घरेलु औषधिका रूपमा पुदिना

पुदिना हामी अचार वा चटनीका रूपमा प्रयाेग गर्छाैँ। आयुर्वेदका अनुसार पुदिना स्वेदकारक, उष्ण, एवं वायु कफनाशक र भोक बढाउने आदि गुणले भरिएको छ।
खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरूमा पुदिना लाभदायी छ। मलमूत्रजन्य रोग रोकथाममा पुदिनाकाे प्रयाेग गर्न सकिन्छ। यसरी प्रयोग गर्दा सानातिना स्वास्थ्य समस्या दूर हुन्छन्–
आधादेखि दुई चम्चा पुदिनाको रस पानीमा मिसाई खान दिँदा ज्वरो घट्छ।
दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५–६ वटा ताजा पुदिनाको ताजा पात खाएमा अपच हुँदैन।
पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमाफाइदा पुग्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि फाइदा पुग्छ।
पुदिनाको पातलाई पानीमा पकाउने, पानी सुकेर रहेको चौथाइ मात्रा बिहान नियमित पिउँदा पेटको दुखाइमा आराम हुन्छ।
पेट फुल्ने वा अजीर्ण हुने समस्या भए पुदिनाको १–२ चम्चा रसमा अलिकति वीरेनुन राखी मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।
क्यान्सरको शुरु अवस्था छ भने पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा औषधिकाे काम गर्छ।
शरीरकाे कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पात राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।
सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस हुँदा पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा पनि होस आउँछ।
पुदिनाको केही पातलाई बास्ना आउन्जेल उमाल्ने र अनुहार धुने गर्नाले छाला चमकदार, नरम एवं गोरो हुन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights