Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अप्राकृतिक होइन टेस्टट्युब बेबी

अप्राकृतिक होइन टेस्टट्युब बेबी

काठमाडौंकाे चावहिलस्थित ओम अस्पतालका सञ्चालक वरिष्ठ स्त्रीरोग विशेषज्ञ भोला रिजाल विगत लामो समय देखि निःसन्तानपन र टेस्टट्युब बेबी उत्पादनका क्षेत्रमा संलग्न छन्। उनैले नेपालमा पहिलोपल्ट टेस्टट्युब बेबी जन्माउने प्रविधि भित्र्याएका हुन्। निःसन्तानपन र टेस्टट्युब बेबीकाे विषयमा हेल्थ टिभी अनलाइन संवाददाता बालुराम जोशीले रिजालसँग गरेको कुराकानी–

लामाे समयदेखि यहाँ नि:सन्तानपन उपचार क्षेत्रमा काम गर्दै अाउनुभएकाे छ। के हाे त नि:सन्तानपन समस्या?

विवाह भएको दुई वर्षसम्म परिवार नियोजनको साधन प्रयोग नगरी बस्दा पनि सन्तान उत्पादन नहुनुलाई निःसन्तानपन अथवा बाँझोपन भनिन्छ। सामान्यतया ३० वर्ष उमेर पुगेका दम्पतीले दुई वर्ष सँगै बस्दासन्तान जन्माउन असमर्थ रहँदा उपचार जरुरी हुन्छ। ३० वर्ष पूरा गरेकाहरुलाई विभिन्न खालको उपचारको आवश्यकता रहन्छ भने त्यस भन्दा कम उमेरका दम्पतीलाई सामान्य परामर्शले समेत उपचार गरी निःसन्तानपनबाट बचाउन सकिन्छ।

निःसन्तानपन हुनु एकदमै जटिल समस्या हो। चाहे त्यो पाठेघरको समस्या होस्, घर परिवारमा होस् वा समाजमा होस् यो अत्यन्तै भयावह समस्या हो। निःसन्तानपनलाई बुझ्नेले मात्रै आभास गर्न सक्छ कि यो कति पीडादायी छ भनेर। जसले निःसन्तान भएर बाँच्नु परेको छ, उनीहरुलाई मात्रै यसको कारुणिक पीडा थाहा हुन्छ। अन्य मानिसले या पीडा अनुभूत गर्न सक्दैनन्। निःसन्तान भएर बाँच्नु ठूलो अभिशाप लिएर नारकीय जीवन बिताउनु जस्तै हो।

यहाँकाे अध्ययनले नि:सन्तानपन के  कारणले हुने देखाएकाे छ?

निःसन्तान भएपछि टेस्टट्युब बेबी गर्ने जुन धारण छ त्यो हामीमाझ अलिकति असमझदारीको कारणबाट आएको हो। अथवा निःसन्तान रोगको विशेषज्ञको नाताले पनि निःसन्तान हुनु भगवानकाे श्राप होइन। यो कुनै न कुनै रोगको कारणबाट भएको हो अथवा रोगै नलागिकन पनि कुनै समस्या परेर भइराखेको हुन्छ। अहिलेको उदाहरण हर्ने हो भने पनि श्रीमान् विदेश जान्छन्। अझ विवाह गरेको दुई तीन महिना पनि सँगै नबसी विदेशिन्छन्। आउँछन १५, २०दिन बसेर फेरि फर्किनछन्। जब ‘एक्सपोजर’नै पुग्दैन यसलाई निःसन्तान भन्ने कि नभन्ने? त्यसकारण अहिलेको निःसन्तानपनको एकदमै जल्दोबल्दो समस्या भनेको श्रीमान् श्रीमती सँगै नबस्नु हो। यसबाहेक अरु पनि थुप्रै रोग छन्।

टेस्टट्युब बेबी भनेकाे के हाे?

चाहे त्यो क्षयरोग धेरै हुन्छन्, संक्रमणहरु र यौनसम्पर्कबाट हुने रोगहरु आदि समस्याका कारण चाहे पुरुषमा आएको समस्या होस् अथवा महिलामा आएको त्यसले गर्दा हामिले के हेर्नु पर्छ भने टेस्टट्युब बेबीभन्दा अगाडि अरु धेरै उपायहरु छन जसबाट निःसन्तानपनको निदान गर्न सकिन्छ। कुनै पनि रोगको उपचारको लागि विरामिको आत्मविश्वासले ठुलो भुमिका खेल्छ। निःसन्तानपनबाट बच्न दम्पतीले अब चाहिँ मेरो सन्तान हुन्छ भनेर अात्मविश्वास राख्दा त्यसले अत्यन्त प्रभावकारी परिणाम ल्याउँछ। त्यसकारण टेस्टट्युब बेबीमा जानु भन्दा अगावै हामीले जुन प्रक्रियाहरु राम्रोसँग अपनाएर मात्र टेस्टट्युब बेबी प्रक्रियामा जानु पर्छ। किनकि यो अत्यन्त महंगो पर्छ। र एक पटक गर्ने बितिकै सफल हुन्छ भन्ने पनि हुँदैन। यसरी बच्चा उत्पादनका लागि गरिने प्रकृया करिब ४०\४५ प्रतिशतमात्र सफल हुने गर्छ। यो अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रो जस्तै दरमा सफल भएको पाइन्छ।

सामान्य रूपमा जन्मिएका र टेस्टट्युब बेबीमा के फरक छ? 

नेपालमा झण्डै एक हजार बच्चा यो विधिबाट जन्मिसकेका छन्। यो एकदमै राम्रो शुरुवात हो जसले गर्दा अब कोही पनि निःसन्तान भएर अथवा बाँझो भएर बाँच्नु पर्दैन भन्ने मनमा हुन्छ तसर्थ टेस्टट्युब बेबी लाई अन्तिममा राख्ने गरिन्छ।
आमाको डिम्बासयबाट डिम्ब जुन निकालिन्छ त्यो मुस्किलले ३ मिनेट टेस्टट्युबमा रहन्छ त्यसपछि रहन्न र त्यसपछि त्यो टेस्टट्युवको काम रहँदैन। साधारण भाषामा टेस्टट्युब भनिए पनि यो वास्तवमा इनभिट्रो फर्टिलाइजेसन हो, भन्नुको अर्थ भिवो भनेको आमाकै गर्भाशयमा श्रीमान् श्रीमतीको सम्पर्कबाट बस्ने गर्भलाई इनभिवो भनिन्छ बाहिरबाट फर्टिलाइज गरेको जब फेरि पाठेघरमा राखिन्छ त्यो भिट्रो भनेको बाहिर।

आमाको डिम्बाशयबाट डिम्ब बाहिर निकालिन्छ र बाबुको शुक्रकीट पनि बाहिर निकालिन्छ र दुईटालाइ ३६ घण्टा एउटा मेसिनमा राख्छाैँ। यसमा त्यो विकसित हुन्छ र त्यसलाई फेरि आमाकै पाठेघरमा राखिन्छ। त्यसकारण यो जुन प्रविधि हो। विश्वमा २५ वर्ष अगाडि पहिलो बच्चा जन्माइएको थियो। नेपालमा भने २०६० सालमा यो प्रविधि भित्रिएको हो। तुलनात्मक रुपमा ढिलो भए पनि अहिले नेपालीले बाहिर जानु परेको छैन।

अहिले नेपालमा यसको अवस्था कस्ताे छ?

अहिलेसम्म यो विधिबाट करिब एक हजार बच्चा जन्मिए। हामिले फर्टिलिटी सोसाइटी समेत गठन गरेका छौँ जसमा म आफैँ अध्यक्ष छु। हामीले शुरु गरेका बच्चाहरु ओममणि तामाङ र नीता भट्टरार्इ अहिले १४ वर्षका भए। नर्मल बच्चा र टेस्टट्युब बेबीमा केही भिन्नता पाइन्छ कि भनेर धेरै अनुसन्धानहरु भएका छन्। जसबाट टेस्टट्युब बेबी अरु भन्दा ज्यादा आईक्यू, चलाख र पढ्नमा तेज भएको पाइएको छ। र नेपालमा हेर्दा पहिलो ब्याचको बच्चाहरु छन उनीहरु धेरै ‘ट्यालेन्टेड’ छन्। ती सबै आ–आफ्नो कक्षामा पहिलो हुन्छन्। कोही खेलमा, कोही नाचमा, कोही गाउनमा सबै उस्तै अब्बल छन्।

अहिले यसो भयो भन्दैमा टेस्टट्युब बेबी अरुभन्दा अझ राम्रो हुन्छन् भनेर पनि भन्न सकिँदैन। सामान्यतया अहिलेसम्म त्यस्तो नराम्रो केही देखिएको छैन। उनीहरुको स्वास्थ्य एकदमै राम्रो छ। सामान्य रूपमा जन्मिएको र टेस्टट्युब बेबीमा कुनै पनि भिन्नता छैन। कहिलेकाहीँ सामान्य रूपमा जन्मिएको बच्चामा पनि केही खराबी देखिन सक्छ। त्यो बेग्लै हो। बुझ्नु पर्ने कुरा के छ भने टेस्टट्युब बेबी भनेको एकदमै अप्राकृतिक तरिका होइन। खालि यसमा जसको नली खराब हुन्छ तिनीहरुलाई आमाकै डिम्बाशयबाट डिम्ब निकाली बाबुको शुक्रकीटसँगै मिलाएर फेरि आमाकै पाठेघरमा राखिने विधि हो। नौ महिनासम्म आमाकै पेटमा हुर्किएरजन्म लिने भएको हुनाले यो कुनै अप्राकृतिक विधि होेइन। यसमा केही होला कि भनेर शंका गर्न पनि जरुरी छैन।

नि:सन्तानपन दम्पतीलार्इ के सुझाव दिनुहुन्छ?

सबैभन्दा पहिले त हाम्रो समाजलाई म के भन्छु भने जति पनि निःसन्तान भएर बाँचिरहेका दम्पती छन्, उनीहरुलाई हामीले सहानुभूतिपूर्वक सहयोगको भावना राखेर हेर्ने बानी बसालाैँ। जसलाई समाजमा समस्या परेको छ उनीहरुलाई के भन्न चाहन्छु भने तपाईँहरुले अब निःसन्तान भएर बाँच्नु पर्दैन। निःसन्तान एउटा रोग भए पनि अत्यन्तै नराम्रो स्थिति हो। हाम्रो समाजमा निःसन्तानलाई गर्ने व्यवहार एकदमै निकृष्ट किसिमको हुन्छ।

यो समस्या उपचारबाट समाधान हुन सक्ने भएकाले जहा यसको राम्रो समाधान वा उपचार हुन सक्छ त्यहाँ जान सक्नु हुन्छ। उपचारका लागि हामी तपार्इँलाई अनुकुल भयो भने अप्रेसन गर्दा राम्रो हुन्छ कि, टेस्टट्युब गर्दा तथा औषधि खाँदा सही परामर्श प्रदान गर्छाैँ।

थप समाचार