सुत्केरीले कस्ताे गर्ने खानपान?

बच्चा जन्माइसकेपछि महिलालाई पोषणयुक्त र सन्तुलित खाना आवश्यक पर्छ। यो वेला सुत्केरीले भिटामिन, क्यालोरी एंव प्रोटिनयुक्त खाना खानुपर्छ। सही खानपानलाई शक्ति मिल्छ, स्वस्थ रहन सहयाेग गर्छ।
प्रसवपछि शरीरमा पानीको मात्रा कमी नहोस् भनेर प्रशस्त मात्रामा पानी र फलफूलको रस पिउनुपर्छ। दिनभरमा १० ग्लासभन्दा बढी पानी पिउनुपर्छ। यसबाट शरीरमा भएको विषालु पदार्थ र फ्याट बाहिर निस्कन्छ।
खानामा गहुँ, अन्न, दालको सेवनले आमा र बच्चा दुवैलाई पोषण मिल्छ। खानामा माछामासु, माछा र उसिनेको अण्डा समावेश गर्नुपर्छ। यस्तो अवस्थामा शरीरलाई अधिक पोषणको आवश्यकता पर्छ। दुग्धजन्य पदार्थको प्रयोग राम्रो मानिन्छ। तागतका लागि ड्राई फ्रुट्स पनि खान सकिन्छ।
डेलिभरी पछि शरीर कमजोर भएको हुन्छ। त्यसबाट बच्न घिउ सेवन प्रभावकारी हुन्छ। थोरै मात्रामा सेवन गरेमा शक्ति मिल्छ भने धेरै खाए फ्याट बढ्छ। फाइबरयुक्त खानेकुरा प्रशस्त खानुपर्छ। यसले तौल नियन्त्रण गर्न सघाउ पुर्याउँछ। राति हल्का खाना खानुपर्छ, रातको खानामा सुप, हरियो सागसब्जी लाभदायक हुन्छ।
उचित खानपानकाे साथमा व्यायाम र पर्याप्त निद्राको पनि आवश्यक पर्छ।सन्तुलित आहारसँगै नियमित रूपमा व्यायाम पनि गर्नुपर्छ। व्यायामबाट अनिद्रा र तनावमुक्त भइन्छ।
प्रतीकात्मक तस्विर
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights