पहिलोपटक रक्तदान गर्दै हुनुहुन्छ?, जान्नैपर्छ यी कुरा

रक्तदान जीवनदान हो। एक व्यक्तिले रगत दिँदा अर्को व्यक्तिकाे ज्यान बच्नसक्छ। निश्चित अवधिमा शरीरमै नष्ट भएर जाने रगत दान गर्दा आफूलाई पनि फाइदा हुन्छ। तपाइँँ पहिलोपटक रक्तदान गर्ने सोचमा हुनुहुन्छ भने यी कुरा जान्नैपर्छ–
कम्तीमा १८ देखि बढीमा ६० वर्षसम्मका मानिसले रक्तदान गर्न सक्छन्। रक्तदान गर्नेको तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्छ। एकपटक रक्तदान गरेको तीन महिनापछि मात्र फेरि रक्तदान गर्न सकिन्छ।
रक्तदान गर्ने व्यक्तिलाई जण्डिस, औलो, मधुमेह, क्षयरोग, यौनरोग र एड्स लागेको हुनुहुँदैन।
मदिरा पिएको २४ घण्टाभित्र रगत दिनुहुँदैन। लागुपदार्थ खाएका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन।
गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावारीको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन।
रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा कम्तीमा १० प्रतिशत हुनैपर्छ।
रक्तदान गर्नुभन्दा तीन घण्टाअघि तागतिलो खानेकुरा खानु राम्रो हुन्छ । रक्तदानको समय फलफूलको ताजा रस पिउँदा पनि कमजोरी महशुस हुँदैन।
एजेन्सीकाे सहयाेगमा
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights