Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा रुपक भारी भन्छन् -‘मधुमेह हुँदैमा भात खान हुँदैन भन्ने होइन्’

डा रुपक भारी भन्छन् -‘मधुमेह हुँदैमा भात खान हुँदैन भन्ने होइन्’

मधुमेह रोगलाई लिएर बिरामीहरुमा निकै नै भ्रम रहेको पाइन्छ । विशेष गरी खानेकुरामा यो खान हुन्छ वा यो खानेकुरा खान हुँदैन भन्ने निकै भ्रम रहेको पाइन्छ । आफूखुशी मुख बार्ने बिरामीको संख्या पनि निकै ठूलो छ । त्यसैगरी बिरामीले खानेकुराको सन्तुलन मिलाउन नसक्दा सुगर नियन्त्रणमा आउन नसकेर थप जटिलता निम्तिने गरेको पाइन्छ । यही विषयमा हेल्थ टिभी अनलाइनले आरुस लाइफस्टाइल अस्पतालका मधुमेह रोग विशेषज्ञ डा रुपक भारीसँग कुराकानी गरेको छ । डा भारीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

मधुमेह रोग के हो ?  कस्ता व्यक्तिलाई यो रोगको जोखिम हुन्छ ?

मधुमेह मानिसको शरीरको रगतमा सुगर अर्थात चिनीको मात्रा बढी भएर हुने रोग हो । यो कतिपय अवस्थामा वंशाणुगत कारणले त कतिपय अवस्थामा हामीले अपनाउने अस्वस्थकर जीवनशैली तथा वातावरणका कारण हुनसक्छ । धेरै हदसम्म यसका लागि हामी आफै जिम्मेवार पनि हुन सक्छौं । कस्ता व्यक्ति मधुमेहको जाेखिममा हुन्छन भने, जो व्यक्ति बढी मोटो छ अर्थात तौल धेरै छ, जसले शारीरिक अभ्यास गर्दैन, जसले खानेकुरामा ध्यान दिंदैन त्यस्ता व्यक्ति मधुमेहको उच्च जोखिममा हुन्छन्। त्यसैगरी कतिपयलाई वंशाणुगत रुपमा पनि मधुमेह हुनसक्छ । परिवारमा कसैलाई मधुमेह छ भने अन्य सदस्यलाई हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता व्यक्ति सुरूदेखि बढी सतर्क हुनुपर्छ ।

गुलियो धेरै खानेलाई मधुमेह रोग लाग्ने हो ?

गुलियो धेरै खाँदैमा मुधेमह रोग लागिहाल्छ भन्ने होइन । गुलियो कुरा खाँदै नखानेलाई पनि मधुमेह रोग लाग्न सक्छ । यहाँ हामीले के बुझ्न जरुरी छ भने हामीले खाएको हरेक खानेकुरा शरीरमा पुगेपछि सुगर अर्थात ग्लुकोजमा परिणत हुने हो । यो भनेको शरीरको इन्धन हो । यसलाई शरीरमा विभिन्न अंगमा पुराउने काम हाम्रो शरीरकाे इन्सुलिनले गर्छ । तर कहिलेकाहीं यही इन्सुलिनले सही रुपमा काम गर्न नसक्दा शरीरमा जम्मा भएको सुगरलाई यसले सबै अंगमा पुराउन सक्दैन जसले गर्दा आवश्यक भएको स्थानमा सुगर पुग्दैन रगतमै सुगर थुप्रिन पुग्छ । जसले गर्दा हामीलाई चाहिने इन्धनको कमी हुन्छ र समस्याहरु देखिन थाल्छन । त्यसैले गुलिया कुरा खानेलाई मात्र सुगर रोग लाग्छ भन्नु गलत बुझाई हो । यो जोकाेहीलाई पनि हुनसक्छ । यो चिनी वा गुलियो खाएर लाग्ने रोग होइन। हामीले खाएको खानेकुरा सही ठाउँमा जान नसकेर खेर गएको हो।

मधुमेह नियन्त्रणका उपाय के के हुन्?

हेर्नुस, मधुमेह भइसकेपछि यसलाई नियन्त्रण गर्नुको अर्को विकल्प छैन। किनभने यसलाई नियन्त्रण गरिएन भने यसले अन्य अंगहरु मुटु, मिर्गौला, आँखा, नशा जस्ता महत्वपूर्ण अंगमा क्षति पुराएर जटिल बनाइदिन्छ । त्यसैले यसको नियन्त्रण औषधिले मात्र सम्भव छैन । त्यसका लागि चिकित्सकको सल्लाह बमोजिम नियमित औषधिको सेवन, खानपानको व्यवस्थापन, शारीरिक अभ्यास र तनावमुक्त हुन जरुरी हुन्छ । यी सबै कुरा अपनाए मात्र मधुमेह नियन्त्रणमा आउन सक्छ । मैले औषधि त खाएकै छु नि भनेर खानामा जे पायो त्यही खान थालियो भने सुगर नियन्त्रण गर्न सकिंदैन । यसैगरी शारीरिक रुपमा सक्रिय नहुने हो भने पनि सुगर नियन्त्रण गर्न गाह्रो हुन्छ । यसमा बिरामी स्वयंको हात बढी हुन्छ यसलाई नियन्त्रण गर्नका लागि । बिरामी अल्छी भइदिने हो भने सुगर नियन्त्रण गर्न सकिंदैन्।

मधुमेहका बिरामीले भात मात्र हैन् कुनै पनि खाना बार्नु पर्दैन । परिवारका अन्य सदस्यले जस्तै भान्सामा जे पाक्छ त्यो खान मिल्छ । छुट्टै भान्सा गर्न पर्दैन्। कुरा यत्ति हो की मधुमेह भइसकेपछि एकैपटक कुनै पनि खानेकुरा पेटभरी अर्थात धेरै मात्रामा खान मिल्दैन । थोरै थोरै सबै खानेकुराको मात्रा मिलाएर पटक पटक गरेर खान मिल्छ ।

मधुमेहका बिरामीले भात खान हुँदैन भन्ने गरेको सुनिन्छ नि ?

मधुमेहका बिरामीले भात मात्र हैन् कुनै पनि खाना बार्नु पर्दैन । परिवारका अन्य सदस्यले जस्तै भान्सामा जे पाक्छ त्यो खान मिल्छ । कुरा यत्ति हो की मधुमेह भइसकेपछि एकैपटक कुनै पनि खानेकुरा पेटभरी अर्थात धेरै मात्रामा खान मिल्दैन । थोरै थोरै सबै खानेकुराको मात्रा मिलाएर खान मिल्छ । धेरैले भात खान हुँदैन, आलु, पिंडाुलु खान हुँदैन भन्दै हिंडेको पाइन्छ । मधुमेहका बिरामीले पनि भात खान मिल्छ तर थोरै मात्रामा भात त्योसँगै साग, दाल, हरियो सलाद मिसाएर खान सक्छन्। त्यसैगरी आलु खान मन लागेमा भात कम गरेर थोरै आलु राखेर पनि खान सकिन्छ । यो हैन की मधुमेह भयो अब सबै खानेकुरा बार्न पर्छ । हो अरु व्यक्तिले पनि रक्सी, चुरोट, बट्टामा राखिएका गुलिया जुस, विभिन्न परिकारका बजारमा राखिएका बढी गुलिया मिठाई सकेसम्म नखाएको राम्रो हो । त्यो खानेकुरा मधुमेहका बिरामीलाई पनि हामी नखान सल्लाह दिन्छौं । प्राकृतिक रुपमा पाइने खानेकुरा जे खाँदा पनि हुन्छ। दाल, भात, तरकारी, दूध, दही, मोही, माछा, मासु, सागसब्जी, फलफूल जे खाए पनि हुन्छ।

मधुमेहका बिरामीका लागि सुगर फ्रि खानेकुरा राखिएका हुन्छन नि ? के भन्नुहुन्छ ?

सुगर फ्रि भन्ने खानेकुरा नै हुँदैन । कसरी सुगर फ्रि हुन्छ । हामीले के बुभ्mन पर्छ भने हामीले जे खाए पनि हाम्रो शरीरमा गएर बन्ने भनेको सुगर नै हो । त्यसैले यस्तो हल्लाको पछि लाग्न हुँदैन । सुगर फ्रि बिस्कुट, सुगर फ्रि चामल, सुगर फ्रि फलफूल भन्दै व्यापारीहरुले उपभोक्तालाई झुक्याइरहेका मात्र हुन्। हामी कुनै पनि सुगर फ्रि खानेकुराको पछि नलागी घरमा जे छ अरुले जे खान्छन् सो मात्रा मिलाएर खान मिल्छ । फलफूलको हकमा पनि दिनमा एउटा फलफूल खान सकिन्छ । जुस नखाएर फल नै खाएको राम्रो हुन्छ । कहिलेकाहीं मिठाई खान मन लागेमा एउटा सम्म मिठाइ पनि खान मिल्छ तर मिठाई खाएको दिन भातको मात्रा कम गर्न भुल्न हुँदैन । त्यसैले मधुमेह नियन्त्रणका लागि हामी आफै चनाखो हुँदै हल्लाको पछि लाग्न छोड्न जरुरी छ ।

 

 

 

थप समाचार