तालुपनाको स्थायी समाधान कपाल प्रत्यारोपण
टाउकाेमा कपाल नहुँदा आफ्नै शरीरको कपाल राखिने प्रक्रिया हो कपाल प्रत्यारोपण। पछिल्लो समय कपाल प्रत्यारोपण गर्ने फेसन जस्तै बनेको छ। यही फेसनका कारण गलत चिकित्सककोमा गएर प्रत्यारोपण गराउनेहरू भएको अलिअलि कपाल जाने मात्र होइन अनुहार नै कुरुप भएको गुनासा पनि आउने गरेका छन्।
कपाल प्रत्यारोपण के हो र कसरी सही विशेषज्ञ छान्ने र कसले प्रत्यारोपण गर्न सक्छ भन्ने सेरोफेरोमा कपाल प्रत्यारोपण विशेषज्ञ एवं धुलिखेल अस्पतालका छालारोग विभागका प्रमुख डा.धर्मेन्द्र कर्णसँग हेल्थ टिभी अनलाइनले गरेको कुराकानी–
कपाल प्रत्यारोपण
व्यक्तिको आफ्नै शरीरको कुनै भागको रौँ तालुमा सार्ने काम कपाल प्रत्यारोपण हो। धेरैको मनमा अरुको कपाल रोप्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा हुनसक्छ। अहिलेसम्म कपाल प्रत्यारोपणमा व्यक्ति स्वयंको मात्र लिइन्छ। कलेजो, मिर्गौला प्रत्यारोपण गर्दा अरुको अंग पनि लिन मिल्छ तर कपाल प्रत्यारोपणमा भने कपाल आफ्नै शरीरबाट मात्र निकाल्न मिल्छ। त्यसैले यसलाई प्रत्यारोपण भन्दा पनि ‘हेयर रि स्टोरेसन’ भनिन्छ। यसको अर्थ हुन्छ, शरीरको एक ठाँउबाट निकालेर चाहिएको अर्को ठाउँमा राख्ने प्रक्रिया।
सामान्यतया अरुको अंगबाट लिन खोज्दा कतिपय अवस्थामा शरीरले स्वीकार गर्दैन। यसरी शरीरले बहिस्कार गर्ने प्रकृया विभिन्न अंगहरु राख्दा उत्पन्न हुन्छ त्यसरी नै कपाल प्रत्यारोपणमा पनि समस्या उत्पन्न हुन्छ। शरीरले धान्न गाह्रो पर्छ र झन् कपाल झर्न थाल्छ। त्यसैले अहिलेसम्म प्रत्यारोपणका लागि अरुको कपाल लिने गरिएको छैन।
कपाल प्रत्यारोपण कसले गर्न मिल्छ ?
कपाल त्यसै झर्दैन शुरुमा कपाल झर्दा कसरी झर्यो भनेर निर्क्याेल गर्न आवश्यक हुन्छ। करिब ५० देखि ६० प्रतिशत पुरुषमा तालुपनाको समस्या हुन्छ। तर बाँकी ४० प्रतिशत मानिसको पनि तालुपना नभएको अवस्थामा पनि कपाल झरिरहेको हुन्छ। कपाल झर्दैमा हेयर ट्रान्सपलान्ट अर्थात कपाल प्रत्यारोपण गरिहाल्ने भन्ने होइन।
त्यसका लागि समस्या किन आयो भन्ने निर्क्याेल गर्नुपर्छ। तालुपना वंशाणुगत कारणले हो र अब कहिल्यै तालुमा कपाल आउन सक्दैन भन्ने चिकित्सककाे जाँचबाट पत्ता लगाएपछि मात्र प्रत्यारोपण गर्ने हो। अर्को कुरा तालुपना भएका व्यक्तिले गलत व्यक्तिबाट प्रत्यारोपण गराए कपाल झनै झर्ने मात्र होइन अनुहार नै कुरुप बन्न सक्छ। त्यसैले सही व्यक्तिबाट मात्र प्रत्यारेपण गराउनुपर्छ।
महिलामा पनि तालुपना हुनसक्छ?
पुरुष मात्र होइन महिलाहरूमा समेत कपाल झर्ने समस्या बढ्दो छ करीब १३ देखि २० प्रतिशत महिलामा पनि तालुपनाको समस्या उत्पन्न हुन सक्छ। तर पुरुषमा देखिने र महिलामा आउने तालुपना फरक हुन्छ। पुरुषको तालु चिल्लो देखिन्छ भने महिलामा देखिँदैन। महिलाहरुमा कपाल झर्नुको वंशाणुगत प्रमुख कारण हो भने तनाव दोस्रो कारक बन्ने गरेको छ।
कपालको स्याहार गर्न नजान्दा पनि विभिन्न समस्या उत्पन्न गराउँछ। अधिकांश मानिस कपाल पाल्छन् तर त्यसलाई स्याहार गर्न जान्दैनन्। कतिपयले आवश्यकता भन्दा अधिक स्याहर गर्ने गर्छन जसले कपाल झर्छ। अनावश्यक स्याम्पु गर्ने, जे पनि लगाउने, मसाज गराउने, स्ट्रेट गर्ने, कलर प्रयोग गर्ने, मेहन्दी लगाउने आदि कारणले पनि कपाल झर्ने समस्या आउँछ।
धेरैले प्रत्यारोपण गरिसकेपछि काट्न मिल्छ की मिल्दैन भनेर सोेध्ने गरेका छन। प्रत्यारोपण गरेको कपाल एक वर्षपछि सामान्य कपाल सरह काट्न मिल्छ। यस्तो कपाल आफ्नो रुचि अनसार काट्न, कलर गर्न र सेभ गर्न मिल्छ। तालुपनाको स्थायी समाधान कपाल प्रत्यारोपण नै हो। प्रत्यारोपणले एकपटकको लगानीबाट कहिल्यै नझर्ने कपाल आउँछ। किनकि जहाँको कपाल कहिल्यै झर्दैन त्यहाँको कपाल तालु भएको ठाँउमा राखिन्छ।
कपालमा कस्मेटिक गर्दा सतर्कता अपनाउन जरुरी रहन्छ। तसर्थ कपाल झर्नुको कारण पत्ता लगाई उपचार गराउन जरुरी हुन्छ। कपालको स्याहार गर्दा उपयुक्त तरिका अपनाउनु पर्छ। जस्तै कपाल कसरी धुने, हप्तामा कतिपल्ट धुने, कसरी स्याम्पुको प्रयोग गर्ने भन्ने कुरा जान्न जरुरी हुन्छ।
कसरी हुन्छ उपचार?
तालुपनाको उपचार दुई किसिमको छ। तालुपन हुँदैमा सबैलाई कपाल प्रत्यारोपण गरिँदैन। उपचारका लागि कुन कुन विकल्प रहेका छन बुझ्न आवश्यक छ। र यो कुनै रोग होइन, वंशाणुगत प्रवृत्ति हो। चाहे त्यो आमाबाट होस् वा बाबु पट्टिबाट। चार वा पाँचपुस्ते वंशजको कारणले पनि यस्तो समस्या आउन सक्छ। कुनै पनि पुस्तामा नभएको समस्या कहिले पनि आउँदैन।
उपचारका लागि पहिले जाँच गर्न जरुरी हुन्छ। औषधिले निको हुने खालको छ या छैन? अर्थात् मेडिकल उपचार वा सर्जिकल उपचार। मेडिकल उपचारमा खाने र लाउने औषधि हुन्छ। तर त्यो खाउञ्जेल र लगाउन्जेल सम्ममात्र रोकथाम हुन्छ। जसले भएको कपाललाई जोगाइदिन्छ तर जहाँ चिल्लो भइसकेको छ त्यहाँ कपाल उमार्दैन। यसले शुरुको अवस्थामा मात्रै काम गर्छ। तालुपना जहिले पनि निधार र तालुमा मात्रै हुन्छ।
टाउकाको छेउ छेउमा र दाह्रीको कपाल कहिल्यै झर्दैन। यदि कसैको झरेको छ भने त्यो रोग हो। त्यसले कुन कारणले झरेको हो भन्ने थाहा पाउन जरुरी छ।
प्रत्यारोपण गरेको कपाल काट्न मिल्छ की मिल्दैन ?
धेरैले प्रत्यारोपण गरिसकेपछि काट्न मिल्छ की मिल्दैन भनेर सोेध्ने गरेका छन। प्रत्यारोपण गरेको कपाल एक वर्षपछि सामान्य कपाल सरह काट्न मिल्छ। यस्तो कपाल आफ्नो रुचि अनसार काट्न, कलर गर्न र सेभ गर्न मिल्छ। तालुपनाको स्थायी समाधान कपाल प्रत्यारोपण नै हो। प्रत्यारोपणले एकपटकको लगानीबाट कहिल्यै नझर्ने कपाल आउँछ। किनकि जँहाको कपाल कहिल्यै झर्दैन त्यहाँको कपाल तालु भएको ठाँउमा राखिन्छ।
प्राकृतिक रुपमा देखिनेगरी राखिने भएकाले प्रत्यारोपण गरेर कसैले थाहा पाउने पनि हुँदैन। कपाल शुरुमा रोप्दा करिब एक महिनासम्म झर्छ र त्यसपछि आफैँ उम्रिन थाल्छ। यसरी तीन महिनामा २५ प्रतिशत र एक वर्षमा शतप्रतिशत कपाल उम्रिन्छ।
वैज्ञानिक खोज र अनुसन्धानमा लगानी बढाइनुपर्छ : शिक्षामन्त्री भट्टराई
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन चैत २८ गतेदेखि
सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र छाप्ने निर्देशिका कार्यान्वयनमा उद्योग मन्त्रालयको अवरोधप्रति चिकित्सक संघको आपत्ति
नेपालमा आमा र नवजात शिशु स्वास्थ्यमा सुधार
गुणकारी फल अनार