शरीरका हानिकारक पदार्थ बाहिर निकाल्न खानुस् चुकन्दर

चुकन्दर आइरनका साथै यो भिटामिन सीको पनि राम्रो स्रोत हो। यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ। चुकन्दर सेवनले पर्याप्त उर्जा प्राप्त हुन्छ।
नियमित सेवनले शरीरलाई भिटामिन ए, बी, बी१, बी२, बी६ र भिटामिन सी प्राप्त हुन्छ। चुकन्दरमा पोटासियम, सोडियम, क्याल्सियम र फाइबर आदि पनि पर्याप्त हुन्छ।
यसबाट प्राप्त हुने आइरनले रक्त निर्माणमा विशेष महत्त्वपूर्ण भूमिका खेल्छ। यसका साथै चुकन्दर सेवनले शरीरका अनेकौँ हानिकारक पदार्थ बाहिर निकाल्न सहयोग गर्छ।
चुकन्दरको पात पनि निकै फाइदाजनक मानिन्छ। चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्त्व पाइन्छ। पातमा भिटामिन ए पनि प्रशस्त पाइन्छ। पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ।
प्रतिदिन एक गिलास चुकन्दरको पिउँदा थुप्रै फाइदा मिल्छ। पुरुषहरूको यौनेच्छा बढाउन पनि यो प्रभावकारी मानिन्छ। यसमा पर्याप्त मात्रामा नाइट्रिक एसिड पाइने भएकाले लिंग उत्तेजित नहुने समस्या समाधानमा सहयोगी हुन्छ। यसले यौनशक्ति पनि बढाउँछ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights