पैदल हिँड्नुस्, आयु बढाउनुस्

शरीर स्वस्थ राख्न निमयमित हिँड्नुपर्छ। पैदल हिँड्नु आफैँमा व्यायाम हो। तीव्र गतिमा हिँड्दा शरीरका अंगहरू समुचित ढंगले सञ्चालन हुन्छ। शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ। रक्तप्रवाह राम्ररी हुन पाउँछ।
दिनमा कम्तीमा ३० मिनेट नियमित हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुुन्छ। पैदल हिँड्नाले शरीरको बोसो कम हुनुका साथै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा टाइप–२ मधुमेह नियन्त्रणमा हुन्छ। जोर्नीको दुखाइ , मांसपेशीको समस्या कम हुनुका साथै ओस्टियोपोरोसिस तथा अन्य प्रकारका क्यान्सरको जोखिम कम हुन्छ।
हिँडडुल गर्नाले मोटोपनाको समस्या भएका व्यक्ति, वृद्धवृद्धा तथा लामो समय निस्क्रिय जीवन बिताइरहेका मानिसको लागि समेत फाइदाजनक हुन्छ। यसले उनीहरुको शारीरिक गतिविधि बढाउँछ।
एक अध्ययनअनुसार पैदल हिँड्नाले मुटुरोग लाग्ने जोखिम ३१ प्रतिशतसम्म कम हुन्छ। मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने खतरा ३२ प्रतिशत कम हुन्छ। क्यान्सर सोसाइटीका अनुसन्धानकर्ताहका अनुसार सातामा औसत छ घण्टा वा सो भन्दा बढी पैदल हिँड्ने व्यक्तिको आयु लामो हुन्छ।
हिँडाइ कम भएमा यी उपाय अपनाउन सकिन्छ–
लिफ्टको सट्टा सिढीको प्रयोग गर्ने।
सार्वजनिक यातायातमा यात्रा गर्दा घर पुग्नु एक स्टप अगाडि नै ओर्लिने।
नजिकैको ठाउँ जानु परेमा हिँडेरै जाने।
हिँड्दा लामो लामो पाइला चाल्नुपर्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights