किन आवश्यक छ शरीरलाई भिटामिन ई?

शरीरलाई आवश्यक पोषक तत्त्वमध्ये भिटामिन ई पनि एक हो। यो बोसोमा घुलनशील भिटामिन हो। यसले एन्टिअक्सिडेन्टका रूपमा पनि काम गर्छ।
कोशिकाहरूले एकअर्कासँग प्रतिक्रिया जनाउन भिटामिन ईको प्रयोग गर्छन्। यसले शरीरको रोग प्रतिरोधक क्षमता बलियो बनाएर राख्छ। साथै, शरीरलाई एलर्जीबाट बचाउन पनि यसकाे ठूलाे भूमिका हुन्छ।
यसले कोलस्ट्रोल नियन्त्रणमा राख्न प्रमुख भूमिका खेल्छ। त्यसैले यो भिटामिन शरीरका लागि अत्यन्त आवश्यक छ। सन्तुलित खानपानका माध्यमबाट भिटामिन ई सजिलै प्राप्त गर्न सकिन्छ।
भिटामिन ई अभाव भए
दृष्टि कमजोर हुनु, हेर्दा आँखा तिर्मिराउनु
मांसपेशीहरूमा कमजोरी आउनु, कमजोरी महशुस हुनु
शरीरका अंगहरूले सहज ढंगमा काम नगर्नु
प्रजनन क्षमता कमजोर हुनु आदि।
यी खानेकुरामा पाइन्छ
भिटामिन ई अण्डा, ड्राइ फ्रुट्स, बदाम, ओखर, सूर्यमुखीको बीउ र हरियो पात भएका तरकारीबाट प्राप्त हुन्छ। यस्तै सखरखण्ड, सलगम, एभाेकाडाे, ब्रोकाउली, आँप र मकै आदिबाट पनि भिटामिन ई पाइन्छ। यो तोरीको तेल, बदाम, तिल, जैतुन आदिबाट पनि पाइन्छ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights