धेरै नउमाल्नुस् दूध, बारम्बार तताउनु हानिकारक

स्वस्थ रहन हामी गाईभैँसीको दूध पिउँछौँ। दूधमा शरीरका लागि आवश्यक पोषण तत्त्व पाइन्छ। दूधमा क्याल्सियम, प्रोटिन, फस्फोरस, भिटामिन ए, भिटामिन बी १२ र फ्याट जस्ता अनेकौँ स्वास्थ्यवर्धक तत्त्व पाइन्छ।
दूध हामी उमालेर पिउँछौँ। हिजोआज बजारमा शुद्ध दूध नपाइने मिसावट हुने कारण धेरै तताउनु बाध्यता पनि हो। दूध उमाल्दा त्यसमा रहेको सूक्ष्म जीवाणु नष्ट हुन्छ। तर, दूध धेरै समय र बारम्बार उमाल्नु स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।
धेरै समय उमाल्दा के हुन्छ?
धेरै समय दूध उमाल्दा त्यो स्वादिलो र थप पोषिलो हुन्छ भन्ने धेरैको सोचाइ छ। तर, त्यो ठीक होइन। लामो समय दूध उमाल्दा त्यसमा रहेको पोषक तत्व पनि नष्ट हुन्छ। एक अध्ययनका अनुसार बारम्बार दूध उमाल्नाले यसमा रहेका पौष्टिक तत्त्व नष्ट हुन्छन्।
दूध उमाल्दा ध्यान दिनुपर्ने कुरा
दूधलाई सकेसम्म कम उमाल्नुपर्छ। आवश्यक नै परे धेरैबेर उमाल्नु हुँदैन। पोषण तत्त्व नष्ट हुन नदिन दूधलाई बारम्बार उमाल्नु हुँदैन। एकपटक तताइसकेको दूध फेरि तीन मिनेट भन्दा बढी समय उमाल्नु हुँदैन। दूध तताउने क्रममा चम्चा वा डाडुले चलाइरहनुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights