य बिरामीलाई जोगाउन गाह्रो हुुन्ट भन्ने हामीलाई थाहा थियो । त्यही अनुसार व्यवस्थापन गर्दै गयौं ।

शुरुमा एक जना बिरामीलाई जम्मा २ घण्टा मात्र डायलाइसिस गरायौं जबकी एकपटकमा ४ घण्टा मेशिनमा बस्नुपर्छ । यो हामीले बिरामीलाई बचाउन मात्र खोजेर काम गरेका थियौं । पछि बिस्तारै ३ घण्टा दियौं र अहिले त ४ घण्टा नै सेवा दिइरहेका छौं ।  तीन सिफ्टमै काम गरिरहेका छौं । मिर्गौालाका बिरामीको रोगसँग लड्ने क्षमता कम हुने भएकाले यदि उनीहरुमा कोरोना भाइरसले संक्रमण गरेमा जटिलता अत्यन्त बढी हुन्छ र मृत्युदर पनि बढी हुन्छ । त्यसैले पनि हामीले बिरामी आउँदादेखि नै उनीहरुको ज्वरो नाप्नेदेखि हात धुने ब्यवस्था सम्म गरेका छौं । डायलाइसिस गर्ने बिरामी र अन्य बिरामी हिंड्ने बाटो एउटै भएकाले हामीले यो संवेदनशिलतालाई हेर्दै अझै ओपीडी सेवा शुरु गरेका छैनौं ।

यो बिचमा मिर्गौला प्रत्यारोपण सेवा रोकिएकाे छ, जसले गर्दा उनीहरु पनि डायलाइसिसमा आउनुपर्यो । त्यसैले पहिले भन्दा डायलाइसिस गर्ने बिरामी बढी भए । तर यातायात चल्न नसक्दा यो बेला धेरै बिरामीले दुख पाएका छन्।  डायलाइसिस सेवा यस्तो सेवा हो जुन बिरामीले एक दिन पनि पाएन भने उसको स्वास्थ्यमा जटिलता पैदा गरेर तुरुन्तै मृत्यु हुनसक्छ । त्यसैले हामी यस विषयमा सिरियस थियौं र अहिले पनि छौं ।

डा. काफ्ले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या