याेगले फाइदा मात्र हाेइन हानि पनि गर्नसक्छ, बुझ्नैपर्ने कुरा

भनिरहनु पर्दैन, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग गर्नु अत्यन्त फाइदाजनक छ। नियमित योग अभ्यासले शरीरलाई चुस्त, स्फूर्त राख्न मद्दत गर्छ। त्यसैले स्वास्थ्यप्रति सचेत जोकोहीले अचेल योगाभ्यास गर्न थालेका छन्।
तर योग सधैँ फाइदाजनक मात्र हुँदैन। कतिपय अवस्थामा योग गर्नु घातक हुनसक्छ। विधि, समय, फाइदा–बेफाइदाबारे ज्ञान नभई योग गर्नु हानिकारक हुनसक्छ। त्यसैले योग गर्नुअघि यी कुरा बुझ्न आवश्यक छ–
सबैका लागि उपयोगी हुँदैन
योगका विभिन्न विधि एवं आसन हुन्छन्। सबै आसन सबैका लागि उपयोगी हुन्छ भन्ने हुँदैन। विशेषगरी गर्भवती, रोगी, शल्यक्रिया गरेका, मधुमेह, उच्च रक्तचाप भएकाहरूलाई कतिपय आसनले उल्टो असर पुर्याउँछ। त्यसैले कुन रोगका लागि कस्तो योगासन गर्ने थाहा हुनैपर्छ।
समय नमिल्दा
योग गर्नका लागि उपयुक्त समय हो, बिहान। अझ सूर्योदयअघि। योग अन्य समयमा पनि गर्न त सकिन्छ। तर पेट भरि बनाएर योग गर्दा कतिपय आसनले उल्टो असर हुन्छ। खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नु हुँदैन। योग गर्नु तीन घण्टाअघि र एक घण्टापछि केहि खानेकुरा खान नहुने बताइन्छ।
स्थान
जुन पायो त्यही ठाउँमा बसेर योग गर्नु उचित हुँदैन। योग गर्ने स्थान शान्त, स्वच्छ हुनुपर्छ। योग गर्ने स्थानमा प्रदूषण हुनुहुँदैन। पर्याप्त हावा आउजाउ गर्ने ठाँउ योगका लागि अनुकुल हुन्छ। सकेसम्म बगैंचा, छत, खुला कोठा आदिमा योग गर्न सकिन्छ। फोहोर वा प्रदूषित वातावरणमा गरिने योगले उल्टो असर पार्न सक्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights