नेपालमा ट्रकोमा निवारण त भयो तर अझै बाँकी छ चुनौती

काठमाडौं– नेपालले आँखामा लाग्ने रोग (ट्रकोमा) उन्मुलनको प्रमाणपत्र पाएकाे छ । विश्व स्वास्थ्य संगठनको ७१ औं महासभामा भाग लिन जेनेभा गएको नेपाली प्रतिनिधिमण्डल र विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरूबीच छलफल भएसँगै स्वास्थ्यराज्य मन्त्री पद्मा अर्याललाई ट्रकोमा निवारणको प्रमाणपत्र प्रदान गरिएको हाे।
के हो ट्रकोमा ?
मानिसलाई दृष्टिविहीन गराउनसक्ने आँखामा लाग्ने रोग हो ट्रकोमा । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्ने यो रोग अन्धोपनको अर्को कारक तत्त्व पनि हो । यो रोग ल्केमेडिया ट्रकोमाइटिस भन्ने ब्याक्टेरियाबाट लाग्छ । याे झिंगाको माध्यमबाट सजिलै सर्छ । मूलतः यो रोग आँखा पाक्ने समस्याजस्तै व्यक्तिगत र वातावरणीय सरसफाइको कमी र न्यून आय भएको समाजमा बढी पाइन्छ । त्यसैगरी राेगीका कपडा र हातका औंलाबाट पनि अर्को व्यक्तिमा सर्छ । शुरुमा आँखामा रातो हुने संक्रमण बढ्दै गएर परेलाहरु भित्र पसी टाँसिएर नानीमा घाउ बन्छ। यो क्रम दोहोरिरहँदा विस्तारै अन्धोपनसम्म हुन्छ ।
नेपालमा सन् १९८१ म गरिएको सर्वेक्षण अनुसार कुल जनसंख्याको ६५ प्रतिशत मानिसहरुमा अन्धोपन पाइएको थियो । भने कुल अन्धोपनको २.४ प्रतिशत ट्रकोमाका कारण दृष्टिविहीन बनेका थिए । मोतियाबिन्दुपछि ट्रकोमा नै अाँखासम्बन्धी समस्याकाे दोस्रो प्रमुख कारण रहेको थियो ।
लक्षणहरु–
–आँखा रातो हुने
–आँखा चिलाउने र बिझाउने
–आँखाको डिल सुन्निने
–आँखाबाट कचेरा आइरहने
–आँखा दुखिरहने
–परेला आँखा भित्र जाने
बाँकी नै छ चुनौती
ट्रकोमा निवारण भयो भन्दैमा ढुक्क भएर बस्न सक्ने अवस्था छैन । भारतसँग जोडिएका जिल्लामा अाँखा स्वास्थ्य सेवा लिने ८० प्रतिशत भारतीय छन् । नेपाल–भारत खुला सिमाना र अाँखासम्बन्धी सेवा लिन भारतलगायत अन्य मुलुकबाट पनि त्यत्तिकै संख्याका बिरामी यहाँ आउने कारण पनि यो रोग मानिसको आवतजावतसँगै सर्नसक्ने सम्भावना हुन्छ । यसकारण पनि यो रोग निवारण भयो भनेर निश्चिन्त बस्न मिल्ने स्थिति छैन । निगरानीको पाटोमा निरन्तर काम गर्न जरुरी छ ।
राेग निवारणकाे शर्त
विश्व स्वास्थ्य संगठनका अनुसार कुनै समुदाय या राष्ट्रमा एक देखि नौ वर्षसम्मका बालबालिकामा रोग संक्रमणको प्रकोप पाँच प्रतिशतभन्दा कम भए अन्धोपन गराउन सक्ने ट्रकोमा रोग निवारण भएको मानिन्छ ।
प्रा. डा.मिश्र नेपाल नेत्रज्योति संघका अध्यक्ष हुन्।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै