कोरोना भाइरसबाट बच्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने तर्फ लागौं

कोरोना भाइरसबाट बच्न शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने तर्फ लागौं

डा. मनोज ढकाल

विश्वभरका मानिस यतिबेला कोरोना महामारीका कारण त्रसित बनेका छन्। कोरोनका कारण ज्यान गुमाउनेको संख्या तीन लाख २४ हजार बढी पुगिसकेको छ । ४९ लाख बढी मानिस कोरोना भाइरसबाट संक्रमित बनेका छन्। सबैभन्दा बढी विकसित देशहरुलाई यसले असर गरेको पाइन्छ । नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ । यो लेख तयार पार्दासम्म ४०२ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।

विश्वभर धेरै देशले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेका छन्। नेपालमा पनि चैत ११ देखि देशभर लकडाउन छ । दुई महिनादेखि लकडाउन हुँदा यसको असर चौतर्फी पर्न थालेको छ । आखिर लकडाउन कहिलेसम्म त ? के लकडाउन मात्र भाइरसबाट जोगिने उपाय हो ? विश्वभरका वैज्ञानिकले यस विरुद्धको खोपका लागि काम गरिरहेका छन्। तर अहिलेसम्म नत कुनै खोप बनेको छ न त ओषधि नै । त्यसैले जबसम्म यसको औषधि वा खोप बन्दैन तबसम्म यो सखाप भएर जान्छ जस्तो लाग्दैन । अनि कहिलेसम्म लकडाउन गरिरहने ? ४ महिना ? ६ महिना वा १ वर्ष ? निकै गाह्रो पश्न छ । दुई महिना बन्द हुँदा त हजारौं दैनिक काम गरेर गुजारा चलाउनेहरु भोक भोकै पर्न थालेका छन्। यो लकडाउन लम्बिदा धेरैले भोकका कारण ज्यान गुमाउने सम्भावना बढ्ने पक्का छ । भाइरस सजिलै मासिने जात हैन यसले वातावरण अनुकुल हुँदा वित्तिकै फेरी फेरी पनि आक्रमण गर्न सक्छ । जबसम्म यसको औषधि बन्दैन । आँखाले देखिने लामखुट्टे त हामीले निमूल पार्न सक्दैनौं भने यो त कसरी सकौंला ।

त्यसैले यसबाट भाग्ने भन्दा पनि लड्न तिर लाग्नु उत्तम होला । जब हाम्रो शरीमा केही संकट आउँछ आफनो रक्षाका लागि शरीरले दुई तरिकाले रेस्पोन्स गर्छ । यदि लड्न योग्छ भने लड्छ भाग्ने बेलामा भाग्छ । यो शरीरले गर्ने प्रतिक्रिया हो । जस्तो केही तातो छुँदा हात एक्कासी निकाल्न पुग्छौ। यो भनेको शरीको फ्लाइट रेस्पोन्स हो । त्यसैगरी कसैले हान्दा एक्कासी रोक्न पुग्छौं त्यो फाइट रेस्पोन्स हो ।अहिले विश्वले र नेपालले अपनाएको लकडाउन फलाइट रेस्पोन्स जस्तै हो। हामीहरु कोरोनासँग भागेको अवस्था हो जो अहिलेसम्मको लागि एक मत्र उपयोगी प्रतिक्रिया पनि हो। तर यो लामो समय सम्म सम्भव छैन, एकदिन लड्नै पर्छ ।

अब लड्ने कसरी त लड्नको लागि कसरी तयार हुने त?  के चिकित्सक र बैज्ञानिक मात्र लडेर हुन्छ त अब हामी स्वयं यसको बिरुद्ध लड्नको लागि तयार हुन जरुरी छ। कोरोनाले जोकोहीलाई संक्रमण गरे पनि यसको मृत्यु दरको तथ्यांक हेर्ने हो भने उमेर पुगेका, मुटु रोगी, दम रोगी,  सुगर रोगी वा अन्य जसको प्रतिरोधात्मक शक्ति कम भएका नै छ्न।

त्यसैले धेरैको ज्यान कोरोनाले भन्दा पनि पहिलेदेखिका दीर्घ रोगले नै लगेको हुनसक्छ । कोरोना त एउटा ट्रिगर कारक मात्र बन्न पुग्यो। बलेको आगो मा घियु थपेको जस्तै हो। कोरोना आफै शक्तिशाली भाइरस हैन  कोरोना एक्लैले ज्यान कमै लगेको छ। यो त अरु रोगसँग मिलेर मात्र खतरा भएको हो।

जसको प्रतिरक्षा प्रणाली राम्रो छ उनीहरु बिना कुनै औषधि सेवन ठिक भएर घर फर्केका छन भने कति पोजेटिभ अत्मबल कम्जोर भएर डर को करण ले नै धेरै को ज्यान जने अवस्था सृजना भएको छ।यसले के प्रष्ट देखाउँछ भने प्रतिरक्षा प्रणाली नै कोरोनासाग बच्ने सबै भन्दा ठुलो ढाल हो। अब हामी सबै जना प्रतिरक्षा प्रणाली बलियो बनाएर र बुढा आमाबुबा र रोगीहरु लाई हेर बिचार गरेर कोरोना मात्र होइन सबै रोगसँग लड्न तयार हुनु पर्छ ।

कसरी बढाउने त प्रतिरक्षा प्रणाली ?
आज म प्रतिरक्षा प्रणाली किन कमजोर हुन्छ र कमजोर भएका लाई कसरी बलियो बनाउन सकिन्छ त्यो वारेमा कुरा गर्दैछु। प्रतिरक्षा प्रणाली नै एक यस्तो एउटा वरदान हो । जसले मानव शरीरलाई रोगसँग लड्न मद्धत गर्छ। यदि यो नै कमजोर भए जति उपचार गरे पनि कुनै रोग निको हुदैन औषधिले नि त्यतिबेला काम गर्छ जति खेर प्रतिरक्षा प्रणाली राम्रो हुन्छ। त्यसैले यो बुझ्न् जरुरी छ कि वास्तवमा  हामी किन ठिक भयौं। प्रतिरक्षा प्रणाली नै एउटा यस्तो हिलर हो जो हाम्रो शरीर भित्र छ । प्रतिरक्षा प्रणाली नै एउटा ठुलो उपचार पद्धति हो। बाहिरी कुनै उपचार पद्धतिले त केही समयको लागि बचाउने हो जब सम्म तापाईको प्रतिरक्षा प्रणालीले अलिकति नि काम गर्छ त्यतिखेर सम्म । त्यसकारण आफ्नै शरीरमा भएको प्रतिरक्षा प्रणालीलाई हेलचेक्र्याइँ नगरी यस्लाई बलियो बनाउन लाग्नुस कमजोर होईन । त्यसैले स्वस्थ जीवन जिउन छ भने त्यस्ता कुनै काम नगर्नुस जसले प्रतिरक्षा प्रणाली कमजोर गर्छ।

किन प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ?
विलासी जीवन,निद्रा कम हुनु, तनावमा रहनु, शारीरिक व्यायाममा ध्यान नदिनस, अस्वस्थ जीवनशैली अपनाउनु जस्ता कारणले शरीरको प्रतिरोधात्मक क्षमता कमजोर बन्छ । शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन सानो छँदा देखि नै ख्याल गर्नुपर्ने हुन्छ ।  भिटामिन डी को कमी हुन नदिन घाममा बस्ने, पौष्टिक खानेकुरा खाने, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, शारीरिक अभ्यास गर्ने, योग प्रणायाममा ध्यान दिने र सातामा एक दिन उपवास गर्ने सकारात्मक सोचाइ राख्ने जस्ता कार्य गर्दा शरीरको रोग प्रतिरक्षा बढाउन मद्दत मिल्छ ।

डा. ढकाल योग तथा प्राकृतिक चिकित्सक हुन्।

थप समाचार