स्वस्थ रहन चाहनुहुन्छ?, बिहान उठेर गर्नुस् यस्ता काम

भनिन्छ, बिहानीको सुरुवात राम्रो भए मात्र दिन राम्रो हुन्छ। तर, हामी जानेर वा नजानेर गरेका गल्तीले दिन मात्र होइन जीवन प्रभावित बनाइदिन्छ।
बिहान आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ। केहीबेरमा दाँयातर्फ फर्केर उठ्नुपर्छ। यसरी उठ्दा शिथिल रहेको उर्जा शरीरमा राम्ररी सञ्चार हुन्छ। यसले शरीरमा उर्जाको सञ्चारलाई सन्तुलित गर्छ। आरामसाथ उठेर लामो एवं गहिरो सास लिनुपर्छ।
बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन्। आँखा मिच्दै फोनमा फेसबुक, ट्वीटर चलाउन थाल्छन्। इमेल, म्यासेज चेक गर्न थाल्छ। अनेक किसिमका खबर आउने हुनाले यसले एकाबिहानै तनाव पैदा गरिदिन्छ। त्यसैले उठ्नासाथ मोबाइल चेक गर्नुहुँदैन ।
सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामान्य अवस्थामा फर्काउन शरीरलाई ‘स्ट्रेच’ गर्नुपर्छ। यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ। मनतातो पानी पिउनुपर्छ।
धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन्। याे राम्राे बानी हाेइन। त्यसअघि हल्का व्यायाम गर्नुपर्छ। काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ। मानसिक तनाव हुन्छ । तर, व्यवस्थित व्यायामले समग्र शरीरलाई फाइदा पुर्याउँछ।
कतिपय मानिस बिहान उठेर शौचालय जान अल्छी मान्छन्। तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमूत्र त्याग गर्नुपर्छ। वेलाकुवेला शाैचालय जानुपर्ने समस्या त छँदैछ, शरीरमा बिकार फैलिन्छ। त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमूत्र त्याग गर्नैपर्छ।
उठेर शौच आदि नित्यकर्म गरेपछि ब्रेकफास्ट लिनुपर्छ। बिहान ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निम्ताे दिनु हो। याे बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ। रातिको खाना र बिहानको खानाबीच लामो समय हुन्छ, जसका कारण ब्लड सुगर लेभल कम हुन्छ। यदि सुतेर उठेको एक घण्टामा केही खाइएन भने ब्लड सुगर लेभल अझ घट्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights