घरेलु औषधिको रूपमा टिमुर

टिमुर अचार वा तरकारीमा मसलाका रूपमा प्रयोग हुन्छ। यसको स्वाद ततो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ। टिमुरलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।
टिमुरले दाँत दुखेको, ज्वरो, अजिर्ण र हैजा आदि समस्या निको पार्छ ।
आँखाको दृष्टि कम भएका मानिसले नियमित टिमुरको प्रयोग गर्दा लाभ मिल्छ।
न्यून रक्तचाप भएका मानिसलाइई पनि टिमुर सेवनले फाइदा पुर्याउँछ।
हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गर्दा आराम मिल्छ।
फस्फोरस पनि हुने भएकाले हाडका लागि पनि टिमुर निकै उपयोगी हुन्छ।
कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा फाइदा हुन्छ। यसले भोक जगाउँछ।
टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्छ। पेटमा लाग्ने किरा तथा जुका मार्न पनि यसले सहयोगी भूमिका खेल्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights