यसरी आफैँ जाँच्नुस् मधुमेह

आफ्नो ब्लड सुगरको स्तरमधुमेह रोगी, यसको औषधि सेवन गरिरहेका र इन्सुलिन लिइरहेकाले थाहा पाउनैपर्छ। तर, शरीरको सुगर लेबल जाँच्न बारम्बार अस्पताल धाउन सम्भव नहुने हुनाले मधुमेहको स्तर आफैँ जाँच गर्न सिक्नु राम्राे हुन्छ।
मधुमेहको स्तर आफैँ जाँच गर्न ग्लुकोमिटरको आवश्यक पर्छ। यो यन्त्रका तीनवटा पाटपुर्जा हुन्छन्, डिजिटल यन्त्र, टेस्ट स्ट्रिप र रगत निकाल्ने ल्यान्सेट।
ब्लड सुगर आफैँ जाँच्न पहिले सफा पानीले हात धोएर सफा रूमालले पुछेर सुख्खा बनाउनुपर्छ।
ल्यान्सेट निकालेर पञ्चरिङ पेनमा फिट गर्नुस्। कति गहिरो प्रिक गर्नुपर्ने हो सोहीअनुसार टुप्पामा भएको ढक्कन हटाएर ‘टिप एक्सपोज’ गर्नुस्। पेनमा अंक सेट गर्नुस्।
अब ग्लुकोमिटर अन गरी त्यसमा टेस्ट स्ट्रिप फिट गर्नुस्। मिटरले रगत मागेको संकेत गर्छ। कुनै एक औँलाको टुप्पालाई रेक्टिफाइड स्प्रिटले राम्ररी सफा गर्नुस्।
पञ्चरिङ पेनमा भएको ल्यान्सेटलाई सफा गरिएको औँलामा टाँसेर पेनको बटम थिच्नुस्। औँलालाई विस्तारै थिचेर रगतको सानो थोपा निकाल्नुस्।
रगतको थोपालाई टेस्ट स्ट्रिपको टुप्पामा छुवाउनुस्। रगत विस्तारै टेस्ट स्ट्रिपमा जान्छ र केही सेकेण्डमै ब्लड सुगरको लेबल देखाउँछ।
रिडिङ आइसकेपछि ल्यान्सेट र स्ट्रिपलाई सुरक्षित ठाउँमा फयाँक्नुस्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights