चीनको ‘सिनोभ्याक’ भ्याक्सिनलाई पनि विश्व स्वास्थ्य संगठनले दियो अनुमति

चीनको ‘सिनोभ्याक’ भ्याक्सिनलाई पनि विश्व स्वास्थ्य संगठनले दियो अनुमति

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड विरुद्धको खोपलाई पनि आपतकालिन प्रयोगको अनुमति दिएको छ। अठार वर्ष माथिकालाई दिन मिल्ने यो खोप डब्ल्यूएचओको अनुमति पाउने दोस्रो चिनियाँ खोप हो।

यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको भेरोसेल खोपलाई डब्लुएचओले अनुमति दिइसकेको छ। दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार प्रयोगका लागि अनुमति पाएको हो ।

आपत्‌कालीन प्रयोग गर्नका लागि खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्ल्यूएचओले जनाएको छ। सिनोभ्याकको यो खोप चीन, चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको जनाइएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार