कोरोना भाइरस संक्रमण : सार्सभन्दा घातक?

चीनमा फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८०० नाघेको छ। करिब २० वर्ष अघि सार्स भाइरसको संक्रमण फैलिँदा मृत्यु भएको सङ्ख्यालाई यसले उछिनिसकेको छ।
‘सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम’ वा सार्स भनिने भाइरसको संक्रमणका कारण सन् २००३ मा विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।
सार्सभन्दा कम घातक?
कोरोना भाइरसले चीनको हुबेई प्रान्तमा मात्र ७८० जनाको ज्यान लिएको छ भने कुल मारिनेको संख्या ८११ पुगेको छ। तीमध्ये एकजना मात्र चीन र हङ्कङभन्दा बाहिरका व्यक्ति हुन्।
तर नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ। नयाँ कोरोनाभाइरसले ३४ हजार ८०० मानिस संक्रमित भइसकेका छन्। गत महिना विश्व स्वास्थ्य संगठन डब्लुएचओले यसलाई विश्व जनस्वास्थ्य संकटको घोषणा गरेको थियो।
कोरोनाभाइरसको पछिल्लो अवस्था
डब्लूएचओले भाइरस संक्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ संक्रमणका घटना अलिकति स्थिर हुन थालेको बताएको छ। तर अहिले नै भाइरस संक्रमणको वृद्धि दर रोकिने वा पुनः बढ्ने भन्न कठिन रहेको उसले जनाएको छ।
आफ्नो पछिल्लो बुलेटिनमा हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीहरूले शनिवार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन्। काेराेना भाइरस पहिलोपटक हुबेइको राजधानी वुहानमा देखा परेको थियो। सो शहरलाई हप्तौँदेखि सार्वजनिक आवागमन रोकेर एक्ल्याइएको छ।
बिहीवार त्यहाँ एक ६० वर्षीय अमेरिकी नागरिक भाइरस संक्रमणका कारण मारिए। यसरी ज्यान गुमाउने उनी पहिलो गैरचिनियाँ हुन्।
बीबीसी नेपालीबाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights