उच्च रक्तचाप, यसरी राख्नुस् नियन्त्रणमा

प्रदूषित वातावरण, अस्वस्थकर खानपान र अप्राकृतिक जीवनशैलीका कारण अचेल हरेकजसो घरमा उच्च रक्तचाप भएका मानिस भेटिन्छन्। अहिले वृद्धवृद्धामा मात्र नभई युवा र किशोरहरूमा समेत यस्तो समस्या देखिन थालिएको छ।
खासगरी अहिले गरिरहेकाे जीवनयापन नै उच्च रक्तचापको कारण बनिरहेको छ। विलासितापूर्ण जीवनयापन, प्रशोधित खानेकुराको सेवन, दिनहुँको तनाव आदिले हामीलाई रोगी बनाउँदैछ। यसैगरी टेलिभिजन, कम्प्युटर र मोबाइलजस्ता यन्त्रको अधिक प्रयोग र शारीरिक परिश्रमको अभावका कारण उच्च रक्तचापलगायतका समस्या बढिरहेका छन्।
उच्च रक्तचाप हुनु भनेको रगतको प्रवाहमा अवरोध आउनु हो। जब शरीरमा रगत राम्ररी प्रवाह हुन पाउँदैन, त्यसको भार मुटुलाई पर्छ। यसैलाई उच्च रक्तचाप भनिन्छ।
सावधानी अपनाउने
खानपानमा सुधार, स्वस्थ जीवनशैली र औषधिकाे नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ। एकपटक रक्तचाप बढेको थाहा भइसकेपछि नियमितऔषधि सेवन गर्नुपर्छ र चिकित्सकको नियमित सम्पर्कमा बस्नुपर्छ।
धूमपानको लत र कोलस्ट्रोलको स्तर बढ्नु हृदयघातको कारण बन्छ। त्यसैले उच्च रक्तचाप भएकाहरूले धूमपान त्याग्नुपर्छ।
मानसिक तनाव पनि उच्च रक्तचापको समस्याको प्रमुख कारण हो। त्यसैले तनावमा बस्नु हुँदैन।
उच्च रक्तचाप भएकाहरूले खानपानमा संयम अपनाउनुपर्छ। खानामा नुनको मात्रा प्रतिदित ३\४ ग्रामभन्दा बढी हुनु हुँदैन।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights