जाडाेमा हिटर ताप्नुहुन्छ? अपनाउनुस् यस्ताे सावधानी

गत मंगलबार मकवानपुरस्थित दामनको एक रिसोर्टमा बसेका आठ भारतीय पर्यटक मंगलबार बिहानै बेहोश अवस्थामा भेटिए। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित अस्पताल त ल्याइयो। तर चिकित्सकले उनीहरूलाई बचाउन सकेनन्।
बेहोश हुनु र बेहोशी अवस्थामै उनीहरूको मृत्यु हुनुको प्रमुख कारण थियो, ग्यास हिटर। सानो कोठामा आठ जना ग्यास हिटर बालेर सुतेका कारण अक्सिजन नपुगेर उनीहरूको मृत्यु भएको अनुमान गरिएको छ। यद्यपि अहिलेसम्म उनीहरूको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन।
यो घटना मात्रै होइन बन्द कोठाभित्र कोइला, विद्युतीय वा ग्यास हिटर बालेर ज्यान गुमाउने धेरै छन्। चिसो मौसममा कोठा न्यानो बनाउने बहानामा आगो बालेर सुत्दा यस्ता दुर्घटना हुने गर्छन्।
जाडोबाट जोगिन शहरमा हिटर बाल्नुको विकल्प छैन। विशेषगरी बुढाबुढी र सुत्केरी र नवजात शिशुकाे न्यानोका लागि यो व्यवस्था गर्नैपर्छ। तर सावधानी पनि त्यतिकै अपनाउनुपर्छ।
अपनाऔँ सावधानी
बन्द कोठामा हिटर अन गरेर बाहिर निस्किनुहुँदैन। किनकी यसबाट काेठा कार्बन माेनोअक्साइड ग्यासले भरिन्छ। याे मानिसको लागि निकै हानिकारक हुन्छ ।
हिटर चलाएर पनि कहिल्यै निदाउनु हुँदैन। यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ। मुटु, श्वासप्रश्वासका समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नुहुँदैन।
छालाको लागि पनि हिटर राम्रो मानिँदैन। लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा हुन्छ। त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या पनि हुन्छ। धेरै समय हिटर बस्दा आँखाका समस्या निम्तिन्छ।
यदि हिटर ताप्नुपर्नेबाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ। साथमा ताताेपानी चिया, कफी, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस्।
समय–समयमा चलिरहेको हिटर बन्द गरिरहनुपर्छ। हिटर बलेको वेला हावा ओहोरदोहोर हुनेगरी झ्याल वा ढोका खुला राख्नुपर्छ। राख्नुपर्छ। हिटर नजिक बस्नुपर्ने अवस्था छैन भने बन्द गर्दा नै बेस।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights