सुत्केरी र नवजात शिशुमा हुने कुपाेषण

बच्चा जन्मेपछि कतिपय महिलालाई कुपोषणको समस्या हुन्छ। कुपोषणको असर आमा मात्र नभई बच्चामा पनि पर्छ। गर्भावस्थाको क्रममा र त्यसपछि हुने कुपोषण बच्चाका लागि घातक हुनसक्छ।
पहिलो र मुख्य कारण हो, स्तनपान। बच्चालाई दूध पिलाउने आमालाई पर्याप्त क्यालोरी उर्जाको आवश्यकता हुन्छ। धेरै महिला यसबारे अनभिज्ञ हुन्छन्। फलस्वरूप उनीहरू डिहाइड्रेसन, भिटामिन वा मिनरल्स र रगत कमीको समस्यामा पर्छन्।
बच्चाको जन्मभन्दा पहिले र पछि पनि पर्याप्त मात्रामा भिटामिन आवश्यक पर्छ। फोलिक एसिड पानीमा घुलेर शरीरबाट बाहिर निस्कन्छ । जस कारण धेरैजसो बच्चा जन्मिएपछि महिलाहरूमा फोलिक एसिड कमीको कारण एनिमिया हुन्छ। त्यसैले फोलिक एसिडयुक्त खानेकुरा जस्तै– हरियो सागसब्जी, सुन्तला, कागती जस्ता खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ।
शिशुका लागि जोखिम
गर्भवती महिलाहरूमा हुने कुपोषणको असर पेटमा हुर्किरहेको बच्चामा पनि पर्छ। बच्चाको विकास ठिक ढंगले हुँदैन र जन्मको समयमा उनीहरूको तौल सामान्यभन्दा कम हुन्छ।
गर्भावस्थाको क्रममा कुपोषण र जन्मको समय कम तौलको नराम्रो असर बच्चामा पर्छ। गर्भावस्थाको क्रममा आमालाई पोषण कमी भएको छ भने बच्चाले भविषयमा विभिन्न घातक रोगहरुको सामना गर्नुपर्छ। अस्टियोपोरोसिस, क्रोनिक किड्नी फेलियर, मुटुरोग, टाइप २ मधुमेह, फोक्सोको रोग आदि लाग्न सक्छ।
आमाको लागि समस्या
गर्भावस्थाको क्रममा आमामा पोषणको कमी छ भने यो घातक पनि हुन सक्छ। यसबाहेक समयभन्दा अगाडि बच्चा जन्मिनु, गर्भपात जस्ता समस्या हुन सक्छ। महिलाहरूमा अरु पनि धेरै समस्या हुन्छन् जस्तै, संक्रमण, एनिमिया र कमजोरी आदि।
रोक्ने कसरी?
सन्तुलिन आहारको सेवनबाट कुपोषण रोक्न सकिन्छ। गर्भावस्थाको क्रममा महिलाहरूले पर्याप्त मात्रामा पानी, फलफूल, फाइबर, प्रोटिन, बोसो र कार्बोहाइड्रेट सेवन गर्नुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights