सुन्दरतामा अझै निखारता ल्याउने उपचार पद्धति हो ‘एस्थेटिक विधा’

सुन्दरतामा अझै निखारता ल्याउने उपचार पद्धति हो ‘एस्थेटिक विधा’

हेल्थ टिभी अनलाइन : सुन्दर बन्ने रहर सबैलाई हुन्छ । हाम्रा कयौं अंगहरु जसलाई उपचार र हेरचाहबाट अझ निखारता ल्याई सुन्दर बनाउन सकिन्छ । यही क्रममा सुन्दर बनाउने विधा एस्थेटिक मेडिसिन के हो यस अन्तर्गत केके सेवाहरु पर्छन भन्ने विषयमा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा प्रगति थापासँग हेल्थ टिभी अनलाइनकी सिम्पल आचार्यले गरेको कुराकानी :

एस्थेटिक मेडिसिन भनेको के हो ?

एस्थेटिक मेडिसिन भन्नाले धेरै खालका ट्रिटमेन्ट मोडालिटीबाट बन्ने प्रक्रिया हो जुनमा हाम्रो छालामा भएका विभिन्न समस्यहरू जस्तै छाउरीपना, चायाँ, पोतो, डण्डीफोरको दाग धब्बा, आदि जस्ता कुरालाई मिनिमल इन्भेशिभ प्रक्रियाद्धारा मुहारमा निखारता लिएर आउन सकिन्छ। यो प्रक्रियाद्वारा शरीरमा भएको कोठी, जन्मजात दाग, स्ट्रेच माक्र्स शरीरमा रहेको नचाहिने बोसो,रौँहरु पनि हटाउन सकिन्छ। प्राय आफ्नो मुहारमा भएका समस्याहरू देखि आत्मबल हराएका मानिसमा एस्थेटिक मेडिसिनले ठूलो भूमिका निर्वाह गर्न सक्छ । यसले मानिसहरूमा‌ हराइसकेको आत्मबललाई फिर्ता ल्याएर उनीहरूलाई नयाँ स्वरूप दिन मद्त गर्दछ।

सो सेवाभित्र यसभित्र के के पर्दछन ?

यसभित्र पर्ने मुख्य सेवाहरू भनेको लेजर हेयर रिमुभल, लेजर ट्रिटमेन्टको माध्यम बाट डण्डीफोरको दाग, विभिन्न दुर्घटना वा चोटपटक बाट बसेको दागलाई समेत हटाइन्छ। यसैगरी बोटोक्स, हाइड्रो फेसियल, केमिकल पिलिङ, पीआरपी थेरापी, डर्मा रोलर आदि जस्ता सेवाहरू पनि लिन सकिन्छ।यसैगरी चोटपटकबाट लागेका दागहरु र ठूला ठूला खतहरु पनि यही उपचार विधिबाट हटाउन सकिन्छ । त्यसैले यो सुन्दर बनाउन त गरिन्छ नै उपचारमा पनि प्रयोग हुन्छ ।

यसको महत्व र माग कस्तो छ नेपालमा ?

विगत‌का केही वर्ष यता यसको माग बढ्दै गएको पाइन्छ । अहिलेका मानिसहरू आफ्नो छाला सम्बन्धी समस्यालाई लिएर अत्यन्तै सचेत हुन थालेको पाइएको छ। मानिसहरूमा अहिलेको समयमा हुने कामको तनाव, अस्वस्थ खानपान, अपुग निद्रा, भागदौडको जिन्दगीले अप्रत्यक्ष रूपमा छालामा असर गरिरहेको हुन्छ। त्यसैले यसको महत्व अत्यन्तै बढ्दै गइरहेको छ।

नेपालमा यो सेवा कतिको सस्तो छ ?

सबै मानिसहरूको स्थितिलाई बुझेर नै यो सेवा सुचारु गरेका छौं । प्राइभेट अस्पताल सुन्ने बित्तिकै मानिसहरूको सोच एकदम महंगो हुन्छ भन्ने रहेको पाइन्छ तर होइन । यो एकदमै अफोर्डेबल रहेका छ। त्यसैले सबै जनाले यो सेवा लिन आउन सक्नुहुन्छ । अहिले ह्याम्स अस्पतालको २५औ वार्षिकोत्सव चलिरहेको हुँदा केहि प्रतिशत छुट समेत यहाँहरूले पाउन सक्नुहन्छ। यो सेवा सेसन अनुसार गर्नुपर्ने हुन्छ। सोही कारण यो सेवा लिँदा प्याकेजमा लिनु भयो भने अझ सस्तो पर्न जान्छ। त्यसै प्याकेजमा सेवा लिन सुझाव दिन्छौं । यही सेवा विदेशमा असाध्यै महंगो हुन्छ । त्यसैले धेरै जना विदेशमा बस्नेहरु नेपाल आएका बेला यो सेवा लिएर जान्छन्।

नेपालमा कस्तो खालको समस्याका लागि चाँहि सेवा लिन धेरै आउँछन् ?

विशेषगरी अत्यन्त बढी मात्रामा आउने भनेको डण्डीफोरको दाग, चायाँपोतो, कोठीहरू हटाउन हो। त्यसै गरी अहिले बढी मात्रामा आउने भनेको लेजर हेयर रिमुभलको लागि पनि हो । अनावश्यक रुपमा शरीरमा हुने रौँ हरूको झन्झटबाट छुटकारा पाउन यो सेवा लिन आउने गरेको पाइन्छ। त्यसैगरी बोटक्सको लागि पनि प्राय मानिसहरू आउनुहुन्छ र अन्य सेवाहरूको लागि पनि आउने गरेको पाइन्छ।

अन्य अस्पताल भन्दा यहाँ यो सेवा फरक छ की ?  वा केही विशेष छ की ?

सबैको सहजतालाई मध्यनजर गर्दै हामीले छुट्टै विभाग सञ्चालनमा ल्याएका छौँ । अहिले कोभिडको महामारीका कारण कतिपय मानिसहरू अस्पतालभित्र जान डराउनु हुन्छ, त्यसमाथि छालाको समस्या लिएर। त्यस कारण उहाँहरुलाई बिना कुनै डर निर्धक्क भएर आउनुका लागि छुट्टै, विभाग बनाएका हौं । जहाँ अन्य मानिससँग सम्पर्क नै हुँदैन्। । त्यसैगरी हामी कहाँ नयाँ मेसिनहरू लिएर आएका छौं जस्तै पीको लेजर, डायोड लेजर, हाइड्रो फेसियलको मेसिन सबै नयाँ प्रविधिका मेसिनहरू छन्। सबै तिर बुझेर सबैको समस्यालाई समेटेर सुरु गरेको हुँदा यो अफोर्डेबल त छ नै प्रविधिले पनि हामी सुविधासम्पन्न छौं । अहिले ह्याम्स अस्पतालको २५औ वार्षिकोत्सव चालिरहेको हुदाँ सुविधा लिदा केही प्रतिशत छुट पनि पाउन सक्नुहुन्छ।

याे विधाकाे भविष्य कस्ताे देख्नु हुन्छ ?

मानिसहरुमा आफ्ना लुक्स र शरीरलाई लिएर अत्यन्तै सचेतना बुढीरहेको समय छ। यो कुरालाई हेर्ने हो भने यसको भविष्य अत्यन्तै ब्राइट छ । अहिले नेपालमै पनि कैयौ संख्यामा स्किन क्लिनिकहरू खुलिरहेका छन्। पहिले पहिले कुनै एउटा समस्यालाई लिएर मानिसहरू बाहिर जानुपर्देथ्यो भने अहिले सहजै सबै सुविधाहरु यहि उपलब्ध हुन्छन् । आफूपनि एउटा एस्थेटिसियन भएको हिसाबले पनि सो क्षेत्रको भविष्य अत्यन्तै उज्जवल रहने देखेको छु। र विशेष गरी युवा जमात यसमा आकर्षित भएको पाइन्छ ।

अन्त्यमा यो सेवा लिन हिच्किचाउनु भएकोलाई के भन्नुहुन्छ ?

हाम्रो उद्देश्य भनेको नै सबैलाई सुपथ मुल्यमा गुण्स्तर सेवा दिने हो। जो कोही पनि आफ्नो सौन्दर्यमा निखारता ल्याएर आफ्नो आत्मबल बढाउन चाहनुहुन्छ, उहाँहरूलाई यो सेवा सुविधा निर्धक्क भई लिनुहोस भन्न चाहन्छु। प्राइभेट भन्दैमा हामी महँगो छैनौ । त्यसेल हामीकहाँ आउँनुस्, बुभ्नुहोस र आफूलाई चाहिने सुविधा लिनुहोस भन्न चाहन्छु ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार