Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

किन चिसिँदैछ चिकित्सक र बिरामीबीचकाे सम्बन्ध?

किन चिसिँदैछ चिकित्सक र बिरामीबीचकाे सम्बन्ध?

नेपालमा केही समययता अस्पताल र चिकित्सक तथा बिरामी र तिनको आफन्तबीचको सम्बन्ध बिग्रिएको देखिएको छ। वास्तवमा बिरामी र डाक्टरको सम्बन्ध सुमधुर हुनुपर्ने हो। यी दुवैको सम्बन्ध नङ र मासु जस्तो हुन्छ। हुनुपर्छ। किनभने यी दुईको सम्बन्ध बिरामीको जीवन मरणसँग जोडिएको हुन्छ।

अचेल चिकित्सकमाथिको हिंसा बढेको छ, बिरामीको आफन्तबाट वा अन्यत्रबाट। प्रत्येक साताजस्तो एउटा न एउटा घटना भइराखेकै हुन्छ। आफूले उपचार गरिरहेको बिरामीलाई नराम्रो गरौँ भन्ने कुनै पनि चिकित्सकको सोच हुँदैन। उपचार कर्म, चिकित्सकको पेशागत धर्म। यो उसको प्रतिष्ठासँग पनि जोडिएको हुन्छ।

कुनै पनि चिकित्सकले आफ्नो बिरामीलाई बचाउन हरतरहले प्रयास गरिरहेकै हुन्छ। अन्तिम समयसम्मे प्रयास गरिरहेको हुन्छ। कतिपय अवस्थामा बिरामीलाई बचाउन सकिँदैन। बिरामी बच्न नसक्नुमा एउटा मात्र कारण हुँदैन। बिरामीलाई तलमाथि पर्नेबित्तिकै उनीहरूमाथि खनिने क्रम शुरु भइहाल्छ। कुरा बुझ्ने भन्दा पनि अस्पतालमा हुलदंगा गर्ने, नाराबाजी गर्ने र विभिन्न माग राखेर अस्पतालको काममा अवरोध पुर्याउने चलन बढेको छ।

मृतकका परिवार र आफन्त त पीडामा रहेका हुन्छन्। उनीहरूबाट सायद यस्ता क्रियाकलाप नहोलान्। हुलदंगा गर्न कहाँबाट को आइपुग्छन्, यो अनुसन्धानको विषय हुनुपर्छ। बिरामीको मृत्यु हुँदा मात्र होइन अरुवेला पनि चिकित्सक वा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुने क्रम बढिरहेको छ।

बिरामीका परिवारमा कस्तो मानसिकता विकसित हुँदै गएको पाउँछु भने, ‘मैले पैसा तिरेको छु भने मैले भनेजस्तो किन नहुने! मैले सोधेका कुराको जवाफ किन नदिने? किन मेरो बिरामीको हेरचाहमा मात्रै संलग्न भइनरहने!’ यस्ता सोचका कारण नेपालमा काम गर्ने हरेक चिकित्सक जोखिममै रहेका हुन्छन्। उपचारका सिलसिलामा के हुने हो? कहाँबाट बिपत्ति आइलाग्ने हो?

कुनै पनि चिकित्सकले आफ्नो बिरामीलाई बचाउन हरतरहले प्रयास गरिरहेकै हुन्छ। अन्तिम समयसम्मे प्रयास गरिरहेको हुन्छ। कतिपय अवस्थामा बिरामीलाई बचाउन सकिँदैन। बिरामी बच्न नसक्नुमा एउटा मात्र कारण हुँदैन। बिरामीलाई तलमाथि पर्नेबित्तिकै उनीहरूमाथि खनिने क्रम शुरु भइहाल्छ। कुरा बुझ्ने भन्दा पनि अस्पतालमा हुलदंगा गर्ने, नाराबाजी गर्ने र विभिन्न माग राखेर अस्पतालको काममा अवरोध पुर्याउने चलन बढेको छ।

बिरामीका लागि दिनरात नभनी खट्ने हामी चिकित्सक स्वास्थ्यकर्मी पब्लिकबाट मात्र होइन सरकारबाट पनि मारमा परेका छौँ। एमबीबीएसको तुलनामा पीजी सिट तीन गुणा कम छ, जसले गर्दा सयौं एमबीबीएस डाक्टरले पीजी गर्न पाएका छैनन्। साथै अहिलेको तलब, सुविधा जीवनयापन गर्नै कठिन हुने किसिमको छ। अरुको ज्यान जोगाउन भएभरको शक्ति प्रयोग गर्ने हामी आफैँ गम्भीर बिरामी भयौँ भने के गर्ने? सामाजिक सुरक्षा र बिमाको व्यवस्था छैन।

प्राइभेट अस्पतालको तुलनामा सरकारीमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको संख्या एकदमै कम छ। नेपालमा अहिले १४ सयको संख्यामा सरकारी चिकित्सक रहेको जाहेरै छ। बिरामीको अनुपातमा चिकित्सक नर्सको अनुपात नमिल्दा उपचारमा समस्या आइहाल्छ नै। भनेको वेलामा पुग्न नसक्ने, एउटैलाई धेरै समय दिन नसक्ने र एउटै बिरामीका आफन्तलाई बारम्बार जवाफ दिइरहन नसक्ने त भइहाल्छ नै।

हप्तामा लगभग १०० घण्टा काम गर्नुपर्ने स्थिति छ। चिकित्सक नर्स पनि मान्छे नै हुन्। उनीहरूमा पनि अरु मानिसमा झै मानवीय गुण हुन्छन्। उनीहरूलाई पनि आराम चाहिएला। उनीहरूलाई पनि बिरामी र उनका आफन्तले गरेको व्यवहारले झर्को लाग्दो होला। सर्वसाधारणले यो कुरा सोचिदिए हुन्थ्यो।

अर्को कुरा मिडिया पनि कतिपय सन्दर्भमा कुरै नबुझी हामीमाथि खनिने गरेका छन्। ‘चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु’, मार्काका समाचारले भ्रम सिर्जना गरिरहेको छ। सर्वसाधारण ठान्छन्, मिडियामा जे आउँछ, त्यो नै सत्य हो। त्यसैले दुवै पक्षको कुरा सुनेर ‘ब्यालेन्स’मा समाचार लेखिदिए हुन्थ्यो भन्ने लाग्छ।

अन्त्यमा, हामी चिकित्सकहरू पनि एक हुन नसकेको पक्कै हो। हामी विभिन्न गुटमा बँधिएका छौँ। एकले अर्काको खुट्टा तान्ने काममा अभ्यस्त छौँ। यसले पनि अविश्वासको वातावरण बनाउन सहयोग गरिरहेको छ। याेसँगै हामी चिकित्सक पनि अपडेट हुनु जरूरी हुन्छ । यदि चिकित्सक र बिरामीबिच सुमधुर सम्बन्ध भएन भने जतिसुकै कानून ल्याएर पनि केही हुँदैन।

डा. खरालले गत साता ‘सुरक्षित पेशा, खुशी चिकित्सक´अभियान शुरू गरिएकाे कार्यक्रममा दिएकाे प्रस्तुतिकाे सम्पादित अंश:

थप समाचार

आइभीएफबारे ७ भ्रम र यथार्थ

आइभीएफबारे ७ भ्रम र यथार्थ

के हो अटिजम ?

के हो अटिजम ?

मधुमेह रोग र दाँतको समस्या

मधुमेह रोग र दाँतको समस्या