उच्च रक्तचापबाट बच्न उमेर छँदै दिनुस् ध्यान

के हो उच्च रक्तचाप?
जब हृदयले पम्प गर्छ त्यसपश्चात् रक्तनलीहरू धमनीमा रगतको प्रवाह हुन्छ। हृदयको अधिक कार्यका कारण रगत बग्ने धमनीहरूमा धेरै तनावका कारण चाप बढ्ने रोग उच्च रक्तचाप हो।
कसरी पत्ता लगाउने?
सामान्य रूपमा मानिसको रक्तचाप १२०\८० मिमी एचजी हुन्छ। तर १४०\९० मिमी एचजी वा सो भन्दा धेरै भएमा उच्च रक्तचाप मानिन्छ। यदि एक हप्ता भन्दा बढी वा सोभन्दा बढी नियमित रूपमा १४०\९० मिमी एचजी भन्दा बढी भएमा उच्च रक्तचापको बिरामी मानिन्छ।
उच्च रक्तचापको लक्षण
कहिलेकाहीँ लक्षणको अभावमा उच्च रक्तचाप पत्ता नलाग्ने हुन्छ। उच्च रक्तचाप पत्ता लगाउन नियमित रूपमा रक्तचापको मापन गर्नुपर्छ। लक्षणको अभावको कारणले नै यो रोग घातक रूप लिन्छ। केही अनुभव हुने लक्षण यस्ता छन्–
शिरमा भारीपन हुने वा विना भारीपन टाउको दुख्ने
थकान एवं भ्रमको स्थिति
आँखा वा दृष्टिमा समस्या
मुटु दुख्ने
सास फेर्न कठिनाइ
रिंगटा लाग्ने
पिसाबमा रगत आउने
छाती घाँटी एवं कानमा पीडा
र, सन्तुलनमा कमी।
को–को यसका रोगी हुन सक्छन्?
आयु बढ्दै गएपछि उच्च रक्तचापको जोखिम बढ्दै जान्छ। पुरुषमा शुरुवातको मध्यायुमा उच्च रक्तचापको जोखिम बढ्छ। महिलामा भने महिनावारी तथा रजोनिवृत्तिपछि उच्च रक्तचाप हुने जोखिम बढी हुन्छ।
पारिवारिक इतिहासको कारणले पनि हुनसक्छ।
धेरै तौल वा मोटोपनले रक्तचाप पनि बढ्दै जान्छ।
शारीरिक गतिविधि अभावको कारणले मोटोपन हुने जोखिम धेरै हुन्छ जसका कारणले रक्तचाप वृद्धि हुन्छ।
अत्यधिक मद्यपान र लागूपदार्थ सेवनले रक्तचाप वृद्धि हुन्छ।
धेरै नुन खाने बानीले पनि रक्तचाप वृद्धि हुन्छ।
आहारमा पोटासियमको मात्रा कम हुनाले रक्तचाप वृद्धि हुन्छ।
अनावश्यक तनाव लिनाले अस्थायी रूपमा रक्तचाप अस्वाभाविक रूपमा वृद्धि हुन्छ।
महिलाहरूमा गर्भावस्थाको समयमा उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ।
नियन्त्रणका उपाय
पहिल्यै देखि नै उच्च रक्तचाप भएमा त्यसलाई बढ्नबाट रोक्नु नै यो रोगको नियन्त्रण गर्ने उपाय हो। १८ वर्षको उमेरदेखि नै रक्तचापको नियमित जाँँच गर्नु उपयुक्त हुन्छ। यसका साथै यी उपाय अपनाउनु लाभदायी हुन्छ–
धेरै वजन हुने व्यक्तिले वजन कम गर्ने।
सम्भव भएमा हप्तामा ५ दिन २० मिनेटसम्म नियमित व्यायाम गर्ने।
धूमपान नगर्ने।
मद्यपान नगर्ने।
चिल्लो, नुनिलो र बोसोयुक्त खाना कम गर्ने।
फलफूल, सागपात एवं कम बोसो र दूधयुक्त उत्पादन सेवन धेरै गर्ने।
मधुमेहको बिरामीहरूले रगतमा रक्तशर्करा (सुगर)को स्तर नियन्त्रण गर्ने।
मानसिक तनाव कम गर्ने र योग, ध्यान र प्राणायाम अभ्यास गर्ने।
जडिबुटीको प्रयोग
उच्च रक्तचाप नियन्त्रणका लागि विभिन्न जडिबुटिको प्रयोग गर्न सकिन्छ। सर्पगन्धा, अर्जुन, रुद्राक्ष, अश्वगन्धा, जटामासी, लसुन, गाजर, अदुवा, दालचिनी, सुकुमेल, हरिद्रा, मृङ्गराज र मण्डूपर्णी। यीमध्ये कुनै जडिबुटी स्वास्थ्यकर्मीको सल्लाहमा प्रयोग गर्न सकिन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights