Health TV Online
Health TV Online

डा अनुप भन्छन्, कोरोनाको भयावह स्थिती आउनै बाँकी छ, यो त शुरुवात मात्र हो !

अब हामी सबैले आफू सुरक्षित छु र अरु सबै संक्रमित हुन भनेर सोच्नुपर्छ

डा अनुप भन्छन्, कोरोनाको भयावह स्थिती आउनै बाँकी छ, यो त शुरुवात मात्र हो !

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले कोरोनाका बिरामी र कोरोना आशंकामा परीक्षण गराउन आउनेको भिडभाड छ। त्यही भिडलाई परामर्श दिंदै र संक्रमितको उपचारमा संलग्न हुँदै आएका छन् सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला । डा बास्तोला कोरोनाको पहिलो संक्रमित जब माघ ९ गते पुष्टि भयो त्यसबेलादेखि नै संक्रमितको उपचारमा खटिएका छन्। उनै सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलासँग कोरोना उपचार र अहिलेको  अवस्थाकाबारेमा हेल्थ टिभी अनलाइनले गरेको कुराकानी : 

अहिलेको कोरोनाको अवस्थालाई कसरी हेर्नुभएको छ ?
अहिले काठमाडौं उपत्यका लगायतका स्थानमा कोरोना संक्रमित हरु बढिरहेका छन्। त्यसैले पनि मानिसहरु अलि बढी आत्तिएको होकी भन्ने लागेको छ । तर अहिले नै कोरोना बढेको भन्न मिल्दैन यो त शुरुवात मात्र हो अझै यसको फैलिने रुप आउनै बाँकी छ । मतलब यो संख्या यति मै सकिंदैन अब भने हामीले छुट्टै रणनितीका साथ काम गरेनौं भने संक्रमितलाई सम्हाल्न मात्र हैन हेर्दाहेर्दै बचाउन पनि नसक्ने दिन आउन सक्छ । तर अझै पनि व्यवस्थापनको धेरै काम गर्न भने सकिन्छ सबैको साथ महत्वपूर्ण छ ।

सबै कोरोना संक्रमितको उपचार गर्न विकसित देश अमेरिका, यूरोपले त सकेका छैनन् । कति संक्रमित उपचार नै नपाएर घरमै मृत्युवरण गर्न बाध्य छन् भने हामीले पनि संक्रमितलाई उपचार गर्न सक्दैनौं। हाम्रो अस्पतालको सेट अप, आइसीयू, भेन्टिलेटर अहिले भइरहेका दीर्घ बिरामीलाई त नपुग्ने अवस्थामा छन भने कोरोना संक्रमित सबैलाई  अस्पतालमा राखेर उपचार गर्न सक्ने औकात हामीसँग छैन्। यो सबैले बुझ्नैपर्छ । यही नै सत्य हो । उदाहरणका लागि काठमाडौं उपत्यकामा १ लाख मानिसलाई संक्रमण भयो र ती मध्ये १ हजारलाई अस्पताल राखेर अक्सिजन दिएर उपचार गर्न पर्यो भने पनि हामी सक्दैनौं यो हाम्रो तितो सत्य हो । त्यसैले हामीले संक्रमण भएपछि उपचार गर्ने हैन संक्रमण नै हुन नदिन रोकथाममा ध्यान दिन जरुरी छ । शुरुदेखि हामीले भन्दै आएको पनि त्यही हो।

भन्नुको मतलब संक्रमितको संख्या अझै बढ्छ ?
संक्रमित त बढ्छन् नै । लकडाउन अघि भारतबाट लुकीछिपी आएकाहरुले कोरोना लिएर आए । जसले गर्दा तराईका समूदायमा कोरोना पस्यो । अझै पनि भारतमा रोजगारी गुमाएर वा कामको कटौती भएर वा डरका कारण नेपाल भित्रिनेको संख्या अत्यधिक छ । उनीहरु सबै नियम पुर्वक नाकाबाट आएर क्वारेन्टाइनमा बसेका छैनन्। कतिपय अवैध बाटोबाट आइरहेका छन् । तिनीहरुले पनि कोरोना ल्याएका हुनसक्छन्। अर्को कुरा हामी आफैले पनि कुनै नियम नमानी खुलेयाम हिंडिरहेका छौं । तराईमा फैलिएको कोरोना अब लकडाउन खुलेपछि बिस्तारै मानिसको आवतजावतसँगै काठमाडौं उपत्यका छिरेको छ । लकडाउन खुलेपछि हेर्ने हो भने धेरै जना तराईका विभिन्न जिल्लाबाट आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुमा नै संक्रमण बढी देखिएको छ । त्यसैले हामी आफू अनुशासित नहुँदाको परिणाम कोरोना समुदायसम्म पुगेको हो । यो संख्या अब अझै बढ्ने संकेत देखिएको छ । जाडो याममा भाइरस बढी सक्रिय हुने भएकाले जाडो मौसममा बढी जोखिम छ ।

सरकारले सबै कोरोना संक्रमितको उपचार गर्न सक्छ त ?
त्यो त सम्भव नै छैन्। सबै कोरोना संक्रमितको उपचार गर्न विकसित देश अमेरिका, यूरोपले त सकेका छैनन् । कति संक्रमित उपचार नै नपाएर घरमै मृत्युवरण गर्न बाध्य छन् भने हामीले पनि संक्रमितलाई उपचार गर्न सक्दैनौं। हाम्रो अस्पतालको सेट अप, आइसीयू, भेन्टिलेटर अहिले भइरहेका दीर्घ बिरामीलाई त नपुग्ने अवस्थामा छ भने कोरोना संक्रमित सबैलाई  अस्पतालमा राखेर उपचार गर्न सक्ने औकात हामीसँग छैन्। यो सबैले बुझ्नैपर्छ । यही नै सत्य हो । उदाहरणका लागि काठमाडौं उपत्यकामा १ लाख मानिसलाई संक्रमण भयो र ती मध्ये १ हजारलाई अस्पताल राखेर अक्सिजन दिएर उपचार गर्न पर्यो भने पनि हामी सक्दैनौं यो हाम्रो तितो सत्य हो । त्यसैले हामीले संक्रमण भएपछि उपचार गर्ने हैन संक्रमण नै हुन नदिन रोकथाममा ध्यान दिन जरुरी छ । शुरुदेखि हामीले भन्दै आएको पनि त्यही हो।

सबैले आफू सुरक्षित छु र अरु सबै संक्रमित हुन भनेर व्यवहार गरेर दूरी कायम गर्न सिक्नुपर्छ । यसो गरिएन भने कोरोना भुसको आगो झै सबैतिर फैलिने वाला छ । हामी सबैले संक्रमण भइसकेपछिको दुख कष्ट र उपचार नपाउने सम्भावना छ भनेर सावधानी अपनाउँ । हामीले रोकथाममै ध्यान दिने हो रोग लागेपछिको अवस्था भने हाम्रो हातमा छैन्। त्यसैले सबै सचेत बनौँ र कोरोनालाई जितौँ ।

अब सरकारले के गर्न पर्छ र सर्वसाधारणले के गर्ने ?
कोरोना महामारीका लागि सरकारले आफनो लेबलबाट काम गरिरहेको छ । तर हामी नागरिकले पनि केही त सहयोग गर्नुपर्यो नि । लकडाउन सधैंको लागि उपाय हैन् । यसले धेरैलाई सडकमा ल्याउँछ । केही समय रोग नियन्त्रण गर्नका लागि र तयारीका लागि हो । यो बेला सरकारका तर्फबाट धेरै नै तयारी हुनुपर्दथ्यो तर प्रयाप्त हुन सकेन । अझै पनि काम गर्न सकिन्छ ।

पहिलो कुरा सरकारले नराम्रो अवस्थामा हामीसँग यति बिरामी हुनसक्छन भनेर त्यसका लागि अस्पताल सेटअप, अक्सिजन, आइसीयू बेड, भेन्टिलेटरको व्यवस्था गर्नुपर्छ । त्यही अनुसार दक्ष जनशक्ति पनि चाहियो । यो बेला स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै उनीहरुलाई परिचालन गर्ने तयारी गर्नुपर्छ । नागरिको तर्फबाट कुृरा गर्ने हो भने नागरिक अब आफै सचेत हुनुपर्छ । बिना काम घरबाट लुखुर लुखुर हिड्न भएन । अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, हात धोइरहने गर्न जरुरी छ । सबैले आफू सुरक्षित छु र अरु सबै संक्रमित हुन भनेर व्यवहार गरेर दूरी कायम गर्न सिक्नुपर्छ । यसो गरिएन भने कोरोना भुसको आगो झै सबैतिर फैलिने वाला छ । हामी सबैले संक्रमण भइसकेपछिको दुख कष्ट र उपचार नपाउने सम्भावना छ भनेर सावधानी अपनाउँ । हामीले रोकथाममै ध्यान दिने हो रोग लागेपछिको अवस्था भने हाम्रो हातमा छैन्। त्यसैले सबै सचेत बनौँ र कोरोनालाई जितौँ ।

थप समाचार