स्वाद मात्र होइन राजममा छन् यस्ता औषधीय गुण

सहज रूपमा पाइने, सजिलै पकाउन सकिने हिसाबले राजमाको जति महत्त्व छ, स्वास्थ्यको हिसाबले उत्तिकै गुणी छ यो। आइरन तथा भिटामिनले भरिपूर्ण राजमाले शरीरलाई सम्पूर्ण पोषण प्रदान गर्छ।
राजमामा ‘फ्लेवोनाइड्स’को साथमा ‘केम्पफ्रेल’ र ‘क्युरेस्टिन’ हुन्छ जसले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन। सातामा तीन देखि चार पटक राजमा सेवनले महिलालाई स्तन क्यान्सरको समस्या हुनबाट बचाउँछ।
गर्भावस्थामा राजमाको सेवनले गर्भमा रहेको शिशुको मुटुको विकास सही तरिकाले हुन्छ। विभिन्न अध्ययन अनुसन्धानका अनुसार यसले शिशुलाई आज्माबाट पनि जोगाउँछ।
राजममा फ्याट्स तथा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। फाइबर तथा प्रोटिनको मात्रा धेरै हुन्छ। यसको नियमित सेवनले महिलालाई महिनावारीमा हुने समस्याबाट राहत मिल्छ।
राजमामा ‘ग्लाइसेमिक इन्डेक्स’ कम हुने भएकाले यसको सेवनले रगतमा चिनीको मात्रा बढ्दैन। यसमा रहेको फाइबरले रगतमा चिनीको मात्रालाई स्थिर राख्न मद्दत गर्छ।
यसमा रहेको क्याल्सियम, म्यागजिनले हड्डीलाई मजबुत बनाउँछ। यसमा रहेको म्याग्नेसियमले मुटसम्बन्धी रोग लाग्नबाट बचाउँछ।
साथै, यसमा रहेको एन्टिएजिङ तत्त्वले उमेरको प्रभाव कम गर्नुका साथै अनुहार सुन्दर बनाउँछ। यसको सेवनले अनुहार लामो समयसम्म जवान देखिन मद्दत गर्छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights