Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकसँग कस्तो व्यवहार गर्ने?

चिकित्सकसँग कस्तो व्यवहार गर्ने?

हामी आफ्नो चिकित्सक कि त कसैको सिफारिसमा नभए टीभी वा पत्रिकामा पढेको आधारमा छान्ने गर्छौँ। धेरै बिरामीलाई आफ्नो चिकित्सकका बारेमा केही थाहा नै हुँदैन। त्यसो गर्नु राम्रो होइन। हामीले चिकित्सक कसलाई बनाउने भन्दा अगावै चिकित्सक को हो, उसको योग्यता कति छ र के विषयमा दक्षता हासिल गरेको छ भन्ने कुरा जान्ने प्रयास गर्नुपर्छ। एकपटक निर्णय गरिसकेपछि चिकित्सक फेर्न हुँदैन। किनभने नियमित परीक्षण गरिरहेको चिकित्सकमा तपाईँको स्वास्थ्यप्रति जिम्मेवारी बढी बोध हुन्छ।

तपाईँप्रति चिकित्सकको भूमिका अहिलेको गतिशील विश्व त्यसमाथि आजका सञ्चार माध्यमको कारणले गर्दा रोग लाग्नासाथ विशेषज्ञ कहाँ जाने वा निजको सल्लाह लिने बानी हामीलाई लागेको छ। त्यो उचित होइन। यी सवालमा पारिवारिक चिकित्सकको ठूलो भूमिका हुन्छ। तपाईँलाई यिनीहरूले धेरै लामो समयदेखि उपचार गरिराखेको हुँदा तपाईँको पारिवारिक इतिहासको जानकारी यिनीहरूलाई बढी हुन्छ। त्यसैले यिनीहरूले तपाईँको जाँचपछि कुन विशेषज्ञकहाँ जानु उचित हुन्छ भनी अरुले भन्दा राम्रो सल्लाह दिन सक्छन्। राम्रो पारिवारिक चिकित्सक पहिल्याउन सक्नुभयो भने तपाईँलाई विशेषज्ञहरूका बारेमा जानकारी राखिराख्न जरुरत छैन।

आफ्नो रोगका बारेमा जानकारी राख्नुहोस्

आफ्नो रोगबारेमा तपाईँलाई राम्रो ज्ञान हुनुपर्छ। यसमा झिँजो मान्नु वा लाज मान्नुपर्ने कुरै छैन। त्यसैले आफ्नो रोगका बारेमा जानकारी लिनुहोस् र त्यसलाई स्वीकार गर्नुहोस्। उच्च रक्तचाप मधुमेह अथवा मुटुको रोग जस्ता रोगहरूलाई पूरै निको पार्ने उपचार नै छैन। यसो भए पनि तपाईँ यसलाई नियन्त्रण गरेर गुणात्मक जिन्दगी बिताउन सफल हुन भने सक्नुहुन्छ। सञ्चारमाध्यम साथीहरू अथवा नातेदारबाट रोगबारेमा धेरै जानकारी लिन खोज्नु राम्रो होइन।

यसो नगर्नुहोस्

तपाईँको चिकित्सकलाई तपाईँको रोगका बारेमा राम्रो जानकारी हुन्छ र तिनीहरू तपाईँमा उठेका शङ्का वा उपशङ्का निवारण गर्न खुसी हुन्छन्। चिकित्सकलाई कसरी भेट्ने चिकित्सकलाई जाँच गराइसकेपछि अब अर्कोपटक कहिले आउने भनी सोध्नुपर्छ। नयाँ समस्या वा लक्षण कुनै नदेखिए पनि चिकित्ककहाँ बेलाबेलामा गएर जाँच गराउनु उपयुक्त हुन्छ। टेलिफोन ईमेल मोबाइल वा मेसेजमध्ये कुन माध्यमबाट सम्पर्क राख्न सहज हुन्छ भनी आफ्नो चिकित्सकसँग सोध्नुहोस्। फोनमा कुरा गर्दा तपाईँको चिकित्सकले तपाईँको स्वास्थ्यको पूरा जानकारी राखेको हुन्छ भन्ने कुराको आशा नराख्नुहोस्।

भोजभतेर वा फोनबाट स्वास्थयबारे सल्लाह मागे बानी नगर्नोस्। सानो गल्तीले पनि तपाईँको स्वास्थयमा ठूलो खतरा पुरयाउन सक्छ। यदि सञ्चो नभएको जस्तो लाग्नासाथ आफ्ना सबै कागजपत्र र औषधि लिएर अस्पतालको आकस्मिक कक्षमा जाने गर्नुहोस्। आफूले प्रयोग वा खाने गरेको औषधिबारे जानकारी राख्ने जोकोहीले पनि आफूले प्रयोग गरेको औषधि के हो त्यसको मात्रा कति हो यसले के काम गर्छ र यसको प्रतिक्रिया के छ भनी जानकारी राख्नु अति नै जरुरी छ।

मुटु मधुमेह र उच्च रक्तचापजस्तो रोगका बिरामीलाई दिइने औषधिहरू जीवनपर्यन्तका लागि हुन्न। त्यसैले यी औषधिका बारेमा ज्ञान हुनु जरुरी छ। यी औषधि चिकित्सकको सल्लाहबिना रोक्न पनि हुँदैन बदल्न पनि हुँदैन। यदि चिकित्सकलाई समयमा भेट्ने सकिएन तर औषधि सिद्धिएको अवस्था छ भने तुरुन्त त्यो औषधीको आपूर्ति गरिहाल्नुपर्छ। औषधिको आपूर्ति गरिहाल्नुपर्छ। औषधि किन्न चिकित्सकले लेखिदिएको पर्ची साथमा हुनु जरुरी छ।

हाम्रो यहाँ औषधि किन्न वा बेच्न पर्ची हुनै पर्छ भन्ने कडा नियम छैन। त्यसैले हामी औषधि पसलमा बिना पर्ची पुग्ने गर्छौँ। यसो गर्दा गलत औषधि पर्ने समभावना हुन्छ। चिकित्सकलाई भेटेको बेलामा आफनो औषधिको बारेमा सोधपुछ गरिराख्नु पनि उचित हुन्छ। किनभने उपचार गर्ने चिकित्सकले तपाईँले प्रयोग गरिराख्नुभएको औषधिका बारेमा सही जानकारी राख्नु जरुरी छ।

पारिवारिक वा स्थानीय चिकित्सक यदि कसैलाई आफू बसेको ठाँउबाट पर गएर औषधि उपचार गराउनुपर्ने स्थिति आएमा त्यस्ता व्यक्तिहरूले आफ्नो स्थानीय चिकित्सक वा पारिवारिक चिकित्सकलाई त्यो स्थितिका बारेमा जानकारी गराइराख्नु एकदम जरुरी हुन्छ। किनभने आकस्मिक वा अपर्झट परेको बेलामा ती चिकित्सकहरूको सहायता चाहिन्छ। उनीहरूलाई आफूले हाल उपचार गराइराखेको चिकित्सक वा अस्पतालको सम्पर्क नम्बर दिएमा तिनीहरूले आवश्यक परेको बेला तपाईँको स्वास्थ स्थिीतिको जानकारी लिन वा छलफल गर्न सक्छन्। आर्थिक अवस्था दुर्भाग्यवस अहिले उपचार गराउन ज्यादै नै महंगो भएको छ।

आफ्नो आर्थिक क्षमताका बारेमा उपचार गर्ने चिकित्सकलाई भन्न लाज मान्नु हुँदैन। तपाईको चिकित्सकले तपाईलाई उपचारको सस्तो विधि वा सस्तोमा उपचार उपलब्ध हुन सक्ने सरकारी अस्पतालको बारेमा मार्गनिर्देशन गर्ने सम्भावना रहन्छ।

यदि आर्थिक स्रोत कम छ भने धेरै महंगो वा काम नलाग्ने चिजहरू छोड्न सकिन्छ। के दोस्रो रायको जरुरत हुन्छ। यदि कसैलाई चिकित्सकले चिरफार गर्नुपर्छ भन्यो भने त्यो बिरामी र उसका परिवारलाई डर लाग्नु स्वाभाविकै हो। कहिलेकाँही कसैलाई आफूलाई जाँच्ने चिकित्सक नै चित नबुझ्ने पनि हुन सकछ। यस्तो दुवै परिस्थिितिमा आफूलाई लागेका कुरा आफ्नो चिकित्सकलाई स्पष्ट भन्नुपर्छ। साथै उसैसित अर्को चिकित्सकका बारेमा राय लिए हुन्छ। दोस्रो राय लिनु एकदम राम्रो कुरा हो किनभने आफ्नो शरीर हो।

त्यसैले आफू पूर्ण सन्तुष्ट हुनुपर्छ। तर अर्को चिकित्सक छान्दा त्यो पहिलेको भन्दा कमको हुनु हुँदैन भन्ने कुराको हेक्का राख्नुपर्छ। साथै यसरी दोस्रो चिकित्सक छान्दा आफूलाई मनपर्ने गरी चिकित्सक रोज्ने हाम्रो बानी छ भन्न पनि बिर्सन हुदैन। दोस्रो चिकित्सकसँग राय लिएमा आफू ढुक्क होइन्छ। तर धेरैको लिन खोजेमा त्यसले अलमलमा पार्न सक्छ र पाइहाल्नुपर्ने अत्यावश्यक उपचारमा ढिलाइ हुन सक्छ।

स्वस्थ जीवनशैली स्वस्थ मुटुबाट

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या