सचिव हुने बेलामा नै मलाई रोक्ने प्रयास गरिएकै हो, त्याे अहिले पनि जारी छ…

डा.पुष्पा चौधरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव भएर आएको १० महिना भइसकेको छ। यहाँसम्म अाइपुग्दा महिला भएकै कारण उनले के कस्ता चुनाैती भाेग्नुपर्याे? उनले मन्त्रालय सम्हालेपछि के कति काम भए? साथै मुलुक संघीयतामा गइसकेकाे सन्दर्भमा मन्त्रालयले कसरी काम गरिरहेकाे छ भन्ने विषयमा उनै चाैधरीसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–
मन्त्रालयमा तपाईँलाई कडा सचिव भन्छन् नि?
हो म कडा नै छु। मलाई झुटको खेती गरेको मन पर्दैन। म चित्त नबुझेको कुरा अगाडि नै भन्छु। यी कुरा धेरैलाई मन परेको छैन। त्यसैले पनि यस्ता कुरा बाहिर आउँछन्। नियमसंगत काम गर्दा कडा हुनुपर्दो रहेछ। म आउनुभन्दा पहिले जसले लाभ लिइरहेका थिए। उनीहरू अहिले हतोत्साही भएका छन् त्यसैले पनि उनीहरु नै मेरो विरुद्धमा ‘अन्ट सन्ट’ बोल्दै हिडेका छन्।
म अलि कम बोल्छु। सबै काम नियममा हुनुपर्छ भन्छु। प्रक्रिया नुपुर्याई ल्याएको एउटै फाइल मैले पाँच पटकसम्म फर्काएकी पनि छु। सायद त्यसैले पनि मलाई धेरैले कडा छ, भन्छन्। तर राम्रो काम गर्नेका लागि म कडा छैन। सबैले कर्तव्य सम्झेर काम गर्ने हो भने गाह्रो छैन। मलाई कडा पनि बनिरहनुपर्दैन। तर जहाँ बदमाशी र चलखेल हुन्छ त्यहाँ त कडा बन्नै पर्यो नि!
म अलि कम बोल्छु। सबै काम नियममा हुनुपर्छ भन्छु। प्रक्रिया नुपुर्याई ल्याएको एउटै फाइल मैले पाँच पटकसम्म फर्काएकी पनि छु। सायद त्यसैले पनि मलाई धेरैले कडा छ, भन्छन्। तर राम्रो काम गर्नेका लागि म कडा छैन। सबैले कर्तव्य सम्झेर काम गर्ने हो भने गाह्रो छैन। मलाई कडा पनि बनिरहनुपर्दैन। तर जहाँ बदमाशी र चलखेल हुन्छ त्यहाँ त कडा बन्नै पर्यो नि!
मन्त्री र सचिवबीच नै बाेलचाल छैन भन्छन् नि ?
हाहा… मैले पनि यस्तै सुन्छु मिडियाबाट। तर याे सत्य हाेइन। सबै मविरूद्ध फैलाइएकाे हल्ला मात्र हाे। हामीबीच कुनै मनमुटाव छैन। मलार्इ अचम्म लाग्छ, कसरी यस्ता कुरा अाउँछन्? कम्तीमा मसँग सम्बिन्धत कुरा त मलार्इ साेधेर लेख्दा हुन्थ्याे नि! मैले त मिडियामा अाएपछि थाहा पाउँछु। अनि अचम्म लाग्छ। मसँग फाइदा लिन खाेज्ने धेरै छन्। जब उनीहरूकाे स्वार्थ पूरा हुँदैन, विभिन्न माध्यममार्फत अफवाह फैलाउँछन्।
महिला भएकै कारण अप्ठेरो महसुस भएको छ?
हाम्रो देश अझै पनि पुरुषप्रधान नै छ। महिलाहरु अघि बढे भने खुट्टा तान्ने प्रवृत्ति छ। मेरो हकमा पनि त्यो त लागू हुन्छ नै। सचिव भएर आउने बेलामा नै मलाई रोक्ने धेरै नै प्रयास गरिएकै हो। ठूलै समूह लागेर धेरै प्रयास गरियो जुन कुरा सबैलाई थाहा छ तर, उहाँहरूले सक्नुभएन। मैले स्वास्थ्य सेवा २७ वर्ष काम गरिसकेँ। स्वास्थ्य सेवाप्रतिको त्याग तपस्याले मलाई यहाँसम्म पुर्याएकाे हो।
पुरुष भएको भए अघि बढ्न र काम गर्न अलि सजिलो हुन्थ्यो होला। किनकी महिलाहरू अनुशासित र मर्यादित हुन्छन्। काम बाहेक दायाँ बायाँ लाग्दैनन्। यसो भन्दैमा सबै पुरुष खराब हुन्छन् भन्ने आशय होइन। म एक महिला, त्यसमाथि मधेसी समुदायलाई प्रतिनिधित्व गर्ने भएकाले पनि गाह्रो छ छ नै। सबै ठाउँमा महिलालाई असजिलो पार्न खोजिन्छ। तर त्यसलाई चिर्दै अघि बढ्नुपर्छ। मैले पनि त्यही गरेकी हुँ।
तपार्इँ मन्त्रालय आएपछिको पहिलो काम के थियो?
म आउँदा मन्त्रालय अस्तव्यस्त थियो। ‘सिस्टम’ कमजोर थियो। बाहिरी संस्थाहरु र व्यक्तिको प्रभाव धेरै थियो। प्रशासनिक अनुशासन छँदै थिएन भन्दा पनि हुन्छ। फाइलमा यति धेरै कमजोरी भए पनि सदर भएर जान्थ्यो। मैले ती सबै काम रोकेँ। प्रशासनिक अनुशासन कायम गर्नु नै मेरो पहिलो प्राथमिकता थियो। त्यहीबाट शुरु गरेँ।
म आइसकेपछि दुईवटा महत्त्वपूर्ण ऐन आए। जनस्वास्थ्य ऐन र प्रजनन स्वास्थ्य ऐन। यो ठूलो उपलब्धि हो। यसले काम गर्न धेरै सजिलो हुनेछ।
स्वास्थ्य मन्त्रालयलाई अघि बढाउन अहिलेको चुनौती के हो?
अरु सचिवहरुले भोग्नु नपरेको चुनौती मैले मेरो कार्यकालमा भोग्नुपर्यो। त्यो हो संघीय संरचनामा कर्मचारी व्यवस्थापन। पहिलेका सचिवहरूलाई काममा मात्र ध्यान दिए पुग्थ्यो। तर मेरो पालामा अलि फरक भयो। पहिलोपटक नयाँ संरचनामा जाँदा धेरै नै अप्ठेरो हुन्छ। त्यसमा पनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अझ बढी चुनौती छ।
केन्द्र, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न गाह्रो काम हो। प्रदेशमा व्यवस्थापनकाे काम गर्नुछ। अर्को कुरा सबैभन्दा ढिलो मन्त्री पाउने मन्त्रालय पनि स्वास्थ्य नै हो। यसले पनि योजना तर्जुमामा केही ढिलाइ भयो। स्थानीय तहसम्म कसरी गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने भन्ने चुनौती छ। त्यो सँगै स्वास्थ्यको बजेट प्रत्येक वर्ष घट्दै गएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हामीलाई कम्तीमा १० प्रतिशत बजेट चाहिन्छ तर यसपटक जम्मा चार प्रतिशत बजेट आयो। यसमा कसरी मिलाउन नै टाउको दुखाइ हुन्छ। सबै नेपालीलाई स्वास्थ्य बिमामा ल्याउनुपर्नेछ। यो ठूलो चुनौती हो। हरेक प्रदेशमा एउटा अस्पताल बनाउनुछ। दक्ष जनशक्ति नै कम छन्। स्वास्थ्य शिक्षाको पाटो स्वास्थ्य मन्त्रालयले हेर्दैन। यो काम शिक्षाले गर्छ। त्यसैले गुणस्तरको कुरा हाम्राे मन्त्रालयले निर्धारण गर्न सक्दैन। प्राविधिक कठिनाइ धेरै छन्।
संघीय संरचनामा कसरी काम गर्दै हुनुहुन्छ?
संघीय संरचनामा भएका कर्मचारीलाई कसरी पठाउने भन्ने चुनौती पनि छ। अबको योजना सरकारले भर्खरै निर्धारण गरेको संघीय संरचनामा सबैका लागि स्वास्थ्य सेवा छिटो भन्दा छिटो पुर्याउने नै हाम्रो योजना छ। त्यही अनुरूप काम भइरहेको छ। अर्कोतिर औषधि व्यवस्था विभागमा जनशक्ति बढाएर अझ सशक्त बनाउनुछ। यो काम पनि छिट्टै गर्दैछौँ। संघीयमा जाँदा प्रदेश बलियाे बनाउनुछ। केन्द्रले प्रदेश र स्थानीय तहसँग सहकार्य गरी उनीहरूलार्इ बलियाे बनाउँदै लैजाने नीति लिएकाे छ।
स्वास्थ्यशिक्षामा एकरूपता ल्याउनुपर्ने छ। नयाँ संरचना भएकाले के गर्दा गुणस्तरीय सेवा दिन सकिन्छ, समायाेजन एेनमार्फत व्यवस्थित पार्दै लग्नेछाैँ। यसैगरी औषधि खरिदको विषयलाई व्यवस्थित बनाउनुछ। प्रदेशको अस्पताल सुधारमा लागिरहेका छौँ। नयाँ स्वास्थ्य नीति आइसकेपछि काम गर्न पक्कै सजिलो हुनेछ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै