असमयमै हुने बुढ्याैली राेक्ने याेग

नियमित योग गर्नाले स्वस्थ भइन्छ भन्ने प्रायः सबैलाई थाहा छ। तर योगले बुढ्यौली पनि रोक्छ भन्ने कमैलाई थाहा छ। अति सामान्य किसिमका योगाभ्यासबाट स्वस्थ रहन र असमयमै आउने बुढ्यौली रोक्न सहयोग पुग्छ।
मुहारको व्यायाम
विस्तारै सास रोक्नुस्, जिभ्रो बाहिर निकाल्नुस् र आँखालाई पूरा खोल्नुस्। जिभ्रोलाई जति सकिन्छ त्यति बाहिर निकाल्नुस्। यसबाट मुहारमा रक्तप्रवाह बढ्छ र त्वचामा कान्ति आउनेछ।
आँखाको व्यायाम
टाउकोलाई सिधा राख्नुस र गर्दन नहल्लाई केहीबेर दायाँतर्फ हेर्नुस् र त्यसपछि बायाँतर्फ। शुरुशुरुमा असहज महसुस हुन सक्छ तर नियमित रूपमा यो व्यायाम गर्दा फाइदा हुन्छ।
गालाको व्यायाम
शुरुमा गहिरो सास लिनुस र फेरि मुखलाई जति सकिन्छ फुलाउनुस्। ३० देखि ६० सेकेण्डसम्म यो अवस्थामा रहनुस् । त्यसपछि नाकबाट सास बाहिर फ्याँक्नुस् । यसले गालाको छाला कसिलो हुन्छ। चाउरी भए हट्छ।
चिउँडोको व्यायाम
तल्लो ओठलाई माथिल्लो ओठभन्दा माथि राख्नुस्। यसलाई जति माथिसम्म लग्न सक्नुहुन्छ लग्नुस्। यसले चिउँडो र त्यसको आसपासका भाग तन्काइको महसुस हुन्छ। यो प्रक्रिया कम्तीमा १० सेकेण्डसम्म गर्दा फाइदा पुग्छ।
गर्दनको व्यायाम
सबैभन्दा पहिले टाउकोलाई दायाँतर्फ झुकाउनुस् यसो गर्दा कानले काँधलाई छोओस्। केहीबेरपछि बायाँ हातलाई तन्काएर माथि उठाउनुस्। यसबाट गर्दन र काँधलाई फाइदा पुग्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights